राजेश पायल रालाईले अमेरिकी भीसा पाएनन्

राजेश पायल रालाईले अमेरिकी भीसा पाएनन्


लण्डन । गायक राजेशपायल रालाईले सांगीतिक वर्ल्ड टुरका क्रममा अमेरिका जान नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासले गायक रालाईलाई भीसा दिन अस्वीकार गरेकाले उनको अमेरिकि टुर हाललाई स्थगित भएको छ । “हामी उहाँलाइ भीसा दिन असमर्थ छौं” दूतावास कर्मचारीको भनाइलाई उदृत गर्दै विश्वस्त सूत्रले भन्यो-“नेपाली गायकहरूप्रति विश्वास नभएकाले त्यसको असर गायक रालाईमा पनि परेका हो ।” राजेशपायल रालाईलाई दूतावासले यसअघि पनि निराश पारिसकेको थियो ।

सांगीतिक यात्राको क्रममा सबैभन्दा बढी विदेश गएका गायक राई सम्मिलित टोली ठूलो भएकाले पनि यो समूहले भीसा नपाएको स्रोतले उल्लेख गरेको छ । सांगीतिक कार्यक्रममा एसिया तथा यूरोपका अधिकांश देशको भ्रमण गरिसकेका राजेश हालसम्म अमेरिका भने गएका छैनन् । यसपटक उनी यूरोप, एसिया तथा अमेरिकाको सांगीतिक वर्ल्ड टुरका क्रममा थिए । हङकङको भव्य कार्यक्रम सकाएर उनी गत मंगलबार राति मात्र काठमाडौं आइपुगेका थिए । अमेरिकन दूतावासले भीसा नदिएपछि राजेशको वर्ल्ड टुर नै प्रभावित भएको छ । नेपाली चलचित्रमा प्ले-ब्याक गायकको रुपमा स्थापित छन् रालाई ।-सौरभ श्रेष्ठ, काठमाडौं