हत्याराको १९० वर्षपछि अन्त्यष्टि

हत्याराको १९० वर्षपछि अन्त्यष्टि


लण्डन । अस्ति, एकजना हत्यारा जसलाई झुण्ड्याएर फाँसीको मृत्युदण्ड दिएको थियो ठीक एकसय नब्बे वर्षपछि उनको अन्तिम संस्कार गरेर चिहानमा गाडिएको समाचार प्राप्त भएको छ । जोन् होरवुड नाम गरेको हत्याराको अन्तिम अवशेष उनका एकै घरका नातिको पनातिनी, ६७ वर्षीया मेरी हल्लीवेलले हकअनुसार अन्तिम संस्कारका लागि प्राप्त गरेकी थिईन् । मेरीले हत्याराको अवशेष प्राप्त गर्दा त्रसित भएकी थिईन् । तिनले हत्यारालाई फाँसी दिँदा झुण्ड्याइएको डोरी अझ पनि उनको कंकालरुपी घाँटीमा बाँधिएको पहिलोचोटि हेर्दा देखेकी थिईन् । अधिकारीहरुले परिक्षण गर्ने सिलसिलामा हत्याराको लाश उनका परिवारजनलाई अहिलेसम्म हस्तान्तरण गरेका थिएनन् । हत्यारालाई उनले आफ्नो पूर्वप्रेमिका, गर्लफ्रेण्ड एलिजा बालसोमलाई हत्या गरिएको अभियोगमा फाँसीको सजाय भएको थियो । मेरी हल्लीवेले …..नरकंकाल देखेर म तर्सेकी थिईनँ, तर, उनको घाँटीको फासीको डोरी देखेर म तर्सेकी थिएँ …. भनेर समाचारदाताहरुलाई भनेकिछिन् ।
जोन होरवुडलाई १८ वर्षको उमेरमा फाँसी दिएको थियो । १९० वर्षपछि ब्रिस्टोल छेउको उनको गाउँ हानहामको ख्राइष्ट चर्चमा हिजो दिउँसो डेढबजे आफन्तहरुको माझ, उनलाई १३ अप्रिल १८९१को दिनमा जुन बेला फाँसी दिएको थियो त्यही समय पारेर उनको अन्तिम संस्कार गरेर गाडिएको थियो । श्रोत – मेट्रो, सुमल, मेस ।