प्रश्रितजीको वक्तव्यले उब्जाएको प्रश्न

प्रश्रितजीको वक्तव्यले उब्जाएको प्रश्न


Ratnanidhi Regmi

:: रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ ::

गत चैत्र १ गते साहित्यकार श्री मोदनाथ प्रश्रितले होटेल हार्दिकमा एक पत्रकार सम्मेलन गरी लेखक ‘शारदा भुसाल मानसिक सन्तुलन गुमेकी युवती हुन र उनले हालै बजारमा ल्याएको धरातल नामक पुस्तक जफत गरियोस् भन्ने माग’ गर्नुभएको समाचार पढें । मैले मात्र होइन, धेरैले पढे हुन् । साथसाथै मञ्जरी प्रकाशनका तर्पmबाट कृष्ण अविरलद्वारा प्रेषित पत्र पनि फेसबुक मार्पmत् पढ्न पाइयो । नपढुँ भन्दा पनि क्रिया प्रतिक्रियाका वैरिने बढ्दो क्रमका कारण लेख्नैपर्ने बाध्यता आइप¥यो । कारण के भने श्री प्रश्रित नारी बन्धन र मुक्ति तथा देवासुर संग्रामका पनि लेखक भएकाले अर्को लेखकलाई अमन चयनले बस्न मिलेन । कुनै बखत हामी यी पुस्तकहरू हातले लेखेर र कहिले लिथो गरेर गाउँ गाउँमा पु¥याउने गथ्र्यौं, यहाँदेखि वनारसमा बस्दासम्म पनि मैले यी पुस्तकहरू धेरैप्रति हातले सारेर घरघर वितरण गरेको छु । कुनै बेला मलाई ‘प्रश्रितको मान्छे’ भन्ने गरियो । मजस्ता धेरै मानिसहरू श्री प्रश्रितका समर्थक थिए । तर अहिलेचाहिँ मलाई यी पुस्तकहरूमा लेखिएका कुराहरू मिथ्या लाग्छन् । यिनमा प्रमाणको कुनै गुञ्जायससम्म भेटिँदैनन् र यो उहाँको निजात्मक कुरा मात्र हुन्जस्तो लाग्छ । साहित्य भनेको मिथ्यारोप होइन । उहाँको मनेरादेखि मानवसम्म, भूत पे्रतका कुरामा पनि त्यस्तै अनपत्यारिला तर्कहरू छन् ।
modnath prasit
त्यसो त ‘तिम्रो मुकुटको हिँड्छु जुत्ता बनाई’…. लेख्ने प्रश्रितले फेरि राजा महेन्द्रको मूल्याङ्कन भएन भन्ने गुनासो पनि नगर्नुभएको होइन । महाकवि देवकोटालाई अस्थिर, ढुलमुले चरित्रका देख्ने प्रश्रितजी फेरि देवकोटा शताब्दीको अध्यक्ष भएर ऐरे गैरेलाई देवकोटा स्वर्ण पदक प्रदान गरेको धेरै भएको छैन । वैचारिक दृष्टिले पनि उहाँ कहिले राजावादी, कहिले गान्धीवादी र कहिले माक्र्सवादीका रूपमा आपूmलाई प्रस्तुत गर्दै आइरहनुभएको छ । उहाँका अधिकांश पुस्तकहरूमा केवल आरोप मात्र खडा गरिएका छन्, तर देश र समाजलाई जोड्ने संस्कृति त्यहाँभित्र पाइँदैन । मानव महाकाव्य स्वयं पनि विरोधाभासी महाकाव्य हो भन्न सकिन्छ । काव्यको नायक मोहनले बाहुनको जनै ५० टुक्रा पारेर टुपी तानेको कथा छ । यसले जातीय समन्वयभन्दा पनि द्वन्द्व मात्र खडा गर्नेछ । अहिले फेरि उहाँ पृथ्वीनारायण शाहको प्रशंसक पनि बन्नुभएको छ । कुनै बेला तिनै पृथ्वीनारायण शाहको उछितो काढेर लेख्नहुन्थ्यो । यसले गर्दा प्रश्रितजीको मूल्याङ्कन गर्न गा¥हो पर्छ, ता कि उहाँको पहिचान के हो ?

शारदा भुसालका जस्ता केस प्रसंगवश मैले धेरै सुनेको छु । बलात्कारका प्रसंगहरू अनादिदेखि चलिआएका छन् । रोक्ने कोसिस पनि नभएको होइन । रोकिएका पनि छैनन् । प्रथमतः बलात्कारको परिभाषा नै छैन । सबैलाई बलात्कार भन्ने एकथरिको मत छ भने राजिखुसी गरिएको यौन क्रियालाई पनि अरुले थाहा पाएपछि बलात्कार भनिएका घटना थुप्रै छन् । यहाँनिर शारदाजीले आपूm १३ वर्षकी मात्र थिएँ भनेर गरिएको जिकिरले झसंग बनाउँछ । मलाई लाग्छ यो घटनाले सोच्न बाध्य बनाउला तर न्याय दिने छैन । तर म यौनजन्य कुरालाई त्यति प्रथमिकतामा पनि राख्तिनँ । यी कुराहरू बिलकुल प्राकृतिक हुन् ।

सेक्सविनाको संसार कल्पनाबाहिरको कुरा हो । तर पनि सेक्सलाई समाजले अश्लील भन्छ र आफूचाहिँ सेक्समै चुर्लुम्म डुब्छ । तपाईं पशुपतिको दर्शन गर्न जानुभयो भने ढोकाभित्र पस्नेबित्तिकै साँढेको फल आफैतिर फर्किएको देख्नु हुनेछ । मन्दिरभित्र पस्नु भयो भने पार्वतीको योनिमा शिवजीको लिंग ठड्याइएको पाउनु हुनेछ । काठमाडौंका अधिकांश टुँडालहरूमा हेर्नु भयो भने त्यहाँ अश्लीलै अश्लील चित्रहरूले घेरिएको पाउनु हुनेछ । महाकवि कालिदासको कुमारसम्भव महाकाव्य पढ्नुभयो भने त्यहाँ यौनांगको पूर्ण चित्रण गरिएको भेट्टउनु हुनेछ । अझ ओशोका कतिपय कृतिहरू हेर्नुभयो भने यहाँ पनि सेक्ससम्बन्धी अचम्मका कुराहरू पाउनु हुनेछ । तर हामीले आफूलाई असर पर्ने अश्लील र नपर्नेलाई श्लील मानिरहेका छौं । प्रश्रितजीले पनि धरातल पुस्तकलाई अश्लील भन्नुभएको रहेछ । मैले पनि केही अंशहरू पढें, अलि कठोर शब्दहरू छन् । त्यसले पाठकलाई जब्बर बनाउन खोज्छ । तर प्रतिबन्धै लाउनु पर्नेचाहिँ होजस्तो मलाई लागेन । यस्तो कृतिका लागि पत्रकार सम्मेलनै गर्नुपर्ने पनि मैले देखिनँ । भुसालजीले शालीन शब्द प्रयोग गरेको भए राम्रै हुन्थ्यो जस्तो मलाई लागेको हो ।

भनिन्छ, उम्केको माछो ठूलो हुन्छ । कुरा २४ वर्षअघिको भएकाले त्यो सन्दर्भले अहिले कमै छोला । जुन कुरा कोट्याएर न त न्याय हुन्छ, न त अन्याय नै हुन छोड्छ । पीडकले न्यायालयमा मुद्दा नहालेसम्म कुनै पनि मानिसलाई अरुले कसुरदार भन्न पनि मिल्दैन । कानूनी राजमा अदालतले दोषी ठहराएपछि मात्र व्यक्ति दोषी ठहर्छ । बीचका कुरालाई बद्नाम (भलै पीडा परेकै होस्) गर्ने कुरा मात्र मान्न सकिने भएकाले लेखकले सावधानी राख्नुपर्ने हुन्छ । प्रकाशकले पनि प्रपोगण्डा मच्चाउन मात्रै पुस्तक प्रकाशन गर्नु हुँदैन, जे पनि छापेर हिँड्दा त्यसले भविष्यलाई राम्रो संकेत गर्दैन । पीडितले आफ्नै नातेदारको बेपर्वाहबाट आहत भएको बताउनुभएको छ । यस्तो किन भयो ? के आफ्नै आमा बाबुहरू सन्तानप्रति यति कठोर हुन सक्लान् ? मैले नबुझेको कुराचाहिँ त्यहीँनिर हो । शारदा भुसालको झासित विवाह भैसकेको र यहाँ त्यस कुराले पनि असर गर्न नसक्ने होइन । या त यो कृति पूर्वाग्रहका रूपमा पनि आएको हुनसक्नेमा शंका गर्ने ठाउँ पनि खडा गरिदिएको छ । जहाँसम्म मञ्जरी प्रकाशन र कृष्ण अविरलजीको प्रश्न छ उहाँ स्वयंलाई पनि विवादास्पद लेखकको रूपमा आम मानिसले चिन्दछन् । रक्तवीजका अधिकांश कुराहरू पत्याउन कठिनाई पर्दछ । नेपालको राजदरबार उहाँले उल्लेख गरेको जति तल्लोस्तरको त पक्कै होइन । दरबारले राजनीति गरेको चाहिँ पक्कै हो, तर देश विगारेको कुरा सत्य होइन । आजकाल मानिसहरू ज्यादा पारसको चर्चा गर्छन्, तर प्रचण्डपुत्रको यौन पिपासाको बयान गर्दैनन् । पारसका गतिविधिलाई वर्णन गरेर जीविका चलाउनेहरू धेरै छन् । प्रचण्डसित डराउँछन् । राजाहरू उदार भएकाले उनका परिवारको खिसी टिउरी गर्न मानिसहरू डराउँदैनन् ।
‘धरातल’
आखिर आत्मकथा भनेको व्यक्तिले भोगेका कुराहरूकै सँगालो मात्र हो । आत्म वृत्तान्त प्रायःजसो लेखकले उत्तराद्र्धतिर मात्र लेख्छन् । कृति लेख्दा परिपक्का पनि भइसकेका हुन्छन् । शारदाजीका २ वटा यहाँ त्रुटि पाइन्छन्, भलै तिनमा सत्यता किन नहोस् । त्रुटिका कारण नै अधिकांश मानिसले न्याय नपाएका पनि हुन् । त्रुटि भनेको देखाउने कुरा पनि होइन । जुन कुरा सावित गर्न सकिँदैन त्यो कुरा देखाउँदा त्यसले जीवनलाई कुप्रभाव पार्ने खतरा बढी हुन्छ । यहाँ देखाइएका कुराहरू सावित हुन्छन् भन्ने अवस्था देखिँदैन । केवल लेखन लेखनकै लागि मात्र भए त्यसले जीवन्तता नपाउन पनि सक्छ ।

यो कृति पढेपछि मलाई त्यस्तै लाग्यो । यहाँ मन्त्री शान्ता मानवीको चरित्र पनि गाँसिएको देखाइएको छ । कुनै बेला मानवीका कारण प्रश्रितजी पुष्पलाल समूहबाट अलग्गिनु परेको घटना पनि मैले सुनेको थिएँ । लुम्बिनी सन्देश र बुटवल क्याम्पसको प्रसंग पनि नसुनिएको होइन । तर सम्बन्धित मानिसले मलाई फलानोबाट पीडा भएको छ भनेर कानूनी उपचारको बाटोमा नलागेसम्म त्यस कुरामाथि विश्वास गर्ने आधार फेला पर्दैन । यसर्थ यी सबै कुराबाट म निरपेक्ष हुँदाहुँदै पनि आपूmले विश्वास गरेको लेखकसित सम्बन्धित भएर आएका विषयले मेरो ध्यान गएको हो । बलात्कार भनेको सामाजिक अपराध पनि हो । यस्तो गर्ने र सहने दुवै समाजका विरोधी हुन् । जब आपूmलाई परेको मर्का उसले कसैलाई भन्दैन भने ऊ स्वयं दोषी पनि हो । कानूनले १६ वर्षको हदम्याद तोकेको कारण पनि यही नै हो । १६ वर्षपछि पनि कसैले आपूmलाई परेको मर्का समाजलाई वा सरोकारवालालाई भन्दैन भने अरुले यसमा केही गर्न सक्दैन ।

अन्तमा, यो कृतिले कम्युनिष्ट चरित्रबारे सोच्न बाध्य बनाएको छ । कम्युनिष्टभित्र सेक्सका विषयहरू त्यति महत्वका त नहोलान्, यस्तो घटना अनगन्ती छन् । जसलाई ठाउँ दिनसमेत असम्भव हुन्छ । कुरा जे भए पनि पीडितले न्याय पाउनुपर्छ र पीडकले सजाय पाउनु पर्छ भन्ने मेरो मान्यता छ । यो विषयमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु । किमधिकम् ।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।