महिला खेलाडी पलायन-पथमा-श्रीविक्रम भण्डारी

महिला खेलाडी पलायन-पथमा-श्रीविक्रम भण्डारी


नेपाली खेलकुदमा महिलाको उपस्थिति नगन्य छ । खेलकुदको नीति अस्पष्ट हुनु र जिम्मेवार खेलकुद पदाधिकारीहरूको अदूरदरि्शताले गर्दा यस्तो स्थितिको सिर्जना भएको हो । समाजको परम्परागत हतकडीलाई चुँडालेर खेलकुदमा होमिएका महिला खेलाडीको चर्चा गर्दा नाक खुम्च्याउने अवस्था छ । र पनि, खेलभावनाले ओतप्रोत भएका खेलाडी आफ्नो जीवनलाई दाउमा लगाउँदै खेलकुदमा होमिएका छन् । जुन नेपाली खेलकुदका लागि सकारात्मक पाटो बनेको छ । विभिन्न खेललाई आत्मसात् गरेर खेलकुदमा आफ्नो भाग्य अजमाइरहेका महिला खेलाडीप्रति खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले भने आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन । चाहिने बेलामा घोडाको जस्तै व्यवहार गर्दै आएको परिषद्ले महिला खेलाडीलाई खेलकुदमा आउने ढोका खोल्नुको साटो उल्टो व्यवहार गर्दै आएको कसैबाट छिपेको छैन ।
खेलकुद परिषद्को यस्तै गैरजिम्मेवारीले गर्दा अहिले विभिन्न खेलमा महिलाकोे सहभागिता शून्य रहेको छ । भविष्यको कुनै ग्यारेन्टी नहुँदा पनि मुलुकका लागि रगत-पसिना बगाइरहेका महिला खेलाडीको अवस्था अहिले पनि नाजुक छ । उनीहरूले खेलकुदलाई आत्मसात् गर्ने कुनै उपाय नै पत्ता लगाउन सकेका छैनन् । खेलकुद उनीहरूको अभिन्न अङ्ग बन्दा पनि खेलकुदमा रमाउने चाहना पलाउन सकेको छैन । समाजलाई चुनौती दिँदै मुलुकको झन्डालाई अन्तराष्ट्रमा फैलाउने उनीहरूको सपनामा सम्बन्धित निकायले कुठाराघात गरिदिएको छ । जुन महिला खेलाडीका लागि दर्ुभाग्य भएको छ । खेलकुदमा आउन चाहने महिला खेलाडीका लागि तगारो बनेको छ । खेलकुदको यस्तो ताल देखेर कतिपय चर्चित खेलाडीले खेलकुदलाई सदाका लागि अलबिदा भनिसकेका छन् भने कतिपय भन्ने तरखरमा लागेका छन् ।
विश्व खेलजगत्मा महिला खेलाडीले देखाएको उर्लंदो सहभागितालाई आत्मसात् गर्दै पछिल्लो समयमा नेपालमा पनि महिला खेलाडीले आफ्नो भाग्य अजमाउन खेलकुदमा हाम फालेका थिए । विभिन्न खेलमा हाम फालेका ती खेलाडीले सीमित साधन र स्रोतका बाबजुद पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आफ्नो सुनौलो ढोका बनाएका महिला खेलाडीको उपस्थितिले त्यसबेला खेलकुद नै हराभरा बन्न पुगेको थियो । एथलेटिक्स, भारोत्तोलन, बक्सिङ र मार्सलआट्रस्जस्ता पावर गेमहरूमा समेत आफ्नो सहभागिता दिएर महिला खेलाडीले उल्लेख्य योगदान दिएका थिए । राष्ट्रिय प्रतियोगितामा कति खेलाडी सफल भए कति असफल त्यो आफ्नो ठाउँमा भए पनि खेल सकिएपछि परिषद्को नजरबाट सबै ओझेल भएका थिए । परिषद्ले जित्ने खेलाडीको पनि मूल्याङ्कन गर्न सकेन भने हार्नेलाई त गर्ने कुरै भएन । महिला खेलाडीको खडेरी परेको ठाउँमा खेलाडीको बाढी आउँदा पनि परिषद्ले प्रतिभावान खेलाडीलाई समेट्न नसक्नु लाजमर्दो कुरो बनेको छ । वषौर्ंदेखि खेलाडीको भावनासँग खेल्दै आएको खेलकुद परिषद्ले महिला खेलाडीमाथि पनि ‘उही खेतकी मुली’को संज्ञा दिन कुनै कसर बाँकी राखेको थिएन ।
नेपाली खेलकुदमा महिला खेलाडीको दयनीय अवस्था हुँदाहुँदै पनि कतिपय खेलका खेलाडीले अहिले पनि खेलकुदमा आफ्नो भविष्य खोजिरहेका छन् । औंलामा गन्न सकिने महिला खेलाडीले आफ्नो गन्तव्य भेट्टाउन सके पनि अन्यले आफ्नो कसरत जारी राखेका छन् । उनीहरूले खेलकुदमा सफलता प्राप्त गर्न सक्छन् या सक्तैनन् त्यो आफ्नो ठाउँमा भए पनि उनीहरूले मिहिनेत गर्न भने छाडेका छैनन् । सामूहिक खेलभन्दा एकल खेलमा सफलता हासिल गरिरहेका महिला अहिले आफ्नो आधार पनि यस्तै खेललाई बनाइरहेका छन् । विभिन्न खेलमा महिलाले आफ्नो भाग्य अजमाए पनि अहिलेसम्म मार्सलआट्रस्, एथलेटिक्समा सुटिङ र टेबुलटेनिसमा मात्र अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सफल भएका छन् । संगीना वैद्य, सविता राजभण्डारी, कान्छीमाया कोजु, आयशा शाक्य, मनिता श्रेष्ठ, विनिता महर्जन, विना खड्का, विमला श्रेष्ठ, सिजरिन शाह, गीता क्षेत्री, अनिता श्रेष्ठ, चन्द्रा भण्डारी, कान्छीमाया कोजु यसका उदाहरण हुन् ।
यी खेलाडीहरूले मुलुकका लागि रगत-पसिना बगाए पनि आखिर पाए के त – भन्दा निरासाबाहेक केही छैन । केही महिला खेलाडीले सोचेभन्दा बढी सफलता पाए पनि राज्य र सम्बन्धित निकाय राखेपको गैरजिम्मेवारीले उनीहरूको सफलता ओझेलमा परेको थियो । फलस्वरूप मुलुकको छातीमा अझ तक्मा झुन्ड्याउने चाहना हँुदाहुँदै पनि उनीहरूले विदेश पलायन हुनुपरेको बाध्यतालाई कसैले बिर्सेका छैनन् । तेक्वान्दोकी सविता राजभण्डारी जसले एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पहिलोपटक रजत पदक दिलाएर ऐतिहासिक सफलता दिलाए पनि राष्ट्रले उनका लागि केही गर्न नसकेको यथार्थ हाम्रोेसामु छ । अन्त्यमा सविताले बाध्य भएर खेलकुदलाई बाइबाइ गर्नुपरेको तीतो सत्य कसैले बिर्सेका छैनन् । अन्तर्राष्ट्रियस्तरका खेलाडीसमेत खेलेर जीवन धान्न नसक्ने भएपछि उनीहरूले पलायनको बाटो रोज्नुपरेको थियो । नेपाली खेलकुदको यस्तो यथार्थ जान्दाजान्दै पनि अहिले पनि खेलकुदमा महिलाको सहभागिता बढ्नु सकारात्मक पाटो भए पनि सम्बन्धित निकायको उनीहरूप्रतिको व्यवहार नकारात्मक रहनु विडम्बनाको विषय बनेको छ ।
यसरी दक्षिण एसियालीदेखि लिएर एसियाली प्रतियोगितामा समेत सफलताकको झन्डा गाडिसकेका र ओलम्पिक प्रतियोगितामा समेत सहभागिता जनाइसकेका नेपाली महिला खेलाडीको विश्लेषण गर्दा अहिले पनि उनीहरूको हालत ज्युँका त्युँ छ । माथि उल्लेखित प्रतियोगितामा महिलाले मुलुकलाई पदक दिलाउन सक्ने प्रबल सम्भावना हुँदाहुँदै पनि राखेपले महिला खेलाडीलाई प्रोत्साहन गर्ने खालको कुनै कार्यक्रम अहिलेसम्म ल्याउन सकेको छैन । हालै बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा महिला खेलाडी प्रदर्शन निकै उत्साहजनक रहेको थियोे । महिला खेलाडी विभिन्न खेलमा स्वर्ण, रजत र कास्य पदक जित्न सफल भएका थिए । अझ महिला फुटबल खेलाडीले गरेको ऐतिहासिक प्रदर्शनलाई बिर्सन सकिँदैन । उनीहरूले पहिलो सहभागितामा नै रजत पदक जितेर आफ्नो सम्भावनालाई बलियो पारेका थिए । यसरी हरेक खेलमा महिला खेलाडीले पदक जित्दा र भविष्यमा जित्न सक्ने सम्भावना हँुदाहुँदै पनि राखेप किन कानमा तेल हालेर बसेको छ- त्यो विडम्बनाको विषय बनेको छ ।

खेलाडीमाथि यौनशोषण
भारतीय महिला हकीलाई शिखरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने मुख्य प्रशिक्षक महाराज किसन कौशिकमाथि महिला खेलाडीमाथि यौनशोषण गरेको आरोप लागेको छ । मुख्य प्रशिक्षक कौशिकमाथि उनकै प्रशिक्षणमा रहेकी एक खेलाडीले उक्त आरोप लगाएकी हुन् । नाम गोप्य राखिएकी ती खेलाडीले कौशिकले आफूलाई पटक-पटक यौन दुर्व्यवहार गरेको उजुरी हकी सङ्घमा दिएकी थिइन् । यसपछि हकी सङ्घले कौशिकलाई प्रशिक्षकको पदबाट हटाएको थियो । कौशिक विगत १५ वर्षदेखि भारतीय महिला हकी टिमको प्रशिक्षकमा कार्यरत थिए । निकै स्वच्छ छविका कौशिकमाथि लागेको यौन दुर्व्यहारको आरोप पहिलो हो । कौशिकले आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै यो सबै राष्ट्रिय टिममा नपरेका महिला खेलाडीले चलेको चाल हो भनेका छन् । उनले आफूमाथि लागेको आरोपलाई जाँच समितिलाई प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । आफूमाथि यौनसम्पर्क राख्नेजस्तो संगीन आरोप लागेकोले यदि निर्दोष सावित भए पनि आफूले कहिल्यैै महिला हकी टिमको प्रश्ािक्षण नसम्हाल्ने कौशिकले बताएका छन् । कौशिकमाथि लागेको आरोपप्रति भारतका चर्चित हकी खेलाडी र पदाधिकारीहरूले आपत्ति प्रकट गरेका छन् । ती खेलाडी तथा पदाधिकारीले कौशिक चरित्रवान प्रशिक्षक भएका र उनले यस्तो हरकत कहिल्यै गर्न नसक्ने दाबी गरेका छन् ।

लिङ्ग परीक्षण सफल
कास्टर सेमेन्या महिला सावित
श्ाारीरिक बनावट र आवाजले गर्दा विवादमा तानिएकी दक्षिण अफि्रकाकी एथलेटिक्स खेलाडी कास्टर सेमेन्यालाई गत साता अन्तर्राट्रिय एथलेटिक्स महासङ्घले सफाइ दिएको छ । विश्व एथलेटिक्स च्याम्पियनसिपमा १९ वर्षीया सेमेन्याले तीव्र गतिमा दौडँदै स्वर्ण पदक जितेपछि उनी लिङ्गको विवादमा तानिएकी थिइन् । प्रतिस्पर्धी खेलाडीले सेमेन्या महिला नभई पुरुष भएको आरोप लगाउँदै उनको लिङ्ग परीक्षण गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घमा उजुरी हालेका थिए । सो कुरालाई मध्यनजर राख्दै आईएएएफले उनको लिङ्ग परीक्षण गर्ने आदेश दिएकोे थियो । सेमेन्याले उक्त कुराको प्रतिवाद गर्दै आफूले लिङ्ग परीक्षण नगर्ने अडान लिएकी थिइन् । सेमेन्याले आफू महिला भएको र महिलाले महिला भनाउन परीक्षण गर्नु नपर्ने दाबी गरेकी थिइन् ।
यसपछि सेमेन्याको लिङ्ग-विवादले विश्व खेलकुद जगत्लाई नै तताएको थियो । दक्षिण अफि्रकाको सरकारले सेमेन्याको समर्थन गर्दै उनी महिला भएको भन्दै अन्तर्राष्ट्रिय एथलेटिक्स सङ्घको आलोचना गरेको थियो । सेमेन्याका आमा-बुबाले समेत उनी महिला भएको बताए पनि आईएएएफ आफ्नो अडानमा कायम रहेको थियो । दिन प्रतिदिन समस्या गम्भीर बन्दै गएपछि आफ्नी चेलीलाई बचाउन दक्षिण अफि्रकाका पूर्वराष्ट्रपति तथा राष्ट्रपिता नेल्सल मन्डेलाले समेत सेमेन्या महिला भएको कुरा राख्नुपरेको थियो । यत्रतत्र सर्वत्रबाट विरोध र दबाब भए पनि अन्तर्राष्ट्रिय एथलेटिक्स सङ्घले सेमेन्याको लिङ्ग परीक्षण गर्न सफल भएको थियो ।
परीक्षण सफल भएपछि महासङ्घले सेमेन्यालाई हालै महिलाको रूपबाट सम्पूर्ण एथलेटिक्स प्रतियोगिताहरूमा भाग लिन अनुमति दिएको छ । सेमेन्याले ८०० मिटर दौड सर्वाधिक छिटो दौडेर विश्वकीर्तिमानसँगै स्वर्ण पदक जितेकी थिइन् । महासङ्घले अनुमति दिएपछि सेमेन्याले निकट भविष्यमा भारतको राजधानी दिल्लीमा आयोजना हुने कमनवेल्थ गेममा सहभागिता जनाउने भएकी छिन् । अहिले सेमेन्या कमनवेल्थको तयारीका लागि प्रशिक्षणमा जुटेकी छिन् । लिङ्ग पहिचानको परीक्षणमा सफल भएपछि निकै प्रसन्न मुद्रामा देखिएकी सेमेन्याले आफूले अहिले निकै राहतको महसुस गरेको बताउँदै आईएएएफलाई धन्यवाद दिएकी थिइन् । सेमेन्याले आफूलाई महिला भएको पूर्ण विश्वास भएको बताउँदै विशेषज्ञहरूले सही निर्णय गरेको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय एथलेटिक्स सङ्घलेे सन् २००९ को सम्पूर्ण विवादलाई समाप्त पार्दै सेमेन्यालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अनुमति दिएको थियो । विश्व च्याम्पियनसिपमा विजयसँगै विवादमा परेकी सेमेन्याले विगत डेढ वर्ष निराशामा बिताउनुपरे पनि अहिले उनको जीवनमा खुसियाली छाएको छ । महासङ्घको निर्णय सकारात्मक आएपछि उनले आफू निकै रोमाञ्चित बनेको बताएकी छिन् । उनले आफूले पहिलेको विवादलाई बिरि्सएर एथलेटिक्सका प्रतिस्पर्धामा भाग लिने बताइन् ।

रेचेलले यौन सम्बन्धको खुलासा गर्ने
विश्वचर्चित गल्फ खेलाडी टाइगर उड पुन: विवादमा पर्ने सङ्केत देखिएको छ । उडकी पहिली प्रेमिका रेचेल उचिलेटले उड र आफ्नो प्रेम सम्बन्धको बारेमा एक अमेरिकी टेलिभिजनको रियालिटी शोमा सम्पूर्ण कुरा बताउने जानकारी दिएकी छिन् । रेचेलले उडसँग बिताएको ६ महिनाको गोप्य सम्बन्धको बारेमा खुलासा गर्ने बताएकी छिन् । उक्त सनसनीपूर्ण खुलासामा रेचेलले प्रेमपछिको पीडाको बारेमा पनि बोल्ने कार्यक्रम रहेको प्रस्तोता डि्रयुले बताएका छन् । एक नाइट क्लबमा होस्टेजको काम गर्ने युवती रेचेललाई उडले कहाँबाट कहाँ पुर्‍याएर छाडे त्यसको बारेमा विस्तृत जनकारी दिने डि्रयुले बताएका छन् ।
डि्रयले टाइगर उडसँग यौनसम्पर्क राख्ने १९ महिलामध्ये रेचेल पहिलो भएको र रेचेलले नै उडसँग आफ्नो प्रेम सम्बन्धको बारेमा पहिलोपटक खुलासा गरेकी थिइन् । जसलाई टाइगर उडले पनि स्वीकार गरेका थिए । रेचेलले उक्त बयान दिएपछि उडकी पत्नी एलिन नार्डर्ेेेन, परिवार र प्रशंसकसँग माफी मागेका थिए । उडसँग प्रेम सम्बन्ध विच्छेद भएपछि रेचेलले आफू मानसिक रोगी भएको खुलासा गरेकी छिन् । पागल प्रेमले गर्दा कैयौँ रात नसुतेर बिताएको पनि बताएकी छिन् । रेचेलले आफूलाई निद आउन छाडेपछि न्रि्रा लाग्ने औषधि खाएर ६ महिना बिताएको कुरा कार्यक्रममा बताएकी छिन् । ६ महिना न्रि्राको औषधि खाँदा आफू एडिक भएको पनि बताएकी छिन् । अहिले यो आदतबाट छुटकारा पाएको सुनाउँदै टाइगरको प्रेमले आफूलाई घर न घाटको बनाएको रहस्य खोलेकी छिन् । रेचेलले उडले अन्य युवतीसँग यौन सम्बन्ध राखे पनि आफूलाई असाध्य माया गर्ने बताएकी छिन् । आफ्नो जीवनको अतीतको पाटो भइसक्दा पनि आफूले टाइगरलाई अहिलेसम्म बिर्सन नसकेको र कहिल्यै बिर्सन नसक्ने उक्त कार्यक्रममा बताएकी छिन् ।
उडले यौन सम्बन्ध राखेका १९ युवतीमध्ये केही समय पहिले अमेरिकामा एउटा रमाइलो प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको नाम थियो ‘टाइगरको प्रेमिका बन्न कसलाई सुहाउला’ – उक्त प्रतियोगितामा रेचेलले सर्वाधिक मत पाएर टाइगरकी प्रेमिका बन्ने अवसर पाएकी थिइन् । स्वप्नसुन्दरी रेचेललाई उडले नाइट क्लबमा भेट्ने क्रममा यौन सम्बन्ध राखेका थिए । ६ महिना लामो उड र रेचेलको यौन सम्बन्ध पछि प्रेममा बदलिएको थियो । यो सम्बन्धको बारेमा रेचेलले पर्दाफास गरेपछि उड विवादमा तानिएका थिए भने त्यसपछि अन्य युवतीले मौकामा चौका हान्ने क्रममा उडले आफूसँग पनि यौन सम्बन्ध राखेको खुलासा गरेका थिए । यही सम्बन्धका कारणले अहिले उडको वैवाहिक जीवन सङ्कटमा परेको छ । उडले अहिलेसम्म आफ्नी पत्नी एलिनलाई मनाउन सकेका छैनन् । एलिन घर छाडेर छुट्टै बसेकी छिन् ।
यही घटनाबाट लामो समयसम्म गल्फ खेलबाट टाढा रहेका उड गत साता गल्फ कोर्समा उत्रिएका थिए । वर्तमान अवस्थामा पनि गल्फको विश्व वरियता क्रममा नम्बर एक रहेका उडले हालै बेलायतमा भएको महत्त्वपूर्ण प्रतियोगिता सहभागिता जनाएका थिए । विवादमा होमिएपछि पहिलोपटक महत्त्वपूर्ण प्रतियोगितामा उत्रिएका उडले उक्त प्रतियोगितामा कुनै चमत्कार देखाउन सकेनन् । उडको वापसीका लागि निकै महत्त्वपूर्ण मानिएको गल्फ प्रतियोगितामा उनले निराशाजनक प्रदर्शन गरेका थिए । उनी टप ट्वान्टीमा पर्नसमेत असफल रहेका थिए ।
– सम्पन्नता शाह