हराएको ल्यापटपले आफ्नो चोर समात्यो

हराएको ल्यापटपले आफ्नो चोर समात्यो


लण्डन । एक कम्प्युटर विशेषज्ञ तथा वेब निर्माणकर्ताले आफ्नो हराएको ल्यापटपको मद्दतले उक्त ल्यापटप चोरको हातैबाट वापस लिन सफल भएका छन् । युनिभर्सिटी कलेज लण्डनबाट हृयुमन कम्प्युटर इन्टेरेक्सनमा डिग्री गरेका जोशुवा काउफ्म्यानको एप्पल म्याकबुक, गत मार्च महिनामा चोरद्वारा अपार्टमेन्ट फोरिएर चोरी गरिएको थियो । उनले सो घटनालार्य साधारण महत्वको आधारभित्र राखेर नजिकैको पुलिस चौकीमा रिपोर्ट गरेका थिए, किनकि जोशुवालाई आफ्नो चोरी भएको सो ल्यापटप कुनै पनि हालातमा फिर्ता पाइन्छ भन्ने आशै थिएन । एक किसिमले माया मारिएको सो ल्यापटपको याद केही समय पछि जब उनलाई आयो, तब उनले आफूले सो ल्यापटपमा एक सफ्टबेयर इन्स्टल गरेको पनि याद आयो ।
कम्प्युटर अन गरेर विन्डो रन हुनासाथ अदृश्य रुपमा डेक्स्टटपमा रहने सफ्टवेयरले ल्यापटपमा अट्याच्ड भएको क्यामेराको माध्यमबाट पर्दाअगाडिको आकृतिहरु सफ्टवेयर जडान गर्दा राखिएको प्रयोगकर्ताको एकाउन्टको इमेज फोल्डरमा अन्य जानकारीहरुसहित पुग्ने सो प्रकारको सिक्रेट ट्रयाकिंग सफ्टवेयरकै मद्दतबाट लिइएको माथिको तस्वीरलाई जोशुवाले ट्विटरमा अपलोड गरी आफ्नो म्याकबुक चोर्ने चोर यही हो भन्दै राखेका थिए र त्यही क्रममा उक्त चोर जो सोही सफ्टवयरले पठाएको तस्वीरहरुको आधारमा उक्त चोर एक ट्याक्सी चालक रहेको पत्ता लागेपछि ट्याक्सीलाई ट्रयाक गरी, क्यालिफोर्निया जोशुवा बसोबास गर्दछन् मा रहेको ओकल्याण्डस्थित पुलिसको मद्दत लिएर आखिरमा आफ्नो म्याकबुक वापस पाएका छन् भने उक्त चोरलाई जेल पठाउन सफल पनि भएका छन् ।
-नीर, श्रोत नेट