बेलायतमा “यूके डान्स अफ” को भव्य तयारी

बेलायतमा “यूके डान्स अफ” को भव्य तयारी


14938313_1345272408825052_8629972728132304605_nलन्डन, बेलायतमा हुन् लागेको नृत्य प्रतियोगिता ” यूके डान्स अफ” को अडिशन यही नोभेम्बर १२ तारिखका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा हुने भएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेड यूकेद्वारा आयोजना गरिएको उक्त कार्यक्रम २७ नोभेम्बरमा हुनेछ भने अडिशनका लागि पूर्व तयारी भइसकेकोआयोजक तथा सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईले बताएका छन् ।
शुरुमा समूहगत रुपमा मात्र प्रतियोगितामा छनौट गर्ने घोषणा गरिएको भएता पनि सहभागीहरुलाई मध्यनजर राख्दै एकल नृत्यमा पनि सहभागिता जनाउन पाउने व्यवस्था आयोजकले गरेको छ । साथै उमेरको हदबन्दीलार्इ पनि सहज पर्दै सबैलाई समेट्ने उद्देश्यले १६ वर्षबाट घटाएर १५ वर्ष पारिएको आयोजक राईले बताएका छन् ।
सन् २००८ मा सपन इन्टरटेन्मेन्ट लिमिटेडले ‘ट्यालेन्ट हट’ गरेपछि करिब ८ वर्षको अन्तरालमा परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेकी छिन । कार्यक्रममा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्डको पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिनुका साथै म्यूजिक भीडीयो तथा फिल्ममा खेल्ने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन् ।
१२ नोभेम्बरका दिन हुन् गईरहेको अडिशनमा सहभागीहरुले कुनै पनि गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने छ । तेस्तै गरी कार्यक्रमको ग्राण्ड फिनाले २७ नोभेम्बरका साँझ सामुयल कोडी स्पोर्टस सेन्टर फार्नबरोमा हुने कार्यक्रममा भने नेपालकी लोकप्रिय नायिका प्रियंका कार्की तथा दयाहांग राईको पनि उपस्थिति रहने भएको छ । प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् भने कानूनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ ।
कार्यक्रमका लागि धेरै बेलायात्वासीहरुले चासो देखाएको र कार्यक्रम सोचेअनुरूप सफल हुनेमा आफू विश्वस्त रहेको आयोजक तथा प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् ।
-नरेन्द्र बस्नेत गुर्खा रेडियाे