दुर्इलाख बन्दीहरु नारकीय बन्दी क्याम्पहरुमा

दुर्इलाख बन्दीहरु नारकीय बन्दी क्याम्पहरुमा


लण्डन । एम्नेष्टीको एउटा प्रतिवेदनले सार्वजनिक गरेअनुसार उत्तर कोरियाको धेरै संख्यामा रहेका राजनीतिक बन्दीहरु अमानवीय र नारकीय जीवन बिताइरहेका छन् । ती बन्दीहरुलाई मानव दासको रुपमा प्रयोग गरिएको छ । उनीहरुलाई मृत्युदण्ड दिने स्थानहरुमा लगेर मृत्युदण्ड दिँदे गरेको दृष्य हेर्न लगाइन्छ । एम्नेष्टी इन्टरनेशनलले संकलन गरेका तथ्यहरुको अभिलेखहरुमा उनीहरुलाई गोप्य राष्ट्रको विभिन्न बन्दी क्याम्पहरुको सञ्जालभित्र बन्दीहरुलाई प्रताडीत गर्दै चरम यातना दिँदैआएको कुराहरु उल्लेख छ । कक्रिइने शीत याममा बिनाकम्बल बन्दीहरुलाई जाडोमा बस्नुपर्ने बाध्यत्मक यातनाहरु दिँदै आएको छ । सन् १९५० देखि खोलेका यी बन्दी क्याम्पहरुमा दुर्इलाखभन्दा बढी राजनीतिक बन्दीहरु राखिएका छन् । कैयौ बन्दीहरुलाई कुन अपराधमा थुनिएको भन्नेबारे पनि थाह छैन । निर्दोष बन्दीहरु प्ारिवारका अथवा कुनै साथीहरुलाई बन्दी बनाएपछि त्यसै उनीहरुलाई पनि समातेर दशकौंदेखि बन्दी बनाएर राखिएको तथ्य प्रकाशमा आएको छ । यस्ता बन्दीक्याम्पहरु कम्तीमा ६ वटा छन्, तीनमध्ये एम्नेष्टीले ४ वटाको सेटलाइट तस्वीर सार्वजनिक गरेको छ । दशकौंदेखि बन्दी बनाएर राखिएका कैदीहरुलाई गोप्य राखेता पनि पुराना कैदीहरु र गाइडहरुबाट उम्नेष्टीले खबरहरु प्राप्त गर्न सफल भएको छ ।
“बाहिरी संसारबाट बेखबर मानव अधिकार पूर्णतया हनन् गरेको यथार्थलाई उत्तर कोरियाली सरकारले हेल्चेक्रयाँइ गरेको छ । अब यस कुरालाई उत्तर कोरियाले नकार्न मिल्दैन” भनेर एम्नेष्टी एसिया प्यासिफिकका निर्देशक, शाम जारिफीले उद्धृत गरेका छन् । ती कैदीहरुलाई सजाय दिँदा चरम यातनाको साथसाथै गोली हानेर अथवा झुण्ड्याएर हत्या गरिँदै आएको छ । यात्ना दिने टेक्निक यतिसम्म छन् कि एक दशमलव दुर्इ मीटरको सानो कोठाभित्र जसको उँचाइ पनि एक दशमलव दर्ुइ मीटर नै छ जहाँ औसत मान्छे ठाडो उभिन सक्दैन, ननै तेर्सिएर सुत्न सकिन्छ, त्यस्तो खोरभित्र यातना दिएर राखिँदै आएको छ । ४० प्रतिशत कैदीहरु ख्ाानाको कमीले गर्दा मृत्यु भएका छन् । अब एम्नेष्टीले उत्तर कोरियाका नेता किम जोङ इललाई यस्ता नारकीय क्याम्पहरु भएको स्वीकार गर्न लगाएर तत्काल बन्द गर्नुपर्ने माग राख्दै छ । श्रोत – मेट्रो, सुमल, मेस ।