गणतन्त्रमा- इन्द्रकुमार श्रेष्ठ

गणतन्त्रमा- इन्द्रकुमार श्रेष्ठ


गणतन्त्रमा
सबैजना ढाँट्न तयार छन्
सबैजना ठग्न तयार छन्
सबैजना धम्की दिन तयार छन्
सबैजना कुट्न तयार छन्
वीर गोर्खालीको सन्तान पो त !
त्यस्तै परे
ज्यान मार्न पनि तयार छन्

गणतन्त्रमा
कोहीदेखि कोही पनि टेर्दैन
कसैले कसैलाई फर्केर पनि हेर्दैनर्
कर्तव्य, अनुशासन कता गए कुन्नि
अधिकारबाहेकका कुरै हुँदैन ।
सुशासन र शान्तिसुरक्षा कहाँ विलाए कुन्नि
बन्द, हड्ताल र विरोधबाहेक चर्चै हुँदैन
निष्कर्षमा यस्तो लाग्छ-
यो उद्दण्डता अब थेगेर थेगिँदैन

गणतन्त्रमा
जनता बन्न कोही तयार छैन
सबैजना जनता भन्न तयार छन्
ँदास’ बन्न कोही चाहँदैनन्
सबैजना मालिक बन्न तयार छन्
कमलाकुञ्ज, ओखलढुंगा

ग्रेट खबरमा मौन राजधानी-ठाकुरमान लामा
ग्रेटर नेपालको सपनामा
यहाँ अनेकन ग्रेटर भइसकेछन्
सीमामा नेपाली कुटिँदा, पिटिँदा
मस्त निद्रामा ग्रेट सपना
देख्दै सुतिरहेका छन्
राजधानीवासीहरू

ग्रेट भएछन नेताहरू
हाकिमदेखि अभिनेताहरू
ठूलो हलमा केही कागज लिई
हातमा माइक समाई
ग्रेट ग्रेट भाषण छाँड्दै
कुर्सीमा हल्लिँदै मच्चिँदै

आउँछन् जान्छन् ग्रेट
भनाउँदा व्यक्तिहरू
वास्ता छैन तिनलाई
ती नेपालीहरू कति
सास्तीमा बाँचिरहेछन्
केवल तिनलाई धुन छ
कसरी आफू अझै
ग्रेट हुनेकुल्चिँदै गइरहेछन् सीमाहरू
भत्काइँदैछन् ती स्तम्भहरू
ग्रेटर नेपाल साकार बनाउने
आफूतर्फ मोडिएको
दिशामा अवरोध बनाइँदैछन्
तन्काइँदै छन्
बन्दुक, तोप, मेसिनहरू

पढ्दै छ अखबार राजधानी
सुन्दै छ रेडियो राजधानी
हेर्दै छ टीभी राजधानी
ग्रेट –) ग्रेट –) खबरमा
त्यै पनि
मौन साध्दै बसिरहेको
छ राजधानी ।!