नेपाली दूतावास लन्डनद्वारा पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न

नेपाली दूतावास लन्डनद्वारा पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न


15000877_10154687728679282_9126172141136026316_oलन्डन, यही नोभेम्बर ८ तारिखका दिन लन्डनस्थित नेपाली दूतावासले नेपालमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले “वेष्ट भ्यालु डेष्टिनेशन-नेपाल” नामक एक कार्यक्रमको आयोजना गरेको थियो । बेलायत र नेपालबीचको कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको अवसर पारेर संचालन गरिएको उक्त कार्यक्रममा विदेशी पाहुनाहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमा उपस्थित पाहुनाहरुलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले खादा लगाएर सम्मान गरेका थिए । दूतावासका उपनियोग प्रमुख शरदराज आरंले संचालन गरेको उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही,लोन्ली प्लानेटका जोसेफ तथा बोर्डका बिमल कंडेलले नेपालको बारेमा प्रकाश पर्दै वृत्तचित्रसमेत प्रस्तुत गरेका थिए ।
राजदूत सुवेदीले नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको संक्षिप्त परिचय दिनुका साथै नेपालको बारेमा प्रकाश पार्दै सबैलाई नेपाल भ्रमणमा जनको लागि अनुरोध गरेका थिए । मन्त्री शाहीले पनि अहिले नेपाल सुरक्षित रहेको र आफूले लन्डन एक्सेल्को डब्लुटीएमार्फत् पनि यस्तै शन्देश प्रवाह गरेको जानकारी दिएका थिए ।
मन्त्री शाही गत नोभेम्बर ७ देखि ९ तारिखसम्म सम्पन्न भएको ३७ औं वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नको लागि बेलायत आएका हुन् । उक्त कार्यक्रममा विश्वभरिबाट ५० हजारभन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी, मन्त्री, संचारकर्मी, लगायतका विभिन्न उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
भूकम्पबाट गएको गलत शन्देशलाई सकारात्मक प्रभाव पार्ने र नेपाल सुरक्षित रहेको विश्वलाई जानकारी गराउने काम नेपालको तर्फबाट ३७ औं वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मा भएको उनले जानकारी दिएका थिए । लाेन्ली प्लानेटका जोसेफले पनि सन् २०१७ का लागि नेपाल अम्बर एकमा रहेको जानकारी गराउँदै नेपालको बारेमा भिजुयल समेत देखाएका थिए । बिमल कंडेलले पनि नेपालको बारेमा वृत्तचित्र प्रस्तुत गर्दै नेपाल सुरक्षित रहेकोले सबैलाई एकपटक नेपाल भ्रमण गर्नको लागि आग्रह गरेका थिए । मन्त्री शाहीको हातबाट पर्यटन प्रवर्धनमा विशेष योगदान पुर्याएबापत जोसेफ, बिमल कंडेल लगायतका व्यक्तिहरुलाई नेपालको चिनोसमेत प्रदान गरिएको थियो ।
नेपाली संस्कृतिलाई मनोरन्जनको माध्यमबाट झल्काउने प्रयास स्वरूप दुईवटा नृत्य प्रस्तुत गरिएको थियो । डाँफे झैं नाच्ने हिमाल झैं हाँस्ने नेपालकी छोरी हुँ म, र बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर…. बोलको गीतमा शुस्मिता थापाको जोडदार नृत्यमा सबैजना मन्त्रमुग्ध भएका थिए ।
[youtube]http://www.youtube.com/watch?v=KsQiQ7vL4-8[/youtube]
[youtube]http://www.youtube.com/watch?v=2GrCeHHCznU [/youtube]
-नरेन्द्र बस्नेत, गुर्खा रेडियाे, तस्वीर र भीडीयाेसहित