अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यूकेमा हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यूकेमा हुँदै


लण्डन । अनेसास यूके च्याप्टरले भर्खरै सार्जनिक गरेको प्रेस विज्ञप्तिमा आगामी अगष्ट २६, २७ र २८ तारिख, नेपाली भाषा, साहित्यसम्वन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको सम्मेलन गरिने जानकारी दिइएको छ । मातृभूमि र सिंगो नेपाली वाङमयको उत्थानको लागि यूकेमा सम्पन्न गरिन लागिएको उक्त सम्मेलनलाई यूकेबासी नेपाली र्सजकहरुलगायत साहित्यप्रेमीहरुले भरपुर सहयोग गर्ने अनेसास यूके च्याप्टरले विश्वास गरेको पनि बताइएको छ ।
सम्मेलन सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन, जनसम्पर्क, संचार तथा प्रकाशन, आर्थिक व्यवस्थापन, साहित्य गोष्ठी, साँस्कृतिक कार्यक्रम आदि उपसमितिहरु गत १० तारिख बसेको अनेसास यूकेको बैठकमा गरिएको जनाइएको छ । सो बैठकले जयालक्ष्मी राई प्रमुख संयोजक रहेको सम्मेलन समारोह समितिको प्रमुख सल्लाहकारमा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल र बोर्ड अफ ट्रष्टीका चेयरम्यान होमनाथ सुवेदीलाई चयन गरेको र सम्मेलनका लागि सल्लाहकारहरुमा बेलायतबाट प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट, डा. फौदराज थेवे, अमेरिकाबाट डा. श्याम कार्की, रोहिणी शर्मा, भारती गौतम, अफि्रकाबाट भीम उदास, जापानबाट दुबसु क्षेत्री र नेपालबाट प्रा. गोविन्दराज भट्टराई, प्रा. सुष्मा आचार्यलाई चयन गरेको सोही प्रेस विज्ञप्तिमा जनाइएको छ ।-देब, मेस