विश्वभरका नेवार अमेरिकामा

विश्वभरका नेवार अमेरिकामा


विश्वभरका नेवारहरूको सम्मेलन अमेरिकामा हुने भएको छ । यही मार्च २५ देखि २७ तारिखसम्म अमेरिकाको बाल्टिमोरमा हुने दोस्रो वल्र्ड नेवा: कन्भेन्सनमा भाग लिन विश्वभर छरिएर रहेका नेवारहरू अमेरिकातर्फ प्रस्थान गरिरहेका छन् । नेपालबाट राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठसहित ३० जनाको टोली अमेरिका प्रस्थान गरेको छ । Rajaram Shrestha
प्राप्त जानकारीअनुसार विश्वभर छरिएर रहेका नेवारहरूले यस कन्भेन्सनमा आफ्नो भाषा, संस्कृति र पहिचानको विषयमा व्यापक छलफल गर्नेछन् । कार्यक्रममा नेपालमा भइरहेको राजनीतिक गतिविधिबारे पनि कुराकानी हुनेछ । मुलुकको राजनीतिमा नेवारको सहभागिता र भूमिकाको कुरा गर्दा नेपाल निर्माणको इतिहासमा नेवारको भूमिकाको पनि समीक्षा गरिनेछ । राप्रपा नेपालका प्रवक्ता तथा पूर्वमेयर राजाराम श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिवेशबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम वल्र्ड नेवा: अर्गनाइजेसनले आयोजना गर्न लागेको हो । यसअघि विश्व नेवा: कन्भेन्सन सन् २०११ मा बेलायतको लन्डनमा भएको थियो । यस कन्भेन्सनले नेतृत्वसमेत चयन गर्ने बुझिएको छ ।