यसकारण गुहारे घिमिरेले मानव अधिकार आयोग

यसकारण गुहारे घिमिरेले मानव अधिकार आयोग


ghimire
बाँच्न र निर्वाध रुपमा हिडडुल गर्ने संवैधानिक अधिकारको संरक्षण एवं आवश्यक निर्देशनको माग गर्दै एक पीडितले मानव अधिकार आयोगसमक्ष निवेदन गरेका छन् । आफूमाथि सांघातिक आक्रमण गर्ने कसुरवारमाथि कुटपिट अंगभंगको कारवाही चलाउनुपर्नेमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सार्वजनिक अपराध हो भनी मुद्दा गरेकोले हरिनारायण घिमिरेले आफू घोर अन्यायमा परेको जिकीर गरेका छन् ।

‘मलाई सोध्दै नसोधी उपचारसँग सम्बन्धित कागजात नहेरीकन त्यस्तो सांघातिक अपराधलाई सामान्य सार्वजनिक अपराध हो भनी मुद्दा दायर गरियो,’ घिमिेरेले निवेदनमा उल्लेख गरेका छन् । जसकारण उपचारमा क्षति भएको करिव दुई लाख रुपैयाँ भराउ नहुने र अभियुक्तहरुलाई पक्रने र कानुनको दायरामा ल्याउने भन्दा उन्मुक्ति दिने कार्य भयो उनले भनेका छन् ।

पाँचथर, भारपा–४ निवासी घिमिरेलाई जग्गा–जमीन साँध–सँधियारको छलफलको क्रममा स्थानीय मानबहादुर हाङसरुम्बा र रामबहादुर हाङसरुम्बाले मंसिर १४ गतेका दिन अंगभंग हुने गरी कुटपिट गरेका थिए ।
jhapa
‘विपक्षीहरु म माथि आइलागी निर्घात कुटपिट गरी मेरो दायाँ कुमको हड्डी समेत भाँचि मलाई बेहोस पारी म¥यो भनी फालेकोमा केही समय पछि होसमा आई मेरा आफन्तहरुको सहयोगबाट जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचार गरेको,’ मानव अधिकार आयोगमा बुझाइएको निवेदनमा घिमिरेले भनेका छन् । त्यसपछि झापा, विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा भर्ना भई २० दिन उपचार गरेपछि बाँच्ने अवस्थामा पुगेको घिमिरेको भनाई छ ।

यी सब कारणबाट संविधान र कानुनले प्रत्याभूत गरेको अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएकोले सम्बन्धित व्यक्ति, निकाय उपर आवश्यक कारवाहीको माग गरेका छन् । शरिर सुध्रीनसेकेको र थप स्वास्थ्य उपचारका आर्थिक श्रोत नभएको समेत आयोग समक्ष निवेदन गरेका छन् । सम्बन्धित पक्षबाट बाँच्न पाउने र निर्वाध रुपमा हिँडडुल गर्न पाउने व्यक्तिगत स्वतन्त्रताको सम्मानका लागि निवेदन गरेका छन् ।