साधारण सदस्यसमेत नरहने गरी कारबाही

साधारण सदस्यसमेत नरहने गरी कारबाही


13595951_1365235113540215_818477562_nबेल्जियम, 6 जुलाई – नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाल प्लस ब्लग संचालन गर्दै आएका ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो तर उनले आफ्नो ब्लग नेपाल प्लसमा स्पष्टिकरणलाई ठाडै इन्कार गरेर संगठनलाई नै चुनौती दिएपछि आज तीन बर्षको लागि संगठनको सम्पूर्ण पदबाट निलम्बनको सिफारिस गर्दै यफएनजेको साधारण सदस्यसमेत खारेज गर्दै त्यसको बोदार्थ एफएनजेको केन्द्रिय कार्यालय र अार्इयफजेको कन्द्रिय कार्यालय ब्रुसेल पठाएको छ ।

ददी सापकोटाद्वारा सामाजिक सञ्जालमा “पत्रकार महासंघलाई प्रश्न: कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन्, अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” शीर्षकको ब्लगमा महासंघको यूरोप शाखाको ध्यानाकर्षण भएको उल्लेख गरेको छ। सापकोटाको उक्त्त ब्लगमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराएबापत नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, महासवचिव उजीर मगर र नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईलाई लक्षित गरी आईफोन किनिदिएर, जहाजको टिकट किनिदिएर यूरोपमा रहेका नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय प्रेस कार्ड उपलब्ध गराई दिएको आरोप लगाइएको छ। अाइ यफ जे को केन्द्रिय स्टाफलाई समेत चल्खेल गरी कार्ड उपलब्ध गराएको गम्भीर आरोप लगाइएको छ ।

13595459_1365171406879919_1520524730_nमहासंघ यूरोप शाखाको स्पष्टिकरण माग पत्रमा ददी सापकोटाले असभ्य भाषा प्रयोग गरी अवाञ्छित लान्छना लगाउने, आधारहिन तथा कपोलकल्पित आरोप लगाउने कार्य भएको देखिएकोले नेपाल पत्रकार महासंघको विधानअनुरुप पत्रकार महासंघका कुनै पनि समितिले गर्ने काम, कर्तब्य र अधिकार अन्तर्गत बिधानले दिएको अधिकार प्रयोग गरेर कारबाही गरिएको हो ।

सन २०१४ मा बेल्जियममा सम्पन्न नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेशनबाट एक १७ सदस्यीय कार्यसमिति र ददी सापकोटाको संयोजकत्वमा तीन सदस्यीय सदस्यता छानबिन समितिको गठन भएको थियो। सापकोटाले सदस्यता सम्बन्धमा तीन महिना भित्र प्रतिवेदन पेश गर्ने प्रतिबध्दता जनाएको तर हालसम्म पनि उनले आफ्नो जिम्मेवारी पूरा नगरेको जानकारहरू बताउँदछन्।

नेपाल पत्रकार महासंघ यूरोप शाखा नेपाल पत्रकार महासंघको मान्यता प्राप्त निकाय हो। महासंघको यूरोप शाखाको सन् २०१४ मा सम्पन्न अधिवेशनले नै ददी सापकोटाको संयोजकत्वमा सदस्यता छानविन समितिको गठन गरेको हो। सापकोटाले सामजिक संजालमा नेपाल पत्रकार महासंघ यूरोप शाखाको वर्तमान कार्यसमितिलाई अवैध कार्यसमिति भनि उल्लेख गरेका छन्।

तर २०१४ को अधिवेशनमा सापकोटा आफै सहभागी भएका थिए । उनकै श्रीमती उपाध्यक्ष रहेको शाखालाई लगभग दुई बर्ष पछी आएर आफ्नै सहभागीतामा गठित कार्यसमितिको बैधानिकतामाथि प्रश्न उठाउँदै अन्तरराष्ट्रिय समिती देखी राष्ट्रिय समिति र केन्द्रमाथि अमर्यादित आक्रमण शुरु गरेका हुन् ।
-डिल्लिराम