सर्वोच्चको निर्णयका कारण अप्ठ्यारोमा अख्तियार

सर्वोच्चको निर्णयका कारण अप्ठ्यारोमा अख्तियार


कनकमणि दीक्षित प्रकरणमा सर्वोच्च अदालत

कुनै अभियोगीले अटेरी गरेमा हिरासतमै लिएर अनुसन्धानात्मक कारबाही गर्न पाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अधिकारमाथि सर्वोच्च अदालतको एउटै फैसलाले प्रश्न उठाइदिएको छ । पत्रकार तथा साझा यातायातका अध्यक्ष ले गत सोमबार लिएको निर्णयले अख्तियारको कार्यक्षेत्रमाथि प्रश्न उठ्ने स्थिति पैदा गरेको हो ।

सोही प्रकरणमा विशेष अदालतको निर्णयलाई समेत चुनौती दिइएपछि अब भ्रष्टाचारसम्बन्धी विषयमा हुने अनुसन्धानात्मक कारबाहीमा नकारात्मक असर पर्ने र अभियोगीहरूको मनोबल बढ्ने निश्चित मानिएको छ । कनकमणि दीक्षितले आफूमाथि लागेको अभियोगबारे स्पष्ट गर्न र अनुसन्धानमा सहयोग पुर्‍याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक आग्रह गर्दा अटेरी गरेको भन्दै दीक्षितलाई प्रहरी नियन्त्रणमा लिएर बयान लिने तत्परता लिएको र विशेष अदालतले आयोगको यस्तो प्रयासलाई सहयोग पुर्‍याउने निर्णय लिएको थियो । प्रहरी नियन्त्रणमा पुगेलगत्तै ‘सिकिस्त बिरामी भई वीर अस्पतालको आईसीयूमा भर्ना गरिएका दीक्षितसँग अख्तियारले बयान लिन पाएको छैन ।

सर्वोच्च अदालतले दीक्षितलाई थुनामुक्त गर्न आदेश दिएपछि अब अख्तियारले के गर्ने भन्ने अन्योलको स्थिति उत्पन्न भएको छ । टेलिफोन या पत्रमार्फत बोलाउँदा बयान दिन नआउने दीक्षितलाई पुन: पक्राउ गरी बयान लिने या अनुसन्धानात्मक कारबाही नै रोक्ने या अभियोगीको बयान नै नलिई मुद्दा चलाउने भन्ने विषयलाई लिएर अख्तियार अप्ठ्यारोमा परेको बुझिएको छ । अनुसन्धानात्मक कारबाहीमा यसरी अड्चन पैदा भएपछि अनुसन्धानको दायरामा ल्याइएका अन्य अभियोगीहरू पनि असहयोगी बन्नसक्ने र यसले भ्रष्टाचार नियन्त्रण निम्ति अख्तियारद्वारा चालिएको कदममा गम्भीर ढङ्गको अड्चन पैदा हुने कुराले अख्तियारसम्बद्ध अधिकारीहरूलाई गम्भीर बनाएको बुझिएको छ ।

अनुसन्धानको दायरामा ल्याइएका अभियोगीहरूले बयान दिन अटेरी गर्ने र प्रहरी हिरासतमा लिइँदा पनि अदालतले छोडिदिने भएपछि अब अख्तियारले आफ्नो कामकारबाही कसरी अगाडि बढाउन सक्ला, गम्भीर रूपमा प्रश्न उठेको छ । केही राजनीतिकर्मी र वर्तमान सरकारको नेतृत्व अख्तियारको हैसियतमा क्षति पुर्‍याउन प्रयासरत रहेका बेला सर्वोच्च अदालतले लिएको निर्णयले दशैभरिका भ्रष्टाचारीहरूमा भने उत्साह पैदा गर्ने विश्वास गरिएको छ ।