९१ वर्षीय अपराधीलाई पाँच वर्ष काराबास

९१ वर्षीय अपराधीलाई पाँच वर्ष काराबास


लण्डन । एकजना होलोकास्ट डेथक्याम्प (मृत्युशिविर)का गार्डलाई ५ वर्षको जेल सजाय दिएको छ । जोन् देमजान्युकलाई यहुदीहरुका हत्याकाण्डका लागि डेथक्याम्पमा २८ हजार ६० पल्ट नाजीहरुलाई क्याम्पमा प्रवेश गर्न दिएको आरोपमा अपराधी घोषित गरेको छ । म्युनिख जर्मनीको एउटा आदलतले हिजो सेवानिवृत्त भएका कार कम्पनीका कामदार जोनलाई पोल्याण्डमा नाजीहरुका अधीनस्थ रहेको कुख्यात सबिबर क्याम्पमा हजारौं मानिसहरुका हत्यामा संलग्नता रहेको आरोप लगाएको थियो । मार्च २७ देखि १९४३ सालको मध्यसेप्टेम्बरसम्म गरिएका हत्याको सम्बन्धमा उनलाई दोषी साबित गरेको थियो । अमेरिकाको ओहिओमा बसाइँ-सराइ गरी बसोबास गर्दै आएका जोन् त्यस हत्याकाण्डमा संलग्नता रहेका कुनै ठोस प्रमाण भने छैन । तर, वकीलहरुका तर्कअनुसार त्यसताका जोनले गार्डको रुपमा त्यस क्याम्पमा काम गरेका प्रमाणको आधारहरु छन् भने उनी अपराधी हुन् भन्ने ठहर हुन्छ भनेका छन् । ९१ वर्षीय उक्रेनियनले ती सबै आफूमाथि लगाएका आरोपहरु स्वीकार गरेका छैनन् । उनी न्यायाधीशका अघि व्हीलचेयरमा बसेर उनीहरुका निर्णयउपर कुनै प्रतिक्रिया जनाएनन् । उनका वकीलले यो मुद्धालाई फेरि अघि बढाएर अपिल गर्ने कुरा भनेका छन् । सन् १९८० मा जोनलाई इभानको उपनामबाट इजरायलको अदालतले खतरनाक ट्रबलिङ डेथ क्याम्पमा गार्ड रहेको हैसियतले उनलाई अपराधी ठहर्‍याएको थियो, तर, पछि भूलवश नाम फरक परेको र उनी आरोपका शिकार भएका थिए भनेर अर्को आदलतले निर्णय दिएको थियो । जोन भन्छन् उनी कहिल्यै गार्डको रुपमा काम गरेका थिएनन् । श्रोत – मेट्रो, सुमल, मेस ।