नेपाली दूतावास लण्डनमाद्वारा बाह्य कार्यक्रमहरुमा नियन्त्रण

नेपाली दूतावास लण्डनमाद्वारा बाह्य कार्यक्रमहरुमा नियन्त्रण


14502947_10154582724524282_734728114414437156_nलन्डन, नेपाली दूतावास बेलायतमा झन्डै अढाई वर्षको लामो प्रतीक्षापश्चात भर्खरै मात्र राजदूतको नियुक्त भएको छ । झन्डै ३ दशक लामो परराष्ट्रको अनुभव बटुलिसकेका तथा साहित्यिक क्षेत्रमा समेत राम्रो दखल भएका डा. दुर्गाबहादुर सुवेदी (दुवसु) ले २०औं राजदूतको रुपमा गत महिना सेप्टेम्बर २९ बाट आफ्नो कार्यभार सम्हाल्दै आएका छन् । दूतावासको सेवा सुविधालाई जनमैत्री बनाउने उद्देश्यले पदभार ग्रहण गर्ने बित्तिकै अक्टोवर ३ देखि लागू हुने गरी दूतावासले प्रदान गर्ने भीसा, राहदानी लगायतका कन्सुलर सेवामा परिवर्तन गरी भीसा सेवा बिहान ०९:१५ देखि अपरान्ह ०३:१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ०९:१५ देखि अपरान्ह ५ बजेसम्म संचालन गरिने निर्णय गरेका छन् । यसअघि उक्त सेवा १२ बजेसम्ममात्र संचालन गरिंदै आएको थियो, जसबाट सेवाग्राहीहरुले राहतको महशुश गर्नुका साथै नवनियुक्त राजदूतले चालेको पहिलो कदमप्रति धेरैले प्रशंसा गर्दै आएका छन् ।
अक्टोबर ४ तारिखबाट लागू हुने गरी दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर शरदराज आरनलाई दूतावासको प्रवक्ताको रुपमा नियुक्त गरी दूतावासको कामकारवाहीमा अझ सहजता बनाउने प्रयास गरे । त्यस्तैगरी करीब ८३ वर्ष अघिदेखि दूतावास भवनमा झुकेर रहेको अवस्थाको नेपाली रास्ट्रीय झण्डालाई दूतावास भवन अगाडिको प्राङ्गनमा ठूलो डण्डा स्थापना गरि नेपाली झण्डालाई नेपालीको शीर जस्तै संधै उच्च राख्ने प्रयत्न गरेका छन् । त्यस्तै पछिल्लो समयमा उनले दूतावास भावनामा प्रायजसो गरिने बिभिन्न संघसंस्थाका कार्यक्रमहरुलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् । सुरक्षाको दृष्टिकोणले पनि यस किसिमको कदम चाल्नुपरेको दूतावासको भनाइ रहेको छ । सैयौंको संख्यामा रहेका विभिन्न पहुँचवाला संस्थाहरुले हरेक प्रकारका कार्यक्रमको लागि दूतावास भवनलाई वर्षौंदेखि प्रयोग गर्दै आइरहेका थिए । जसले गर्दा दूतावास तथा दूतावासका कर्मचारीहरुले फाल्टो समय व्यतित गर्नुपर्ने हुँदा दूतावासबाट गरिने सेवा र सुविधामा पनि असर पर्ने जानुका साथै यहाँका संघसंस्थाहरुबाट कसैलाई काखा र कसैलाई पाखा गरेको भन्ने आरोप समेत खेप्नुपर्ने अवस्था आइपर्नु स्वभाविक नै हो । सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने जिम्मा लिएको दूतावासले नेपाली संघसंस्थाहरुको सहकार्यमा समस्त नेपालीहरुलाई समेट्ने गरि सेवा र सुविधालाई नै बढी ध्यान दिनुपर्ने हुछ । साथै सैयौंको संख्यामा स्थापित यहाँका नेपाली संघसंस्थाहरुद्वारा गरिने विभिन्न कार्यक्रममा राजदूत स्वयम् उपस्थित हुने परिपाटीले पनि राजदूतको निर्धारित कामकारवाहीमा अवश्य हानि पुग्न सक्दछ ।
हुन् त एउटा सम्माननीय व्यक्तित्वको रुपमा गरिएको निमंत्रणालाई सकारात्मक रुपमा नै हेरिनुपर्दछ, यदि सीमितको संख्यामा संघसंस्थाहरु भएको खण्डमा, कहिलेकाहीं दिनमा आधा दर्जन कार्यक्रमहरु पनि हुने हुँदा जसमा सहभागिता जनाउन पनि असम्भव हुने र त्यसबाट खेप्नुपर्ने लान्छनाहरु पनि त्यत्तिकै हुने गर्दछन् । तसर्थ कार्यक्रमको स्तर हेरी आफू वा आफ्नो प्रतिनिधित्व पठाउने वा राजदूतको तर्फबाट शुभकामना शन्देश मात्र पठाउने गरेमा पनि पर्याप्त हुनेछ । तसर्थ व्यक्ति र संस्था भन्दा पनि नेपाल र नेपालीको हितका लागि गरिएका कामकारवाहीप्रति सकारात्मक हुनु र हितविरुद्ध हुने कामकारवाही प्रति सचेत रहनु सबैको कर्तव्य हुन् जान्छ ।
-नरेन्द्र बस्नेत