लन्डन दूतावासमा भूकम्पको स्मरण गर्दै सहयोगीप्रति आभार प्रकट

लन्डन दूतावासमा भूकम्पको स्मरण गर्दै सहयोगीप्रति आभार प्रकट


IMG_0865Embasyलन्डन, गत वर्ष नेपालमा गएको विनासकारी भूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार जनाले ज्यान गुमाएका थिए भने करीब २३ हजारभन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हुन त एक वर्ष बितिसक्दा पनि भूकम्प पीडितहरुले कुनै परिवर्तनको महशुस गर्न सकेका छैनन् । जुन कुरा अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि चासोको विषय बनिरहेकोछ । तर भूकम्पपश्चात् भूकम्प पीडितहरुका लागि अन्तर्राष्ट्रिय सहयोग र प्रवासमा बस्ने नेपालीहरुको योगदानमा भने कुनै कमी आएन । यिनै सहयोग र सद्भावलाई मध्य नजर गर्दै लन्डनस्थित नेपाली दूतावासले २५ अप्रिलका दिन नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष पूरा भएको अवसर पारेर एक श्रद्दान्जली कार्यक्रम गरेकोछ ।
IMG_0850Embasyकेन्जिङटन एण्ड चेल्सी मेयर काउन्सिलर रोबर्ट फ्रिम्यानको अनुरोधमा बेलायती कुटनीतिज्ञ तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागीतामा एक मिनेट मौन धारण गर्दै भूकम्पको क्षतिबारे स्मरण गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपालमा गएको महाभूकम्पमा बेलायतले पुर्याएको सहयोगको सराहना गर्दै सहयोग पुर्याउने सबैलाई नेपाल सरकार र नेपाली दूतावास लण्डनको तर्फबाट आभार प्रकट गरेका थिए । साथै विभिन्न कारणले गर्दा पुननिर्माण कार्य चुनौतिपूर्ण रहेको र ढिलासुस्ती गएको र प्रधानमन्त्री केपी ओलीले यस कार्यलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन जोडतोडका साथ लागि परेको बताएका थिए। उद्दार कार्यमा प्रत्यक्ष्य भूमिका निभाउने उद्दारकर्ता, स्वयंसेवक तथा दाताहरुलाई विशेष धन्यबाद र आभार प्रकट गरेका थिए ।
IMG_0857Embasyदुतावासका अट्याची तेजेन्द्र रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्षहरु कुल आचार्य, सूर्य गुरुङ, नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीबी ढकाल, गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्वआर्दश पण्डित, तमूधी पूर्व अध्यक्ष कमल गुरुङ, लगायतको उपस्थिति थियो । विदेश मन्त्रालयका दक्षिण एसिया निर्देशक ओवेन जेन्किन्सले दिवंगतहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भूकम्पपछि बेलायती जनताले स्वतस्फूर्त डिइसीमार्फत झण्डै ८५ मिलियन पाउण्ड संकलन गरेको र बेलायत सरकारले करीब ७० मिलियन पाउण्ड सहयोग प्रतिवद्धता व्यक्त गरेकाले यसबाट बेलायत नेपाल सुमधुर सम्वन्ध अझ प्रष्टिएको बताए ।
IMG_0869Embasyकार्यक्रममा भूकम्प पीडितहरुको राहत कार्यक्रममा प्रत्यक्ष्य सहभागिता जनाएका डा. कपिल रिजाल र बेलायती च्यारिटी सारेड (SARAID) रिसर्च एण्ड रेस्क्यू असिष्टेन्ट इन डिजास्टर्सका रास्ट्रिय निर्देशक क्रिस हर्लेले उद्दार कार्यमा संलग्न रहँदाको भीडीयो स्लाइड प्रस्तुत गरेका थिए । त्यस्तैगरी दूतावासमा कार्यरत उर्मिला खड्काले नेपालमा भूकम्पका कारण भएको क्षतीलगायत पुननिर्माणसम्बन्धी सम्पूर्ण आंकडाको स्लाइड शो प्रदर्शन गरेकी थिईन् ।
IMG_0882Embasy
-नरेन्द्र बस्नेत