२ भाइलाई सार्वजनिक ठाउँमा प्रतिवन्ध

२ भाइलाई सार्वजनिक ठाउँमा प्रतिवन्ध


लण्डन । २ जना उत्श्रृंखलता मचाएर अति नै सताउँदै छिमेकीहरुको जीवन नारकीय बनाएका किशोर दाजुभाइलाई अदालतले सार्वजनिक ठाउँहरुमा डुल्न निषेध गरेको छ । उनीहरुले छिमेकीलाई यतिसम्म सताए कि छिमेकीमध्ये एकले आत्महत्या गर्ने शूर कसेका थिए ।
१४ वर्षीय डाइलन हिब्बर्ट र उनका भाइ स्कट हिब्बर्टले सडकमा पार्क गरेर राखेका कारहरुको सीसा फोड्ने, ढलको पाइपभित्र आगो सल्काउने, अरुलाई जे पायो त्यही जथाभावी गाली-गलौच गर्ने र आम नागरिकको मुखमा थुक्ने जस्ता असामाजिक व्यवहार गर्दै आएका थिए । अहिले यी २ जनालाई सँगै.सँगै बाहिर सार्वजनिक ठाउँमा निस्कन बन्देज छ । बाहिर निस्कनु परे उनीहरुको साथमा बुवाआमा हुनुपर्छ भनेर अदालतले आदेश दिएको छ । उनीहरुलाई साँझ आठबजेदेखि बिहान पाँचबजेसम्म घरबाट बाहिर ननिस्कने कर्फ्यू नै लागू भएको छ । यतिमात्र नभई, उनीहरुलाई हातको इशाराले कसैलाई सताउने, धम्की दिने र गालीगलौच गर्न पनि प्रतिबन्धित भएको छ । प्रहरीले यस घटनालाई असाधारण भनेर लिएका थिए तर, मुद्धा चलाउने वकीलहरुले उक्त घटनालाई एकदमै खराब स्थितिमा पुगेको घटना भनेका छन् । एकजना श्याड्सओर्थ, ब्ल्याकबर्नका ३६ वर्षीय छिमेकीले … उनीहरुले मेरो जीवन यतिसम्म नारकीय बनाएका थिए कि मैले त्यस्तो कहिल्यै सोंचेको थिइनँ, …. म पक्कै पनि आत्महत्या गर्ने थिएँ हुँला.., निरन्तर रुपमा, सधै यसरी सताइरहँदा जस्तोसुकै बलियो मान्छे पनि विवश भएर हार खान्छन्… कतिखेर अर्को सीसाको झ्याल फोडिदिन्छ भन्ने डर मनमा भइरहन्थ्यो… भनेर समाचारदाताहरुलाई भनेका छन् । कम्यूनिटि बिट म्यानेजर, लुइज ब्रिग्सका अनुसार ….’उनीहरुलाई आफूहरुले कसलाई के हानी पुर्‍याउँदै छन् भन्ने परवाह हुने थिएन ।’ श्रोत -मेट्रो, सुमल, मेस ।