नेपाली क्रिकेट टोलीलाई नेपाली दूतावासमा भव्य स्वागत

नेपाली क्रिकेट टोलीलाई नेपाली दूतावासमा भव्य स्वागत


13640889_1347064961973875_7538837496258388902_oलन्डन, यही जुलाई १२ तारिख मंगलवारका दिन साँझ लन्डनस्थित नेपाली दूतावासले नेपालबाट आएका क्रिकेट खेलाडीहरुको सम्मानस्वरूप एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजिवीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । जुलाई १९ तारिखका दिन विश्व प्रसिद्द लर्ड्स क्रिकेट मैदानमा हुन् गैरहेको मैत्रीपूर्ण क्रिकेट खेलको लागि नेपाली क्रिकेट टोलि लन्डन आएका हुन् । सो कार्यक्रममा संघसंस्थालगायत उपस्थित सबैले १५ जना क्रिकेट खेलाडी प्रशिक्षक तथा साथमा आएका अफिसियलहरुलाई खादा लगाएर सम्मान तथा सफलताको लागि बधाई दिएका थिए । क्रिकेट खेलाडीहरुसंग फोटो खिच्ने र सेल्फी हान्नेको जताततै घुइंचो लागेको देखिन्थ्यो ।
13641192_1347070201973351_6027645751964801620_oबेलायतका लागि नेपाली कार्यबाहक राजदूत शरदराज आरनले आफ्नो मन्तव्यका क्रममा यस ऐतिहासिक खेललाई सबैले मिलेर सहयोग गरेर सफल पार्नको लागि आग्रह गरेका थिए । नेपाल बेलायत कुटनीतिक सम्बन्धको दुई सय वर्षका सन्दर्भमा हुन लागेको ऐतिहासिक खेल नेपाल र नेपालीकै गौरवको बिषय भएकोले यसलाई सफल पार्नु सबैको कर्तब्य रहेको बताएका थिए । त्यस्तै गरी एनआरएन अध्यक्ष्य मुछेत्र गुरुंग तथा डा. राघव धिताल (ओबिई) ले पनि समस्त नेपाली समुदाय नै एक भएर लाग्नको लागि अनुरोध गरेका थिए ।
13641297_1347071068639931_7006347384138689721_oनेपाल क्रिकेट टिमका क्याप्टेन पारस खड्काले पनि मन्तव्यका क्रममा लर्ड्स मैदानमा खेल्न पाउनु नेपालको लागि ठूलो सौभाग्य रहेको र एमसीसीसंग खेल्न आफूहरु उत्साहित रहेको बताएका थिए भने एमसीसीका प्रतिनिधि जोन स्टेफन्सनले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि आफूहरु पनि खेलाडीहरुलाई स्वागत गर्न आतुर रहेको बताएका थिए ।
13661881_1347067208640317_6345997397469583769_oदूतावासका अट्याची तेजेन्द्र रेग्मीले संचालन गरेको सो कार्यक्रममा क्रिकेट खेलको बारेमा हालसम्मको प्रगति तथा भावी योजनाको बारेमा जानकारी गराउंदै एभेरेष्ट गौतम, गणेश खड्का, दीपक श्रेष्ठ र ज्ञाम गुरुङले आ-आफ्नो तर्फबाट मन्तव्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा टिसर्ट बिक्रीबाट प्राप्त रकम नेपाली क्रिकेट टोलीका क्याप्टेन पारस खड्कालाई हस्तान्तरण गरिएको थियो ।
13680235_1347062771974094_7589426878162112558_o-नरेन्द्र बस्नेत