दीक्षितलाई पाँच हजार जरिवाना !

दीक्षितलाई पाँच हजार जरिवाना !


कनकमणि दीक्षित
वार्षिक सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका पदाधिकारी र कर्मचारीलाई जनही पाँच हजार जरिवाना गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा वार्षिक सम्पत्ति विवरण नबुझाउने साझाका अध्यक्ष कनकमणि दीक्षितसहित पदाधिकारीहरु र कर्मचारी गरी २७ जनालाई जरिवाना गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५० र आयोगको ऐन, २०४८ बमोजिम सम्पत्ति विवरण नबुझाउने साझाका पदाधिकारी र कर्मचारीलाई जरिवाना गरिएको प्रवक्ता पुस्करको भनाइ छ । उनका अनुसार साझाका अध्यक्ष दीक्षितसहित पाँच जना, साझा यातायात सञ्चालक समितिका तीन जना, कार्यकारी अधिकृतसहित १९ जनालाई कारबाही गरिएको हो । साझा यातायातमा नेपाल सरकारको ७१.८२ प्रतिशत सेयर रहेको छ ।