राजधानीका ‘प्राइम’ स्थानमै प्रहरी बनेर ठगी

राजधानीका ‘प्राइम’ स्थानमै प्रहरी बनेर ठगी


‘हामी प्रहरी हौँ’ भन्दै राजधानीका प्राइम लोकेसन कलंकी, बानेश्वर, सामाखुसी, ठमेललगायतका स्थानमा रहेका मदिरा तथा खाद्य पसलहरूमा पुगी छापा मारेको नाटक गर्ने र केस मिलाइदिन्छौँ भन्दै रकम असुल्ने धन्दामा संलग्न ‘नक्कली प्रहरी’हरू नेपाल प्रहरीको फन्दामा परेका छन् । प्रहरीमा यससम्बन्धी सूचना आएपछि खोजतलासका क्रममा गुल्मी घर भई बागबजार बस्ने दिपक भन्ने टोपबहादुर कुँवर, काभ्रे घर भई गोंगबु बस्ने गोविन्द चौलागाइँ, प्युठान घर भई बागबजार बस्ने निमबहादुर कुँवर र विराटनगर घर भई किर्तिपुर बस्ने सुनिल चौधरी प्रहरी फन्दामा परेका हुन् । उनीहरू उल्लेखित स्थानमा ठगी गर्दै हिँडेको अवस्थामा दसीप्रमाणसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
Nakkli Police

अनुसन्धानबाट खुल्न आएका कुरा :

• क्यासिनोमा जाने लत लागे पछि दिपक भन्ने टोप बहादुर कुबँरले पाँच जनाको नक्कली प्रहरीको समुह बनाइ पैसा ठगि गर्ने योजना बनाएको ।

• सो समुहले का.जि. लाजिम्पाटको bottle cellars pvt. ltd. मदिरा पसलबाट अन्दाजी १ महिना अगाडी १२ बोटल BLACK LABEL खरिद गरेको ।

• यसै क्रममा सो समुहमा चोरको भुमिका गर्ने गोबिन्द चौलागाईले का.जि. ठमेलमा रहेको U & U Enterprises मा मिति २०७२।१२।६ गते सो १२ थान BLACK LABEL आफुलाई साथीले उपहार दिएको र आफुले उक्त BLACK LABEL प्रयोग नगर्ने भएकोले १२ थानको रु. ४,००० को दरले बिक्री गरी हिडेकोमा अं. ३ दिन पछी दिपक भन्ने टोप बहादुर कुँबर, निम बहादुर कुँबर लगायतका व्यक्तिहरु उक्त मदिरा पसलमा गई हामीहरु प्रहरी हौ सो बेचिएको BLACK LABEL चोरीको हो, त्यो चोरलाई हामिले पक्राउ गरेका छौ भनी पसलमा नाटकिय रुपमा छापा मारी १२ बोटल BLACK LABEL बरामद गरी लगेको ।

• त्यसपछि केस मिलाईदिन्छु भनी थप पैसाको लागी उक्त मदिरा पसलमा बारम्बार फोन गर्ने गरेको ।

• यसैगरी सामाखुशी Wine Center, पुरानो बानेश्वर र कलंकीका मदिरा पसलहरुमा पनी सोही शैली तथा अपराध कार्यबिधि अपनाई ठगी गर्दै हिँडेको।

• त्यस्तै चावहिल स्थित फुयाँल खाद्द तथा मसाला स्टोर संचालक मणिराम फुयाँलको अ. ४/५ बर्ष अगाडीको चोरीको केस मिलाईदिन्छु भनी रु. १ लाख लिएको ।

• सो समुहले क्यासिनोमा प्रबेश पाउनको लागी भारतिय निर्बाचन आयोगको तथा आयकर बिभागको नक्कली कार्ड बागबजारस्थित Graphic design भन्ने प्रेसमा सुनिल चौधरी लाई डिजाईन गर्न लगाएको ।

Puskar Khadka
यस्तै, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट ९ करोड कर्जा लिई पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रा.लि. नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेको अभियोगमा पुनरावेदन अदालत, पाटन ललितपुरबाट ०७१ वैशाख २९ को फैसलाले ३ वर्ष कैद र ९ करोड विगो भराई विगोबमोजिम जरिवाना तोकिएका काठमाडौ, गागलफेदी–५ का पुष्करराज खड्कालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालत पठाएको छ ।