मुम्बईमा ‘सेल्फी-आतंक’ मच्चिएपछि…

मुम्बईमा ‘सेल्फी-आतंक’ मच्चिएपछि…


selfy
सेल्फी तस्बिर लिने क्रममा असावधानीवश धेरैको ज्यान गएपछि भारतीय सहर मुम्बइका १६ स्थानमा सेल्फि खिच्न प्रतिबन्ध लगाइएको छ । मोबाइल फोनबाट सेल्फि फोटो खिच्दा दुर्घटना हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । सेल्फि खिच्न नपाइने गरी प्रतिबन्ध लगाइएका स्थानहरुमा समुद्री किनार लगायतका विभिन्न पर्यटकीय स्थान रहेका एजेन्सीहरुले जनाएका छन् ।

मोबाइल फोनबाट फोटो खिच्दा यसका कारण विभिन्न असुरक्षा र दुर्घटना समेत बढेको भन्दै विशेषगरी युवायुवतीलाई मध्यनजर राखेर यो नियम बनाइएको मुम्बई प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

मुम्बई भारतीय आन्तरिक तथा बाह्य पर्यटकका लागि एक पर्यटकीय गन्तव्य हो । प्रतिबन्ध लगाइएका क्षेत्रमा गरिएको नयाँ प्रबन्ध उल्लङ्घन गर्नेलाई १७ अमेरिकी डलरसम्म जरिवना लगाइने जनाइएको छ ।
selfy  2
सेल्फि तस्वीर लिने विश्वका बहु चर्चित ४९ वटा स्थानमध्ये भारतमा १९ वटा पर्दछन् । त्यसमा मुम्बई पनि एक हो । सेल्फि तस्विर लिने क्रममा भारतमा विद्यार्थी एवम् विभिन्न युवायुवतीको ज्यान जाने गरेकोले गर्दा पनि उनीहरुको सुरक्षाकै लागि यस्तो नियम बनाइएको प्रहरी प्रशासनको भनाई छ ।