भाटभटेनी सुपर मार्केट धरानमा

भाटभटेनी सुपर मार्केट धरानमा


bha

धरान । काठमाडौं र पोखराको व्यापक सफलतापछि भाट–भटेनी सुपर मार्केटको ११ औं शाखा शनिबारदेखि धरानमा सञ्चालनमा आएको छ । सुपर मार्केटका अध्यक्ष तथा निर्देशक मीनबहादुर गुरुङ तथा उनकी धर्मपत्नी सावित्री गुरुङले धुपबत्ती बालेर विधिपूर्वक पुजा गरी आरम्भ गरिएको यस सुपरमार्केट धरान–१० स्थित पुतलीलाइनमा ४ कठ्ठा ६ धुर जग्गामा अवस्थित रहेको छ । कार पार्किङसहित यस प्रकारको आधुनिक सुपरमार्केट भाटभटेनी धरानमै पहिलो हो ।

५१ करोड लगानीमा सञ्चालनमा आएको बताइएको यस सुपर मार्केटमा दैनिक उपभोग्य सामग्रीसहित किचन वेयर, रेडिमेट, लत्ताकपडा (सारी, कुर्था), चप्पल, जुत्ता इलेक्ट्रोनिक्स र कस्मेटिक्सका सामानहरु, ताजा फलफुलहरु, ग्रोसरी आईटम, श्रृंगार सामग्री, फर्निचरलगायत एक हजार स्वदेशी उत्पादन र दशौं हजार विदेशी ब्राण्डका सामग्रीसमेत एउटै छानोमुनि ग्राहकको रोजाईअनुसार खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

सामाजिक सेवामा समेत समर्पित रहेको यस सुपर मार्केटले सामाजिक उत्तरदायित्वअन्तर्गत नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्दै आएको कुरा निर्देशक गुरुङले उद्घाटन समारोहमा बताए । उनले अबको लडाई भनेको पूँजीको लडाई भएकोले व्यवसायिक युद्धमा सबै व्यवसायी लागिपर्न सुझावसमेत दिए ।

हाल यस सुपर मार्केटले नेपालका दुर्गम स्थानमा सामुदायिक विद्यालयबाट एसएसली पास गरेका दुईजना विद्यार्थीहरुलाई निःशुल्क एमबिबिएस पढाउने व्यवस्था समेत गर्दै आएको छ । ०४१ सालमा काठमाडौंको भाट–भटेनी (विष्णु–लक्ष्मी) मन्दिरको नाउँबाट ३५ हजार नगदद्वारा सुरु गरिएको यो सुपर मार्केट काठमाडौंमा मात्रै ९ वटा र राजधानीबाहिर पोखरामा एउटा अनि उपत्यकाबाहिर दोस्रो तथा एघारौं शाखाको रुपमा धरान रहेको छ ।
्वार्षिक ९ अर्ब रुपैयाँबराबर कारोबार हुने यस सुपर मार्केटमा प्रत्यक्ष रुपमा ५ हजारले रोजगारी पाउँदै आएका छन्, जसमा ९५ प्रतिशत महिला कार्मचारीहरु कार्यरत रहेका छन् । साथै सात शाखामा महिला मेनेजरको रुपमा कार्यरत छन् । छिट्टै चितवनमासमेत बाह्रौं शाखाको बिस्तार गरिने कुरा निर्देशक गुरुङले जानकारी दिए ।
bbbbb

– मनिता चामलिङ