जे म्याक्डोवेल ब्रिटिश प्रतिभा-११

जे म्याक्डोवेल ब्रिटिश प्रतिभा-११


लण्डन । शनिबार साँझ, स्कटल्याण्डबासी जे म्याक्डोवेल यो सालको ब्रिटेन गट ट्यालेन्ट प्रतियोगितामा प्रथम भई एकलाख पाउण्ड राशी जित्न सफल भएका छन् भने रोयाल भेराइटी पर्फर्म्यान्समा रानीको अगाडि गीत प्रस्तुत गर्न पाउने भएका छन् ।
आइर्सायर स्कटल्याण्डका २४ वर्षीय जे पुरस्कारस्वरुप आफूले जितेको एक लाख पाउण्डले सबैभन्दापहिला घर बिन्ने बताउँदछन् । जुन गायन शैली उनले पकडेका छन् त्यसले उनलाई भविष्यमा त्यस्ता कैयौं लाखहरु सजिलै दिलाउन सक्ने कार्यक्रममा साइमन कावेलले बताएका छन् ।
यो पालिको प्रतियोगितामा प्रतिभाको साथसाथै प्रतियोगीको सादापन, इमान्दारिता, आम व्यक्तित्वलाई आधार बनाएर पनि जनताले भोट दिने गरेको भान भएको छ । नोर्विचका रोनन पार्कले प्रतियोगिता जित्ने आम धारणा बनाइएको थियो तर उनी दोस्रो हुन सफल भए । यद्यपि, सांगीतिक संसारमा रोनानको उज्जवल भविष्यलाई कसैले पनि नकार्न नसक्ने बताइएको छ । जज अमाण्डाले आफूले रोनान प्रथम होओस् भन्ने कामना गरकी बारे नतिजापछि सार्वजनिक गरेकिथिईन् । रोनानलाई जिताउनका लागि कार्यक्रममा सबै पहिले नै तय भइसकेको भन्ने हल्लाको आधारलाई पत्ता लगाउन साइमनले पुलिस स्टेशनमा दर्ता गराइसकेका थिए, सबैको च्वाइस हुँदा हुँदै पनि रोनानलाई मात्र दुई प्रतिशत भोट कम मिलेको थियो ।
-देब, मेस