कांग्रेस नेतृत्वमा को-को छानिए ?

कांग्रेस नेतृत्वमा को-को छानिए ?


25 CCM

नेपाली कांग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएकामध्ये डा. शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याई विजयी हुनुभएको छ भने खुमबहादुर खड्का दुई मतले मात्र पछि पर्नुभएको छ ।

कोइरालाले एक हजार ८४८ मत प्राप्त गर्नुभएको छ भने खुमबहादुर खड्कालाई एक हजार ८४६ मत प्राप्त भएको छ । यस्तै, प्रकाशमान सिंह एक हजार ७९५, प्रदीप पौडेल एक हजार ७०९, कुलबहादुर गुरुङ एक हजार ७७३, प्रदीप गिरी एक हजार ७२५, धनराज गुरुङ एक हजार ६९७, बालकृष्ण खाँण एक हजार ७०४, रमेश लेखक एक हजार ६८९, पूर्णबहादुर खड्का एक हजार ६८६, महेश आचार्य एक हजार ६६९, बलबहादुर केसी एक हजार ६७४, विमलेन्द्र निधि एक हजार ६८० र डा रामशरण महत एक हजार ६११ मतसहित केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । यसैगरी सुजाता कोइराला एक हजार ६१९, विश्वप्रकाश शर्मा एक हजार ६२०, शङ्कर भण्डारी एक हजार ५४७, एनपी साउद एक हजार ५४७, बद्री पाण्डे एक हजार ४८५, गोपालमान श्रेष्ठ एक हजार ४९९, ज्ञानेन्द्रबहादुर कार्की एक हजार ५०२, डा प्रकाशशरण महत एक हजार ४९१, डा नारायण खड्का एक हजार ४६४, चन्द्र भण्डारी एक हजार ४९२, डा मीनेन्द्र रिजाल एक हजार ४२० मतसहित विजयी हुनुभएको छ ।

यसैगरी, अन्य विजयी उम्मेद्वारको सूचि यसप्रकार छ ।

महिला आरक्षण
डा. डिला संग्रौला – १५६४ (देउवा)
पुष्पा भुसाल – १२६७ (देउवा)
कमला पन्त – ११३० (पौडेल)
सरिता प्रसाइँ – ९८७ (पौडेल)
अम्विका वस्नेत – ९३७ (देउवा)
ईश्वरी न्यौपाने – ९३५ (देउवा)

आदिवासी जनजाति (आरक्षण खुला)
चीनकाजी श्रेष्ठ – ९४७ (पौडेल)
बहादुरसिं लामा – ७६७ (देउवा)
कल्याण गुरुङ – ७३४ (पौडेल)

आदिवासी जनजाती (आरक्षण-महिला)
सीता गुरुङ – १२७४ (देउवा)
रत्ना शेरचन – ८४६ (पौडेल)

दलित आरक्षण (खुला)
जीवन परियार – १४८२ (पौडेल)
मानबहादुर विक – १४०२ (देउवा)
मीन विक – १३१३ (देउवा)
दलित आरक्षण (महिला)
लक्ष्मी परियार – १५१९( देउवा)
सुजाता परियार – १५०२ (देउवा)

मुश्लिम (आरक्षण)
फर्मुल्लाह मन्सुर १२२२ (देउवा)

मधेशी आरक्षण (खुला)
रामकृष्ण यादव – १२०० (पौडेल)
अजय चौरसिया – १३४१ (देउवा)
महेन्द्र यादव – १२३६ (देउवा)

मधेशी आरक्षण (महिला)
किरण यादव – १३३६ (पौडेल)
पार्वती डिसी चौधरी – ११३० (देउवा)

प्रदेश नं १
गुरुराज घिमिरे
भिष्मराज आङ्दम्वे

प्रदेश नं २
आनन्दप्रसाद ढुंगाना
रमेश रिजाल

प्रदेश नं ३
नवीन्द्रराज जोशी
मोहनबहादुर बस्नेत

प्रदेश नं ४
गोविन्द भट्टराई
सुरेन्द्रराज पाण्डे

प्रदेश न. ५
दिपक गिरी
देवेन्द्रराज कँडेल

प्रदेश न. ६
हृदयराम थानी
जीवनबहादुर शाही

प्रदेश न. ७
दिलेन्द्रप्रसाद बडु
बीरबहादुर बलायर

फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । खुल्ला २५ सदस्यका लागि ९० जनाले उम्मेदवारी दिनुभएको थियो ।