मृतक बिन लादेनको फोटोहरु गोप्य राखिने

मृतक बिन लादेनको फोटोहरु गोप्य राखिने


लण्डन । हिजोराति राष्ट्रपति ओबामाले मृतक ओसामा बिन लादेनको फोटोहरु सार्वजनिक नगर्ने भनेका छन् । अमेरिकी नेताले ग्राफिक प्रकृतिका छविहरु सार्वजनिक गर्दा राष्ट्रिय सुरक्षामा आँच आउने कुरा प्रकाश पारेका छन् । अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा सुरक्षा दलका व्यक्तित्वहरुसँगको छलफलमा …महत्वपूर्ण कुरा, कुनै एकजना व्यक्तिको टाउकोमा गोली लागेका ग्राफिक तस्वीरहरुले चर्चा चलाउनेहरुका लागि हतियार बन्ने सम्भावना रहेनछ, यसमा कुनै शंका नै छैन कि हामीले बिन लादेनलाई मारेका छौं र अब बिन लादेनलाई तपाईहरुले यो पृथ्वीमा हिँड्दै गरेका देख्नुहुन्न्… भनेका थिए । बिन लादेन्लाई मारएकिो छैन भनेर षड्यन्त्र गर्न खोज्नेहरुका लागि वास्ताविकता दर्शाउन तस्वीरहरु सार्वजनिक गर्नुपर्ने कुरामा दबाव आईरहेको बखतमा उनले प्रेस जगतलाई बिन लादेन्का मृत शरीरको तस्वीर सार्वजनिक नगर्ने कुरा प्रकाश पारेका हुन् ।
व्हाइटहाउसमा हिजो राति भएको संवादलाई लिएर प्रवक्ता जे कारनीले राष्ट्रपतिले तगडा निर्णय गरेको कुरा सम्प्रेषन गरेका छन् । उनका अनुसार अब यस घटनाबारे विस्तृत जानकारी नदिने तथा बिल लादेनका अन्त्येष्टि समुन्द्रमा गरेको हो भन्ने कुरामा सहमति जनाएका छन् । कारनीले अघि उद्धृत गर्दै…. बिन लादेनलाई जुन आदरका साथ मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो त्यो सेप्टेम्बर ११ को दिनमा शिकार भएका व्यक्तिहरुको तुलनामा ठूलो सम्मान थियो… भनेर संवाददाताहरुलाई प्रकाश पारेका थिए । व्हाइटहाउसको छलफलपछि राष्ट्रपति ओबामाले अमेरिकी कांग्रेसका केही सदस्यहरु र राजनीतिज्ञहरुलाई ओसामा बिन लादेनको विक्षत भएको टाउको र अरु तस्वीरहरु देखाएका थिए । रिपब्लिकन सिनेटर केल्ली आयोटले बिन लादेनको एउटा तस्वीर देखेकी थिईन् र सो तस्वीर बिन लादेनको नै हो भनेर पुष्टि गरेकी छिन् । सीआईएका निर्देशक लिअन पानेट्टाले एउटा फोटो सार्वजनिक गर्ने कुराको प्रस्ताव राखेका थिए, तर, विदेश सचिव हिलारी क्लिन्टनले ठाडै यस कुरालाई विरोध गरेर सार्वजनिक नगर्ने कुरा बताएकी थिईन् । श्रोत – बीबीसी, सुमल, मेस ।