वैदेशिक रोजगारमा महिला कामदार नपठाइने

वैदेशिक रोजगारमा महिला कामदार नपठाइने


Dipak Bohora
श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् । ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ विषयमा आज श्रम मन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले वैदेशिक रोजगारीमा जानुअघि महिला कामदारको सुरक्षाको पूर्वसुनिश्चितता नभएसम्म ह्वारह्वार्ती पठाउने काम आपू मन्त्रीको जिम्मेवारीमा रहँदासम्म नहुने प्रतिबद्धता जनाए ।

हरेक दिन वैदेशिक रोजगारीमा रहेका महिला विदेशमा अलपत्र परेको, शारीरिक यातना पाएको, पारिश्रमिक नपाएकोजस्ता कुरा सुनिने गरेको भन्दै उनले ठोस मापदण्ड बनाएर मात्रै महिला कामदार पठाइने प्रस्ट्याए ।

सो कार्यक्रममा श्रम मन्त्रालयका सचिव विष्णु लम्सालले अहिले वैदेशिक रोजगारी हो कि मानव तस्करी हो छुट्याउनै गाह्रो पर्ने गतिविधि भइरहेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको औंल्याए भने परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले संस्थागत श्रम स्वीकृति खुला गरिए पनि व्यक्तिगत श्रम स्वीकृतिबाट महिलालाई वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द गरिनुपर्ने सुझाव दिए ।

यस्तै्र, महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अहिले विभिन्न मुलुकमा अलपत्र परेका महिला कामदारको पहिले उद्धार गरेर मात्रै थप कामदार पठाउनेबारे निर्णय लिइनुपर्ने जिकीर गरे ।
Dipak Bohora 2