जीअारएनसी र बीजीडब्लूएस यूकेद्वारा संयुक्त रूपमा विद्यालय निर्माण

जीअारएनसी र बीजीडब्लूएस यूकेद्वारा संयुक्त रूपमा विद्यालय निर्माण


photo1 (6)अल्डरशट । बेलायतमा रहेका नेपालीहरुको संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटि र व्रिटिश गोरखा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको भीमटार १ मा विद्यालय निर्माण भएको छ ।
सिन्धुपाल्चोक भीमटार १ स्थित परोपकार निमावि रु ११,२५,८०० (एघार लाख, पच्चीस हजार आठसय पचास) रुपैयाको लागतमा निर्माण गरिएको उक्त दुई कोठे भवन आइतबार स्कुलकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटि र वेलफेयर सोसाइटीको प्रतिनिधित्व गरेर गएकी कार्यक्रमकी प्रमुख अतिथि शिक्षिका प्रमिला के.सी. बानियाले विद्यालय समितिलाई उक्त भवन हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेकी के.सी.ले भूकम्पले तहसनहस पारेको स्कुलका पुनर्निमाणका लागि ठूलो छाती बनाएर देशको लागि लागीपर्ने वेलायतका नेपालीहरुको प्रिय संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटि र व्रिटिश गोर्खा वेलफेयर सोसाइटीले आफूलाई दिएको जिम्मेवारी केही हदसम्म पूरा गर्न सकेकोमा अत्यन्तै खुशी लागेको बताएकिथिर्इन्। प्रमुख अतिथि के.सी.ले ग्रेटर रशमोर नेपाली कम्युनिटिका अध्यक्ष ओम थापाले वेलायतबाट विद्यालय व्यवस्थापन समितिलाई पठाएको शुभकामना शन्देश पढेर सुनाएकिथिर्इन् ।
“सदा दिनु परोस्, लिनु नपरोस्” भनेर लेखिएको उक्त शुभकामना शन्देश पत्रमा भनिएको थियो “नेपाल सरकारले आजसम्म पनि बिशेषत बिद्यालय जस्ता सामाजिक संरचना समेत पुनःर्निर्माण गर्न नसक्नुमा हामी अति दुःख प्रकट गर्दै यथाशीघ्र नेपाली जनता र नव बालबालिकाहरूको मानवीय अधिकारलाई न्याय देओस् भन्ने आग्रह गर्दछौं । अन्तमा नवनिर्मित भवनको सन्चालनका क्रममा सबैले आफ्नो सम्पतिसरह माया गरेर हेरबिचार रेखदेख भएको देख्नु र सुन्नु पाईयोस् । र भविष्यमा सरकारबाट स्कुल पुनर्निर्माण भएपछि यस भवनलाई एक बिकसित पुस्तकालयको रूपमा देख्न पाईयोस् भन्ने आशामा बसेका छौं ।”
photo1 (7)अध्यक्ष थापाले संस्थाद्धारा पटक–पटक गरेर पठाइएको कुल रकम १२ लाख ९८ हजार ७८० मध्ये भवन बनाएर बाँकी रहेको १ लाख ७२ हजार ९ सय ८० रुपैयाँ विद्यालयको आन्तरिक व्यवस्थापन (पुस्तकालय, शैक्षिक सामाग्री र फर्निचर) मा खर्च गर्न समेत विद्यालय व्यवस्थापन समितिलाई सोही सन्देशपत्र मार्फत अनुरोध गर्नु भएको छ ।
उक्त भवन हस्तान्तरण कार्यक्रममा स्कुलका प्रधानाध्यापक विदुर नेपालले ग्रेटर रशमोर नेपाली कम्युनिटि र व्रिटिश गोरखा वेलफेयरसोसाइटीलाई धन्यवाद दिदैं उक्त सहयोगको सँधै सम्मान र संरक्षण गरेर विद्यार्थीहरुको सुखद भविष्यकाे लागि अझ प्रतिवद्ध भएर लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भवन निर्माणमा कुनैपनि कन्जुस्यांइ नगरी निर्माण गरिएकोले बैशाख १२ को भन्दा ठूलो भूकम्प आए पनि क्षति नहुने बताए । उनले वेलायतमा रहेका यी दुई संस्थाको प्रगतिको कामना गर्दैै विद्यालयको दुई कोठे भवन तयार भएपनि त्यसभित्र फर्निचर, लाइब्रेरी लगायतका शैक्षिक सुधारका कार्यक्रमका लागि पुनः सहयोगी हातहरु जुटाइदिन अनुरोध गरेका थिए ।
त्यस्तै कार्यक्रमका सभापति रहेका स्कुल व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद अधिकारीले भूकम्पले नाजुक बनाएको विद्यालयको समस्यालाई नजिकबाट नियालेर दुई कोठे भवन बनाउन सहयोग गरेर ऐतिहासिक काम गरेको भन्दै सहयोगदातालाई धन्यवाद दिएका थिए । उनले मुठी मुठी गर्दै मुरी बनाएर सहयोग गरी आफ्नो कृति राख्न सफल भएको बताउँदै ती सहयोगी हातहरु यसरी नै नेपाल र नेपालीको समस्यामा लागिरहुन भन्दै शुभकामना दिएका थिए ।
photo1 (5)गणेश प्रसाद नेपालको संचालन र सुन्तली सापकोटाको स्वागत मन्तव्य, विश्वराम बानिया, संस्थापक अध्यक्ष कृष्ण प्रसाद भट्टराई, संस्थापक सदस्य गोविन्द प्रसाद आचार्य, स्कुल अभिभावक समितिका अध्यक्ष रामचन्द्र घिमीरे लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्कुलका विद्यार्थीहरुले स्वागत गित र नाच प्रस्तुत गरेका थिए ।
दनुवार र माझी समुदायका बालबालिकाको संख्या बढी रहेको उक्त विद्यालयमा अन्य समुदायका समेत गरेर १५० बालबालिका अध्ययनरत छन्।