बेलायतवासी नेपालीमाझ लोकप्रिय बन्दैछ सुजनको सुरिलो स्वर

बेलायतवासी नेपालीमाझ लोकप्रिय बन्दैछ सुजनको सुरिलो स्वर


sujan-21लन्डन, सन् १९९० मा डेभिड फल्स पोखरामा पिता शालिग्राम पराजुली र माता मैना पराजुलीको कोखबाट माइला सुपुत्रको रुपमा जन्मिएका सुजन पराजुली सानै उमेरदेखि गायन तथा उद्घोषण क्षेत्रमा रुची राख्ने गर्दथे । कक्षा ९ देखि नै रेडियोमा सलग्न भएका पराजुलीले नेपालमा संचालित पोखरा एफ एम, माछापुछ्रे एफ एम, रेडियो सराङ कोट र रेडियो बाराहीमा प्रशस्त अनुभव बटुलिसकेकाछन् । आफ्नो पढाइलाई निरंतरता दिने र विदेश जाने इच्छालाई पूरा गर्ने उद्देश्यले करिब ७ वर्षअघि आफ्नो जन्मभूमिलाई छाडेर उनी बेलायततिर प्रस्थान गरेका थिए ।

बेलायतमा आएर पनि उनले आफ्नो शोखको विषयलाई निरन्तरता दिनुका साथै उच्च शिक्षालगायत फुर्सदको समयमा गायन तथा मिडिया क्षेत्रमा पनि लागीपरे । बेलायतमा संचालित मिडियाहरु मेरो यूके डट कम, हाम्रो आवाज, डट कम, (डिजिटल पत्रिका ) मासमेत आफ्नो अनुभव बटुलिसकेका पराजुलीले लन्डनबाट संचालित अनलाइन रेडियो गोर्खा रेडियोमा पनि सहभागिता जनाउँदै आएकाछन् । रेडियो कार्यक्रम प्रोडक्सन, बिज्ञापन आदिमा राम्रो दख्खल राख्ने पराजुलीसँग यस क्षेत्रको लगभग १० वर्षको अनुभव रहेकोछ । उनी नेपाल पत्रकार महासंघ बेलायत शाखाका सदस्य समेत रहेकाछन् ।

सामाजिक कार्यमा पनि त्यत्तिकै चासो राख्ने सुजनले नेपालमा परेको विपदको लागि सहयोगस्वरूप थुप्रै कार्यक्रमहरुमा सहभागी भइसकेकाछन् । बेलायतमा हुने प्राय सबै सांगीतिक कार्यक्रमहरुमा उनको सहभागिता रहँदै आएकोछ । सुमधुर स्वर अनि कर्णप्रिय आवाजका धनी सुजनको स्टेज पर्फर्म्यांन्स पनि त्यत्तिकै जोडदार रहेको र दर्शकहरुलाई पनि मनोरन्जन दिलाउन सक्ने खुबी उनमा भएको मूल्यांकन प्राय दर्शक स्रोताहरुले गर्ने गरेकाछन् । नेपालबाट आउने सबै कलाकारहरुसँग मिलेर स्टेजमा पुग्न कहिल्यै पछि नपर्ने सुजन नेपाली कलाकारहरुको हकहितको लागिसमेत लड्दै आएकाछन् ।

sujan-18नेपालबाट आउने कलाकारहरुमाथि आयोजकहरुद्वारा गरिने अन्यायका बिरुद्ध खुलेर विरोध गर्नुको साथै उनीहरुलाई पर्ने पीरमर्कालगायत आर्थिक रुपमा कम्जोर कलाकारहरुको उपचारखर्च जुटाउने कार्यमा समेत उनले योगदान पु-याउँदै आएकाछन् । उनले चर्चित नेपाली कलाकारहरु रामकृष्ण ढकाल, आनन्द कार्की, बद्रि पंगेनी, मनोज गजुरेल, खेमराज गुरुङ, शम्भु राइ, तक्मे वूढाे, माग्ने वूढा, पशुपति शर्मा, मिलन लामा, प्रेमराजा महत, शर्मिला वर्देवा, विवेक श्रेष्ठ, कुटुम्ब ब्याण्ड, अभिनास घिसिंग लगायतका थुप्रै कलाकारहरुसँग आफ्नो सांगीतिक प्रस्तुति गरिसकेकाछन् । प्राय सबै किसिमका ( लोक, पप तथा आधुनिक) गीत गाउन सक्ने खुबी भएका सुजन बेलायती नेपाली समाजमाँझ निकै परिचित भएकाछन्। यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा उनले निरन्तर सहभागिता जनाउँदै आएकाछन्, जसबाट आर्थिक रुपमा पनि आफूलाई सहयोग पुगेको र आत्मसन्तुष्टि पनि मिलेको बताउने सुजन च्यारिटीको कार्यक्रममा भने नि:शुल्क नै काक्रम गर्दै आएकाछन् ।

हेल्पिङ ह्यान्ड्स हंस्लो, नेपलिज ब्लड डोनोर्स यूके, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ यूके, पत्रकार महासंघ, लोक तथा दोहोरी संघ बेलायत जस्ता संस्थाहरुमा आबद्ध भएर थुप्रै परोपकारी कामहरु गरिसकेका पराजुलीले एमबीए सम्मको अध्ययन गरिसकेका छन् । हेल्प नेपालले गरेको १०० मिलियनको फण्ड संकलन गर्न संयोजकको भूमिका पनि निर्वाह गरिसकेकाछन् । उनले विभिन्न संघसंस्थाहरुबाट थुप्रै सम्मान तथा प्रशंसापत्र पनि हात पारिसकेकाछन् । विदेशमा बसेर स्वदेशमा परेको आपद्बिपतमा मलम लगाउँदै आएका सुजनले अब छिट्टै आफ्नो संगीतिक कोसेली पनि पस्किने तरखर गर्दैछन् । हाल उनी चाडै नै उनले बसन्त सापकोटाको संगीतमा आफ्नो स्वर दिने भएकाछन् । गायन क्षेत्रमा सानैदेखि रुची भएको हुँदा यसै क्षेत्रलाई अघि बढाउने उनको मुख्य लक्ष्य रहेकोछ ।
-नरेन्द्र बस्नेत