रोकथाम गर्न सकिने खालका चोटपटकबाट बर्षेनी २ हजार नेपाली बालबालिकाको मृत्यु

रोकथाम गर्न सकिने खालका चोटपटकबाट बर्षेनी २ हजार नेपाली बालबालिकाको मृत्यु


apaलण्डन। ‘ग्लोबल बर्डन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार नेपालमा करीब २,००० चौध वर्ष मुनिका बालबालिकाहरुको रोकथाम गर्न सकिने खालका चोटपटकबाट अकालमा मृत्यु हुने गरेको छ। यसैगरी ३-४ लाख जति अपांग हुने वा अस्पतालमा भर्ना हुनु पर्ने गरी घाइते हुने गरेको र उक्त समस्याको कारण अर्बौ रुपैया बराबरको आर्थिक क्षति तथा अभिभावकहरूमा भावनात्मक पीडा, मानसिक तनाव हुने उक्त अध्ययनले जनाएको छ।

नेपाली बालबालिकाहरूमा चोटपटकको बिषयमा विद्याबारिधि गर्नु भर्इ हाल युनिभर्सिटि अफ दि वेस्ट अफ् इंगलैंड ब्रिस्टल (UWE Bristol) मा कार्यरत डा पुष्पराज पन्त बालबालिकाहरुको नैसर्गिक अधिकारअनुसार उनीहरु विभेद, शोषण, यौन दुर्ब्यबहार तथा चोटपटकको जोखिमबाट मुक्त रहन पाउनु पर्ने बताउँछन्। डा पन्तका अनुसार नेपालमा १ देखि ४ वर्षका बालबालिकाको मृत्युको तेस्रो कारण आगो वा पोल्नु रहेको छ भने ५ देखि १४ वर्ष समूहमा सडक-यातायात दुर्घटना मृत्युको दोस्रो कारण रहेको छ। यसैगरी १५ देखि १९ वर्षका किशोर-किशोरीहरूको मृत्युका प्रमुख तीन कारणहरु क्रमश: आत्महत्या, सडक-यातायात र यान्त्रिक चोटपटक रहेको छ। नेपालमा केटाकेटीहरूको चोटपटकको आर्थिक व्ययभार बार्षिक करीब साढे ३ अर्ब देखि ५ अर्ब रुपैया रहेको अनुमान गरिएको यस विषयका अनुसन्धानकर्ता डा पन्त बताउँछन्।

यससम्बधी बिस्तृत जानकारी नेपालको कान्तिपुर टिभीमा हालै डा पुष्पराज पन्तसंग गरिएको अन्तरबार्तामा पाउन सकिन्छ।
[youtube]http://youtu.be/ZWsOtNvA76I [/youtube]
– प्रकाश अर्याल