खस क्षेत्री राष्ट्रिय सम्मेलन शुरु

खस क्षेत्री राष्ट्रिय सम्मेलन शुरु


लण्डन । जातीय अधिकार र अस्तित्वको पहिचानका लागि सङ्घर्षरत खस क्षेत्री एकता समाज ९आदिवासी जनजाति० को प्रथम राष्ट्रिय सम्मेलन शनिबार विराटनगरमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै खस क्षेत्रीय एकता समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले आफूहरुको लडाइँ जातीय अधिकार र अस्तित्वको पहिचानका लागि भएकाले आन्दोलन निरन्तर रहने दृढता व्यक्त गरे। सभासद् अभिषेकप्रताप शाहले चार बुँदे राजनैतिक सहमतिमा समावेशीकरणलाई स्थान दिएको बताउँदै खस क्षेत्रीको अधिकारलाई व्यवस्थापिका संसदमा आवाज उठाउने दृढता व्यक्त गरे ।
कार्यक्रममा अन्य वत्ताले नेपालका सामाजिक र सांस्कृतिक विविधतालाई नजर अन्दाज गरेर संविधान जारी गरिएमा ८० प्रतिशत आदिवासी जनजातिलाई सहृय नहुने बताए। तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गर्नुका साथै नयाँ केन्द्रीय नेतृत्वको चयन गर्ने आयोजक समितिले जनाएको छ । सम्मेलनमा ३८ जिल्ला तथा नगर समितिका प्रतिनिधिहरुको सहभागिता रहेको छ । मेस, काठमाण्डौं