तीजमा लालिगुराँसको बनजस्तै सज्जिएको बेल्जियम

तीजमा लालिगुराँसको बनजस्तै सज्जिएको बेल्जियम


P1280073बेल्जियम । अघिल्लो महिनाको उत्तरार्धमा ईन्द्र धनुष क्लवको आयोजनामा प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सिल्वाल र अर्का विशेष अतिथि ८४ वर्षीय देउरुपा आचार्यको संयुक्त दीप प्रज्वल गरी लुभेनमा सम्पन्न कार्यक्रममा नाचगानसँगै दर खाएर तीज मनाएका थिए भने ब्रुस्सेल मिलन केन्द्र, ब्रुजको एभरेस्ट समाज, ठकुरी समाज, बेल्जियम, हुँदै यही सेप्टेम्बर २ तारिख एन आर एन ए आन्त्वर्पेन क्षेत्रीय समितिको आयोजनामा चेलीबेटिलाई तीजको दर खुवाउने कार्यक्रम भब्त रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम एन आर एन क्षेत्रीय समितिका अध्यक्ष राम पुनको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सिल्वाल रहेकी थिइन् । सचिव श्रीमती ललिता सिलवालले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुपूर्व राष्ट्रिय गीत बजाइएको थियो । महिला संयोजक निर्मला बजगाइँले संचालन गरेकी औपचारिक कार्यक्रममा कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिंदै नाम पढेर सुनाइएको थियो । त्यो कार्यक्रममा एन आर एन ए ग्लोबल सचिव अर्जुन श्रेष्ठको बिशेष उपस्थिती रहेको थियो भने बेल्जियमका सबै संघ संस्थालाई अतिथि बनाइएको थियो ।

त्यस्तै ठकुरी समाजले एक हप्ताअगाडि गरेको साँगीतिक कार्यक्रममा स्थानिय कलाकार कृतिका मगर र अनिशा राणाले आफ्नो सुन्दर नाचले सबैलाई मोहित परेका थिए । नेपालबाट आएका गायककार राम्जी खाण र लोक गायिका लाली बुढाथोकीका गीतले पूरै हल प्रेममय भएको थियो । भने सबै सहभागी र सहयोगीहरुलाई ठकुरी समाजका अध्यक्ष दिनेश कुमार मल्लले धन्यवाद दिएका थिए ।
P1280085

-डिल्लिराम अम्माई