योद्धा सामललाई प्रवासी मंच यूकेको सहयोग

योद्धा सामललाई प्रवासी मंच यूकेको सहयोग


13128977_10209645566957880_1543275092_oप्रवासी मंच यूके युके द्वारा विद्यार्थी आन्दोलनका बहुचर्चित नेता [योद्धा] बलराम समाल लाई रु. ५,९३,००० [पाँच लाख तिरानब्वे हजार -उपचारार्थ] आर्थिक सहयोग आज एक कार्क्रमको बीच हस्तान्तरण गरेको छ।

मानसिक रोगले सिकिस्त पूर्व अनेरास्ववियुका केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसका तत्कालीन स्ववियु सभापति समाल महोत्तरीको रामनगरस्थित आफ्नै निवासमा लामो समयदेखि विरामी भएर बसिरहेका छन् । निरङ्कुस पन्चायती शासन कालमा पन्चायती ब्यबस्थाविरुद्ध राजनैतिक परिवर्तनको पक्षमा सशक्त आवाज उठाएकै कारण तत्कालीन पञ्चायती सरकारले उनलाई निर्मम यातना दिएको थियो । त्यसकै असरले गर्दा उनी अहिले शारीरिक अशक्त तथा मानसिक बिरामी परेका छन् । समाललाई तत्कालीन सरकारले करेन्ट लगाउने, पैतालामा पिट्ने जस्ता अमानवीय यातनाकै कारण उनको यस्तो अवस्था भएको हो ।

13148099_10209645566637872_1499021877_oओएनएफ यूकेका अध्यक्ष रामशरणको बिषेश सक्रियतामा बलराम समालको उपचारार्थ मिलन घिमिरेको संयोजनमा सहयोग संकलन अभियान सन्चालन गरेको थियो । उक्त अभियानलाई ओएन एफ यूकेका अन्य पदाधिकारीहरु, सदस्यहरुबाट पहल भएको थियो। उक्त सङकलित रकम काठमाडौंमा एक कार्यक्रमबीच निज समालकी छोरी सुनगाभा समाल र निजको उपचारार्थ गठित समिति का संयोजक एमाले केन्द्रीय सदस्य एवं बुद्दीजीबी बिभाग प्रमुख टंक कार्कीलाई काठमाडौंमा एक कार्यक्रम बीच हस्तान्तरण गरियो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज कमरेड राम कुमारी झाँक्री नेकपा एमालेका उप महासचिब घनश्याम भुसाल, नेकपा एमाले पोल्टब्यूरो सदस्य बेदुराम भुसाल, ओएनएफ यूकेका उपाध्यक्ष रामजी बराललगायतको उपस्थिति थियोे।

13120896_10209645566917879_1048668511_oसमाल चर्चित विद्यार्थी नेता भएको बेला अनेरास्ववियुका केन्द्रीय अध्यक्ष रहेका एमालेका केन्द्रीय सदस्य टंक कार्कीले समालको उपचारार्थ शुरु गरेका अभियानलाई ओएनएफ यूकेले साथ दिएको छ । सो समारोहमा संकलित रकम हस्तान्तरण गर्दै यूरोप ईन्चार्ज राम कुमारी झांक्रीले प्रवासी नेपाली मंच यूकेले बिगत २ बर्षमा गरेको सकारात्मक कामहरू -शान्ता चौधरी बचाउ अभियानस ताप्लेजुड्ग आगोलागी पीडित सहयोग, कमलरी अनाथ बालबालीका सहयोग एवम् गत बर्षको महा भूकप्ममा मंचले खेलेको सराहनीय भूमिकाको प्रशंसा गरिन् भने उपमहाचिव भुसालले पार्टी र क्रान्तिमा समाहित हुंदा आफ्नै जीवन करिब समाप्तीको नजिक पुगेका योद्धालाई राज्यले समेत सम्मान र सहयोग पुर्याउन पर्ने धारणा राखे । यसबारे पार्टी केन्द्रमा कुरा राख्ने बचनबद्दता समेत जाहेर गरे । ओएन एफ यूकेले समाल लाई आर्थिक सहयोग साथै यनको शीभ्र स्वास्थ लाभको कामना समेत गरेको छ ।