अन्ततः बेलायत युरोपियन संघबाट बाहिरिने भयो

अन्ततः बेलायत युरोपियन संघबाट बाहिरिने भयो


1466742665811विश्व अर्थबजारमा व्यापक गिह्रावट, प्रम क्यामरुनबाट राजीनामा
लण्डन । हिजो अर्थात् २३ तारिखका दिन भएको ईयूू रेफेरेण्डमको लागि भएको चुनावमा ४८.१५ प्रतिशतको बदलामा ५१.९ प्रतिशत अर्थात् दशौं लाखभन्दा बढी मतले संघबाट बाहिरिने पक्षलाई जिताएको छ । यसरी ४३ वर्षपछि, बेलायती नागरिकको बहुमतले बेलायतलाई फेरि एक स्वतन्त्र राज्यको रुपमा स्थापित गर्नको लागि जनमत दिएका छन् । एउटा आर्थिक राज्यको रुपमा विकसित हुन थालेको युरोपियन युनियनबाट अलग भएर बेलायत एक्कासी अँध्यारोको खाल्टोतिर गएको भन्नेहरु र एक नयाँ रुप र स्वरुपमा बेलायत उदाउने भएको भन्नेहरुका चर्चापरिचर्चाका बीच प्रधानमन्त्री डेभिड क्यामरुनले एक मिति तय गरेर राजीनामा गरेका छन् । निक्कै नै भावुक मूूद्रामा आफ्नी श्रीमतीसँग आएका क्यामरुनले जनताको फैसलालाई कदर गर्दै आगामी अक्टोबरमा हुने कन्जर्भेटिभ सम्मेलनसम्मका लागि आफू कार्यवाहक प्रधानमन्त्री बनी देशलाई आर्थिक, राजनीतिक अनि सामाजिक व्यवस्थालाई स्थीर राख् ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

davidcameronयुरोपियन युनियनबाट बाहिरिने पक्षमा मत जाहेर गर्ने जनसंख्या बेलायतको पूूर्ण जनसंख्याको आधाभन्दा केही बढी भए पनि क्षेत्रको हिसावमा यसनियनभित्र रहने भन्नेहरुको क्षेत्र निक्कै नै महत्वपूूर्ण रहेको छ । स्कटल्याण्ड र नर्दन आयरल्याण्डका निक्कै ठूलो परिमाणका जनताले युनियनभित्र रहनेमा भोट हालेका छन् । खासगरी यी ती राज्यहरु हुन् जो बेलायतको युनियनबाट अलग हुनका लागि जनमतमा गइसकेका छन् । यी दुुई राज्यहरुमा युनियनबाट अवलोकनीय मात्रामा आर्थिक लगानी गरिएको थियो । खासगरी आयरल्याण्ड जो युनियनको एक सदस्य राज्य हो, सँग आफ्नो तीन सय माइलको खुल्ला सिमाना रहेको नर्दन आयरल्याण्डको प्रो ईयूू बहुमतीय मतले यतिखेर वेस्टमिन्स्टरमा एक खास संशयको अवस्था दिलाएको छ भने, भर्खरै मात्र, स्कल्याण्ड रेफेरेण्डममा हारे तापनि एसएनपीले गत वर्ष हासिल गरेको स्कटल्याण्ड पार्लियामेन्टको बहुमतले यस प्रो ईयू आचरणले बेलायती संघीय व्यवस्थालाई धक्का लाग्ने सम्भावना स्पष्ट देखिएको छ ।

लगभग ६.४३ प्रतिशतको गिह्रावट आएर स्टर्लिंग पाउण्डको मूल्य गिरेको लगत्तै आर्थिक बजारमा धेरै गिह्रावट आएको छ । फुत्से १०० लगभग ८ प्रतिशतले गिरेको छ, जो केहीबेरमा ४.६प्रतिशतमा स्थीर भएको छ, लाई मत्थर पार्नको लागि व्यांक अफ इंग्ल्याण्डले आर्थिक मन्दी नल्याउनका लागि बजारमा हस्तक्षेप गर्न आफू तयार भएको बताएको छ ।

Flag-Jigsawआगामी दुई वर्षभित्र पूर्ण रुपमा युनियनबाट अलग्गिनु पर्ने अवस्था रहेको बेलायतलाई कुनै पनि अवस्थामा एक बजारको सहुलियन नपाउने भन्ने यनियनका पूर्व अध्यक्षले भनेका भए तापनि व्यापार भनेको दुई पक्षबीचको व्यापारिक सम्झौता भएकोले युरोपियन कतिपय राष्ट्रहरु प्रत्यक्ष रुपमा बेलायती प्रभाव, जस्तै टुरिज्म, व्यापार, व्यवसायहरुले असरदार भएका छन्, त्यसमा मुख्यतः पोर्चुगल, ग्रीसआदि छन् । तीलगायतका राष्ट्रहरुले आफ्नो पारम्परिक द्वीदेशीय व्यापारिक सम्वन्धहरुलाई यथावत दिनका लागि सम्झौताहरुमा सहुुलियत पक्कै नै दिनेछन् । बेलायतको युनियनबाट छुट्टिनुको असरले अहिले निक्कै नै दोधारे अवस्थामा रहेका देशहरु जस्तै नेदरल्याण्ड, डेनमार्क, इटाली, स्वीडेन आदि विस्तारै अलग्गिन खोज्ने सम्भावना अचानकै उच्च भएको छ, ती देशहरुलाई युनियनभित्र राख्नको लागि पनि युनियनभित्र प्रशस्तै परिमार्जनहरु नहोलान् भन्न सकिन्न, ती परिमार्जनहरुले स्वतन्त्र बनेको देश बेलायतलाई सकारात्मक आधारमा साथ दिने नै छ ।

article-0-1437AA07000005DC-138_964x477तीन महिने म्याद राखेर राजीनामा दिएका क्यामरुनको पार्टी दशकौंपछि बेलायती जनताको पूरा वहुमत पाएको पार्टी हो, अतः अझै क्यामरुनलाई नै लिडरशिपलाई थाँती राख्नको लागि दबाब दिन सक्ने सम्भावनाहरु यकातिर छ भने अर्कोतिर बोरिस जोन्सन नयाँ प्रधानमन्त्री हुने पनि सम्भावना उत्तिकै रहेको छ । २२ तारिख लण्डनको वेम्बलीमा भएको बीबीसीको लाइभ प्रश्नउत्तरको क्रममा उनले देशको स्वाधीनताको पक्षमा बोलेका अन्तिम मन्तव्यले एरेनाको उपस्थित दर्शकहरुलगायत टीभी हेरेर बसेका दर्शकहरुसँग न्यानो भावनात्मक सम्वन्धको स्थापना गरेको अनुभव गरिएको थियो । निश्चय नै आगामी केही हप्ता र महिनाहरु बेलायती जनताहरुसमक्ष सजिलो भएर आउँदैनन् तर नीतिकारहरु बेलायतको स्वाधीन भविष्यप्रति निराश भने छैनन् ।
-प्रकाश के.सी.
Pictures are from the NET