नेपाली दूतावास लण्डनको दशैं कार्यक्रममा राजदूत दम्पति मुख्य आकर्षक

नेपाली दूतावास लण्डनको दशैं कार्यक्रममा राजदूत दम्पति मुख्य आकर्षक


14615602_10154590970974282_2570976913774681118_oलन्डन/ विजया दशमीको अघिल्लो दिन साँझ नवमीका दिन बेलायतस्थित नेपाली दुतावास लन्डनद्वारा दशैंको शुभकामना आदान-प्रदान गर्ने उद्देश्यले एक भेटघाट कार्यक्रमको गरिएको थियो । कार्यक्रममको प्रमुख उद्देश्य दशैंको शुभकामना आदान-प्रदान रहेता पनि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा श्रीमती पुनम सुवेदीसँग भेटघाट र फोटो खिचाउनमा नै सबै ब्यस्त देखिन्थे ।
दूतावासका तृतीय सचिव भुपेन्द्रप्रसाद घिमिरेले कार्यक्रमको संचालन गरेका थिए भने राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा विजया दशमी, दीपावली, नेपाल संवत, छठ, ल्होसार तथा माघीका अवसरमा शुभकामना शन्देश ब्यक्त गरिएको थियो । सन्देशका क्रममा आफू नेपाल सरकार र नेपाली जनताको शीर ठाडो राख्नको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धाता ब्यक्त गरेका थिए । दूतावासलाई अगाडि बढाउनका लागि सम्पूर्ण संघसंस्था लगायत बेलायतवासी नेपालीहरुको महत्व्पूर्ण भूमिका हुने भएकाले सबैले आ-आफ्नो क्षेत्रबाट सल्लाह, सुझाव र सहयोग गरिदिनको लागि आग्रहसमेत गरेका थिए ।
14691267_10154590974184282_3686321354465474640_oकरीब ८३ वर्ष अघिदेखि दूतावासमा झुकेर रहेको अवस्थाको नेपाली राष्ट्रिय झण्डालाई दूतावास अगाडि ठूलो डण्डा स्थापना गरी नेपाली झण्डालाई नेपालीको शीर जस्तै संधै उच्च राख्न पाएकोमा खुसि ब्यक्त गरेका थिए । बहादुर शमशेर जबरादेखि अहिलेसम्मको आफू २० औं राजदूत भएको स्मरण गराउँदै आफ्नो ४ वर्षे कार्यकाललाई उपलब्धिमूलक बनाउने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा दूतावासका काउन्सिलर, प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन, सैनिक सहचारी प्रदीपजंग केसी, अट्याची तेजेन्द्र रेग्मी लगायतका दूतावासका अन्य कर्मचारीहरु लायत मुख्य सचिव डा. सोमलाल सुवेदी, माननीय संसद रेशम लामा, प्रा. डा. सूर्य सुवेदी, नेपाल ब्रिटेन च्याम्बर्स अफ कमर्सका अध्यक्ष्य तथा उद्योगपति राजेन्द्र खेतान,एनआरएन अध्यक्ष मुछेत्र गुरुङ, पत्रकारलगायत बेलायतस्थित बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रात्रि भोजको समेत राम्रो प्रबन्ध गरिएको थियो ।
-नरेन्द्र बस्नेत तस्वीरसहित