एमाले नेताको अख्तियारमा बयान

एमाले नेताको अख्तियारमा बयान


rajendra pandey
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा ल्याइएका व्यक्तिहरूको बयान लिनेक्रम केही अघिदेखि सुरु भएको छ । यसक्रममा एमालेका नेता एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भएर बयान दिनुभएको छ । उहाँका सहोदर भाइ एमाले नेता एवम् पूर्वमन्त्री सुरेन्द्रप्रसाद पाण्डेलाई पनि बयानका लागि बोलाइएको अख्तियारको एक सूत्रले जानकारी दिएको छ । उहाँहरूले भरेको तेह्रपाने फाराममा उल्लेख गरिएको सम्पत्ति विवरणभन्दा फरक विवरण अख्तियारले अनुसन्धानको क्रममा फेला पारेकोले बयानका लागि बोलाउनुपरेको बताइएको छ ।