प्रयोगमा आयो ‘ट्राफिक पोलिस नेपाल’ एप्स

प्रयोगमा आयो ‘ट्राफिक पोलिस नेपाल’ एप्स


‘ट्राफिक पोलिस नेपाल’ एप्स
सहज तथा सुरक्षित आवागमनका लागि ने
पाल प्रहरीले ‘ट्राफिक पोलिस नेपाल’ नामक मोबाइल एप्स प्रयोगमा ल्याएको छ । ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए÷नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा जानकारी आउने र आफूले देखेका भोगेका ट्राफिकसँग सम्बन्धित सूचना प्रहरीलाई पठाउन सकिने व्यवस्था सो एप्समा गरिएको छ ।

यस्तै, ट्राफिक नियम मिचेमा हुने सजाय, आफूनजिकको ट्राफिक प्रहरी कार्यालयको नाम र फोन नं, विभिन्न स्थानमा भ्रमण गर्दा लाग्ने भाडाको विवरण, ट्राफिक सङ्केत चिह्न तथा लिखित परीक्षाको नमुना प्रश्नपत्र, सवारी साधन हराएमा वा पाएमा तुरुन्त थाहा पाउन, सार्वजनिक सवारी साधनले बढी भाडा लिएमा वा दुव्र्यवहार गरेमा तुरुन्तै गोप्य सूचना पठाउन, ट्राफिकसँग सम्बन्धित अन्य गतिविधि हेर्न र ‘एयरफोन’बिना मेट्रो ट्राफिक एफएम ९५.६ सुन्न पनि सकिने प्रहरीले जनाएको छ ।

एप्स शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यसको प्रयोगले सडक व्यवस्थित गर्न र सडक दुर्घटना कम गर्न सहयोग पुग्ने बताउनुभयो । सडक दुर्घटनाबाट बर्सेनि एक हजार ५०० देखि दुई हजारसम्मको मृत्यु, हजारौँको अङ्गभङ्ग र सवारी साधनलगायत अन्य सामानमा समेत क्षति पुग्ने गरेको जानकारी दिँदै उहाँले ट्राफिक सचेतनासँगै ट्राफिक नियमलाई समेत कडाइ गर्दै लैजानुपर्ने भएकाले सो नियम प्रहरीका लागि मात्र नभई सडक प्रयोगकर्ता सबैका लागि भएकाले यसबारे जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।