पूर्वराष्ट्रपति बुस अन्तर्घातको मानसिकतामा

पूर्वराष्ट्रपति बुस अन्तर्घातको मानसिकतामा


bush

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई भोट हाल्ने भन्ने कुरा अहिले अमेरिका र बाहिरी संसारमा चर्चाको विषय बनेको छ । पूर्वराष्ट्रपति जोन एफ केनडीका पारिवारिक सदस्य क्याथरिन हार्लिङ्टनले सामाजिक सञ्जालमा जर्ज बुसले हिलारी क्लिन्टनलाई भोट हाल्ने कुरा पोस्ट गरेपछि यो विषय सनसनीपूर्ण बनेको हो । उनले पूर्वराष्ट्रपति बुससँग खिचिएको फोटोको क्याप्सनमा बुसले क्लिन्टनलाई मतदान गर्ने कुरा लेखेकी थिइन् । क्याथरिन मेरिल्यान्डकी पूर्वलेफ्टिनेन्ट गभर्नर हुन् । हाल हिलारी क्लिन्टनकी चुनाव अभियानकर्ता उनको यो फेसबुक पोस्ट यति ठूलो समाचार स्रोत बन्यो कि अमेरिकाका प्रायः सबै मिडियाले यसलाई समाचार बनाएका छन् ।

समाचारपत्र गार्जियनका अनुसार पूर्वराष्ट्रपति जर्ज बुसका प्रवक्ताले राष्ट्रपतिको निर्वाचन हुन अझै लामो समय बाँकी भएकोले अहिलेदेखि नै यसमा प्रतिक्रिया दिनु छिटो हुने बताए । पूर्वराष्ट्रपतिले हाल्ने भोट नितान्त व्यक्तिगत भएकोले निजी मतकै रूपमा हालिने पनि उनले बताएका त छन् तर यसको अर्थ जर्ज बुसले उनको आफ्नै पार्टी रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पलाई भोट हाल्ने छैनन् भन्ने लगाइएको छ । उनले भोट हाल्ने भए उनका प्रवक्ताले ‘हाम्रो आफ्नै दलका उम्मेदवार छन् नि’ भन्ने थिए ।

यदि यस्तो भयो भने अमेरिकाको इतिहासमै राष्ट्रपति भइसकेका व्यक्तिले अर्को दलका उम्मेदवारलाई मतदान गएिको पहिलो घटना हुनेछ । यसलाई धोकाधडी, अन्तर्घात या स्वविवेकीय निर्णय के भनिने हो राष्ट्रपतीय निर्वाचनपछि मात्र थाहा हुनेछ । स्मरणीय छ, बुसका पारिवारिक सदस्य र सल्लाहकारहरूसमेत ट्रम्पको पक्षमा देखिएका छैनन् ।