पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा लन्डनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व उपप्रधानमन्त्री कमल थापाद्वारा लन्डनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


14853160_1718046588516054_7608958572220903582_oलन्डन, प्रवासी नेपाली एकता समाज बेलायतको आयोजनामा गत शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा पूर्व उपपधान्मंत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष्य कमल थापाको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्ष्यता प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष्य रोशन सापकोटाले गरेका थिए । तिहारको सेरिफेरोमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा प्राय सबैजना नेपाली भेषभूषामा देख्न पाइन्थ्यो भने थापाले भने अनौपचारिक रुपमा उपस्थित हुनुपर्दा खाल्लोपन महशुश गरेका थिए । नेपाली परिवेशमा निकै आकर्षक ढंगले सजिसाजाउ गरिएको कार्यक्रमस्थलमा रहंदा आफूलाई नेपालमै रहेको थापाले महशुश गरेका थिए ।
सम्बोधनका क्रममा थापाले विशेषगरी नेपालको संविधान, राजनीति र गोर्खाहरुको बारेमा समय खर्चेका थिए । देश संकटमा फंसेको र परिवर्तनको लागि देशले धेरै ठूलो क्षेती र समय खेर फालेर पनि यत्तिका समयसम्म त्यसको कुनैपनि सकारात्मक प्रभाव नेपाली जनताहरु समक्ष्य पर्न नसकेको उनले बताएका थिए । देशमा भएको अन्योल र अराजकताको अवस्थामा राजनीतिक वादविवादमा मात्र अल्झिएर बस्नु भन्दा देश विकास र कानूनी राज्यको प्रतिस्थापनतर्फ सबैले लाग्नु पर्ने उनको धारणा थियो । संविधानको प्रसङ्ग कोट्याउँदै उनले भने ” संविधान आफैमा पूर्ण नरहेको र त्यसको विपक्ष्यमा भोट हाल्ने पहिलो र एक्लो पार्टी आफू भएको उल्लेख गर्दै संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले समयको माग अनुसार जनताको चाहनामा परिवर्तन गर्न सकिने हुँदा आफूहरुले पनि आलोचनात्मक समर्थन गरेको पनि उल्लेख गरेका थिए । नेपालको संविधान अन्य मुलुकहरुको तुलनामा अग्रगामी र समावेशी भएको हुँदा यसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्पष्ट रुपमा अंगालेको उनले बताएका थिए । महिलाहरुलाई प्रथामिकता दिंदै हाल नेपालका चारवटा प्रमुख पदहरुमध्य रास्ट्र प्रमुख, संसद प्रमुख, र न्यायालय प्रमुखमा महिलाहरुलाई स्थान दिईनुबाट पनि स्वत प्रष्ट भएको कुरा उल्लेख गरेका थिए ।
14925340_1065298833567540_963106611998060175_n०४७ सालको संविधान पश्चात दुइ दर्जन सरकार बनेको र यसले गर्दा देश विकासमा ठूलो अवरोध, अमनचयन, अस्थिरता हुनुका साथै विदेशी सहयोगमा समेत ह्रास आएको उनको भनाइ थियो । फलस्वरूप नेपाली युवाहरुले देश छाडेर विदेशिन बाध्य हुनुपरेकोछ । भूपू गोर्खा सैनिकको बारेमा बोल्दै उनले भने नेपालको इज्जत र प्रतिष्ठामा भूपू गोर्खाहरुको ठूलो भूमिका रहेको र उनीहरुलाई परेको मार्काको बारेमा आफू पूर्ण रुपमा जानकार रहेको बताउंदै यस मुद्दालाई नेपाल सरकारले राष्ट्रिय एजेण्डाको रुपमा लिएर अघि बढ्नुपर्ने उनको धारणा थियो । आफूले भर्खरै बेलायती पूर्वमन्त्री ह्युगो स्वाएरसंगको भेटमा ब्रिटिस सरकारले भूपू गोर्खा सैनिकको बारेमा केही सोच्ने पर्ने कुरा पनि राखेको उल्लेख गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको सामाजिक र आर्थिक विकासको लागि कुटनैतिक माध्यमबाट अघि बढ्ने र नेपाल र नेपालीको शीर उच्च राख्दै बेलायत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाई जनस्तरमा पुर्याउन आफू कटिबद्ध रहने धारणा ब्यक्त गरेका थिए । त्यस्तै गरी लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले संविधानमा भएका त्रुटिहरुलाई औल्याउंदै नेपाल संकीर्ण सोचाइ र राष्ट्रवादमा फंसेको तथा आवशयक तयारिबिना नै राजनैतिक दलहरु संघियताको विवादमा फसेर देशमा अस्थिरताको वातावरण सृजना गरेकोले यसलाई सबैले मिलेर राजनैतिक स्थीरता कायम गरिनुपर्ने धारणा ब्यक्त गरेका ।
14925747_1065298690234221_5886701428133038471_nकार्यक्रममा बोल्दै बीरगंजका पूर्व मेयर एवं तराइ मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता विमल श्रीवास्तवले दवाबका भरमा आएको यस नयाँ संविधानले मधेशी, जनजाति, दलित, लगायतको महिलाहरुको अधिकारलाई बन्चित गरिएको बताएका थिए । पूर्व भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीका परराष्ट्र सलाहकार डा. गौतम सेनले नेपाल विभिन्न वर्गमा बिभाजन नभई स्वतन्त्र हिन्दू राष्ट्र हुनुपर्ने धारणा राखेका थिए । भूपू गोर्खाहरु लगायतका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहको उक्त कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुङ, प्रवासी नेपाली मंच बेलायतका अध्यक्ष्य रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका लोक गुरुङ, नेपाली संघीय समाज यूकेका अध्यक्ष्य कमल गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठ, एनआरएन युरोप कोअर्डिनेटर कुल आचार्य, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, प्रवासी एकता समाज युरोप अध्यक्ष्य सुरेशमान अमात्य लगायतका व्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य नन्दकुमारी गुरुंगले राखेकी थिईन् ।
-नरेन्द्र बस्नेत। फाेटाे बिरेन्द्र श्रेष्ठ