जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प


Japan 3

दक्षिणपश्चिमी जापानमा चौबिस घण्टाको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पका कारण २९ जनाको ज्यान गएको छ । क्युसुमा ७.३ रिक्टर स्केलको भूकम्प गएपछि परेको असरका कारण जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाको उत्पादनसमेत तत्कालका लागि बन्द गरिएको समाचार छ ।

क्युसु क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ । भूकम्पले घरहरु भत्किनुका साथै कैयौं भौतिक क्षति पुगेको छ । जसका कारण यी दुई कम्पनीका साथै अरु उत्पादन क्षेत्र पनि शुक्रबारका लागि अस्थायी रुपमा बन्द गरिएको बताइएको छ ।

त्यसैगरी शुक्रबार प्राप्त समाचारमा ती क्षेत्रमा रहेका मित्सुबिसी, होन्डा र अरु बहुराष्ट्रय कम्पनीमा उत्पादनहरु पनि बन्द गरिएका बताइएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछिका पराकम्पहरुका आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य रहेको छ ।

जापानी भौगार्भिक विज्ञहरुले सोही कारण धेरै क्षति भएको जनाएका छन् । भूकम्पपछि मानवीय र अन्य क्षतिका विवरणहरु प्राप्त भइरहेका छन् ।
TOPSHOT-CORRECTION-JAPAN-EARTHQUAKE
यसैगरी म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाई छ ।

म्यानमारका अधिकारीहरुले चाहिँ बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापित्वदेखि ३९६ किलोमिटर उत्तरमा रहेको र १३५ किलोमिटर गहिराइमा परेको पनि अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ ।

सो भूकम्पका कारण म्यानमारका कैयौं भवन भत्किएका छन् । विशेषगरी प्यागोडा शैलीमा निर्मित देवालय एवम् भवनहरु यस भूकम्पको धक्काबाट भत्किएको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भुकम्प ७।१ रिक्टर स्केलको भएको जनाएको छ । यसको धक्काका कारण भाग्ने क्रममा चीन, म्यानमार र बङ्गलादेशमा पनि व्यक्तिहरु घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।

भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो ।

बिहीबारका सञ्चारमाध्यमहरुले भारतको पूर्वी आसाम राज्य र बङ्गलादेशको पश्चिमी भूभागमा भूकम्पको धक्का शक्तिशाली रुपमा महशुस गरिएको उल्लेख गरेका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले तिब्बतमा भूकम्पका कारण कडा धक्का महसुस गरिएको बताएको छ । तिब्बतमा करिब एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन जारी राखिएको अधिकारीहरले जनाएका छन् । तर बिहीबार बिहानसम्ममा भने कुनै मानवीय क्षतिको समाचार आएको छैन ।

विशेषगरी म्यानमारमा नागरिकले बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको उपलक्षमा बुधबार रमाइलो गरिरहेका बेला शक्तिशाली भूकम्पका कारण जनजिवन निकै प्रभावित भएको जनाइएको छ ।