अाफ्नाे कार्यकाल समाप्त गरी का.वा. राजदूत क्षेत्री नेपाल फर्कँदै

अाफ्नाे कार्यकाल समाप्त गरी का.वा. राजदूत क्षेत्री नेपाल फर्कँदै


tejbahadurलण्डनस्थित दूतावासमा क्षेत्रीकाे विदाइकाे भव्य कार्यक्रम सम्पन्न
लण्डन । यही बुधबार अर्थात् २९ तारिख, लण्डनस्थित नेपाली दूतावासमा का.वा. राजदूत तेज बहादुर क्षेत्रीकाे विदाइकाे सन्दर्भमा अाैपचारिक रूपमा दूतावासले एक विदाइ कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूलगायत गन्यमान्यहरूकाे उल्लेखनीय सहभागितामा सम्पन्न साे कार्यक्रममा क्षेत्रीकाे पदाभार ग्रहण गर्न अाएका नयाँ का.वा. राजदूत शरदराज अारनकाे अाम परिचय पनि गराइएकाे थियाे ।

13517530_1338046412875730_7038150876294688003_oसन् २०१२ अप्रिलमा डेपुटी चिफ अफ मिसनका रुपमा बेलायतकाे लण्डनस्थित नेपाली दूतावासमा अाफ्नाे जिम्मेबारी लिन अाएका क्षेत्रीले, सन् २०१४मा अाफ्नाे कार्यकाल समाप्त गरी स्वदेश फर्केका राजदूत डा. सुरेश चन्द्र चालिसेबाट रिक्त रहेकाे पदलार्इ पूर्ति गर्दै कार्यवाहक राजदूतकाे कार्यभार सम्हालेका थिए । बेलायत, अाइसल्याण्ड र माल्टासँग नेपालकाे कुटनीतिक सम्वन्धलार्इ सुमधुर राख्नेलगायत त्यहाँ बसाेबास गर्ने नेपाली समुदायमा नेपाली संरक्षककाे रूपकाे भावानात्मक सम्वन्धकाे पनि पूर्ण रूपकाे जिम्मेबारी पूरा गर्न सफल क्षेत्रीकाे कार्यकाल निक्कै नै चुनाैतिपूर्ण रहेकाे थियाे ।

13559157_1338048636208841_4751288888724630628_oलण्डनस्थित दूतावासलार्इ मर्मत सम्भार गर्नकाे लागि धान्न नसक्ने अवस्थाकाे हवाला दिँदै बेच्नका लागि अघिल्ला वर्षहरूमा चलाइएका चर्चा र त्यसकाे विराेधमा बेलायतस्थित नेपालीहरू र स्वदेशबाट गरिएका विराेधपछि का.वा. राजदूतकाे जिम्मेबारी लिएलगत्तै बेलायतस्थित नेपाली संघसंस्थाहरूकाे सहयाेगमा पूरा लगनशीलताका साथ थाेरै पूँजि र धेरै सहयाेगमा क्षेत्रीले दूतावासकाे पूर्ण सरसफाइ, मर्मत तथा सम्हार गरी दूतावास र नेपाली समुदायबीचकाे सुमधुर सम्वन्धकाे गाँठाेलार्इ बलियाे बनाएका थिए । क्षेत्रीकाे कार्यबाहकीय कार्यकालमा नेपाल र बेलायतबीच पारस्परिक कुटनीतिक सम्वन्धकाे दुर्इ वर्ष पुगेकाे अवसरलार्इ भव्य खुशियाली रूपमा मनाउनु पर्ने र त्यसकाे साथसाथै साेही अवधिकाे हावाला दिँदै गाेर्खा भर्तिसम्वन्धी विविध असमानताका सवालमा भू.पू. गुर्खाहरूबाट गरिँदै अाएका बेलायतविरूद्धका अान्दाेलनहरूलार्इ नीतिगत साथ दिनुबीचकाे कुटनीतिगत समानान्तर काम पूरा इमान्दारिताका साथ गर्न क्षेत्री सफल भएकाे मानिएकाे छ । साेही समयमा नेपालमा गएकाे महाभूकम्पकाे अापतकालीन अवस्थामा स्वदेशमा राहत तथा सहयाेग जुटाउनका लागि विशेष समन्वय गरेर एक अापतकालीन समिति बनार्इ नेपाली विभिन्न संघसंस्थाहरूबाट दूतावासमार्फत करीव दुर्इ कराेड नेपाली रूपैंया नेपाल पठाउन सफल भएका क्षेत्रीले बेलायती नेपाली समाजमा एक अाधिकारिक र भावानात्मक अभिभावककाे रूपमा दूतावासलार्इ चिनाउन सक्षम भएका थिए ।

13569049_1338050299542008_6008909066184126366_oखासगरी पछिल्लाे दुर्इ वर्षकाे का.वा. राजदूतकाे रूपकाे कार्यकालकाे अवसरमा बेलायत र नेपालबीच विविध रूपमा सम्वन्धहरू बढाउने उदेश्यले दूतावासमा धेरै कार्यक्रमहरू गरिए र बेलायतका विभिन्न स्थानहरूमा नेपालकाे पर्यटकीय प्रवर्धन गर्ने प्रकार धेरै कार्यक्रमहरूलार्इ दूतावासकाे सहभागिता दिनु र केहीमा सहअायाेजना कार्यहरू पनि क्षेत्रीकाे अगुवाइमा रहेकाे दूतावास सफलताका साथ पूरा गरेकाे छ । क्षेत्रीकाे साेही लगनशीलता र नेपाल र नेपाली समुदायप्रति गहिराे लगावलार्इ ध्यानमा राखेर बेलायतस्थित नेपाली समाजमा क्षेत्रीलार्इ नै फेरि बेलायतमा राजदूतकाे रूपमा स्वागत गर्ने चाहना राख्नेहरूकाे एक ठूलाे लहर पनि देखिएका थिए ।

13576840_1338047476208957_7849396052440153356_oबुधबार साँझ दूतावासमा भएकाे विदाइ कार्यक्रमलार्इ संचालन गर्दै अट्याची तेजेन्द्र रेग्मीले क्षेत्रीकाे विदाइलार्इ विदाइ नभनी उनकाे प्रगतिकाे कामनाकाे लागि खुशियाली मनाउने कार्यक्रमकाे रूपमा साे भेलालार्इ अाफूले लिएकाे बताउँदै थिए । लगभग २०० जनाकाे सहभागिता रहेकाे साे कार्यक्रममा समाजसेवी डा. राघवप्रसाद धिताल(अाेवीर्इ) र नेपाली संघसंस्थाहरूका तरूफबाट एनअारएनयूकेका अध्यक्ष मुछेत्र गुरूङले क्षेत्रीकाे चार वर्षे कार्यकालकाे चर्चा गर्दै उनकाे उज्जवल भविष्यकाे कामना गरेका थिए । यही जुलार्इकाे १९ तारिख, बेलायत र नेपालबीचकाे कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक नेपाली टिमले बेलायतकाे लण्डनस्थित प्रसिद्ध लर्डस् क्रिकेट ग्राउण्डमा खेल्न गइरहेकाे छ । साेही एैतिहासिक एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपालबीचकाे क्रिकेट म्याचकाे बारेमा र साेसम्वन्धी अार्थिक काराेबारकाे चर्चा, उक्त प्रतियाेगिताकाे संयाेजकहरूमध्ये एक दीपक श्रेष्ठले अाफ्नाे मन्तव्य राखेका थिए । जुलार्इकाे १९ मा हुन गइरहेकाे साे म्याच, दूतावासकाे संयाेजनमा हुन गइरहेकाे हाे । का.वा. राजदूत क्षेत्रीले अाफ्नाे कार्यकालमा भएका कार्यहरूकाे स्लाइड शाेमार्फत प्रदर्शनी गरेका थिए ।

13580547_1338048466208858_3427712409393510898_oक्षेत्रीबाट नेपाली समाजमा गराइएकाे अाफ्नाे परिचयपश्चात्, का.वा. राजदूतकाे पदपूर्ति गर्न अाएका शरदराज अारनले अाफूलार्इ पनि क्षेत्रीलार्इ जस्तै साथ र माया दिनका लागि अनुराेध गरेका थिए । कार्यक्रममा लाेकगायक बमबहादर कार्की र शिवा अालेले गीत प्रस्तुत गरेका थिए । रात्रिभाेज नाचगानसहित रातकाे मध्यतिर समाप्त भएकाे थियाे ।
13522814_1338045629542475_5046543596405426150_o

-प्रकाश के.सी., तस्वीर साैजन्यः एभरेष्ट गाैतम