म्यानमारका नवनिर्वाचित राष्ट्रपति भन्छन्- ‘यो जित सुकीको’ !

म्यानमारका नवनिर्वाचित राष्ट्रपति भन्छन्- ‘यो जित सुकीको’ !


Htin-Kyaw-manmar-president
एजेन्सी । म्यानमारको नयाँ राष्ट्रपतिमा यहाँको नेशनल लिग फर डेमोक्र्यासीका एक वरिष्ठ नेता टिन च्यो बिजयीभएका छन् । आङ सान सु चीका अत्यन्त विश्वासपात्र व्यक्तिका रुपमा रहेका टिनलाई म्यानमारको संसदमा मङ्गलबार भएको गोप्य मतदानमा सर्वाधिक मत प्राप्त भएको हो ।

च्यो म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी भएका हुन् भने आगामी पाँच वर्षका लागि उनी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

आफू राष्ट्रपति निर्वाचित भएलगत्तै च्योले यो जित सुकीको भएको बताए । मङ्गलबार भएको निर्वाचनबाट आफू राष्ट्रपतिमा निर्वाचित भएपछिको उनको यो पहिलो प्रतिक्रिया थियो ।
Htin-Kyaw 2
उनले सम्वाददाताहरुसँग भने– यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ । आफूले सुकीको आज्ञापालकका रुपमा काम गर्ने पनि उनले उल्ल्ेख गरे ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार थिए । म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उनले नै च्योलाई अघि सारेकी हुन् ।