नेपाल स्वीस डटकमको छैटौं वार्षिकाेत्सव सम्पन्न

नेपाल स्वीस डटकमको छैटौं वार्षिकाेत्सव सम्पन्न


24-IMG_0548suman daiजुरिच । यही फेब्रुअरी २० शनिवारका दिन स्वीजरल्याण्डबाट ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमले आफ्नो स्थापनाकालको छैठौं वार्षिकोत्सव समारोह सम्पन्न गरेकोछ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) का प्रमुख संरक्षक जीबा लामीछानेले उद्घाटन गरेको उक्त कार्यक्रममा युरोपका लोकप्रिय नेपाली कलाकार, साहित्यकार र पत्रकारहरु लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

06-IMG_0521suman daiमिडियाको बार्षिक उत्सब समारोहमा एनआरएनका अभियन्ताहरुको पनि बाक्लो उपस्थितिले गर्दा कार्यक्रममा अझ रौनकता छाएको थियो । नेपाल स्वीस डट कमले आफ्नो बार्षिकउत्सबको अवसर पारेर युरोपका बिभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई सम्मानसमेत गरेको छ । उक्त सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, युरोपबाट कलम चलाएका अर्का पत्रकार बसन्त रानाभाटलाई पनि सम्मान गरेको थियो, भने गैरआवासीय नेपाली सँघका सदस्य एकराज गिरीलगायत कलाकार तथा सामाजिक अभियन्ताहरु पनि सम्मानित भएका थिए ।

18-IMG_0539suman daiकार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, यूरोप संयोजक कुल आचार्य, सहसंयोजक प्रेम गुरुङ र दावा शेर्पा लगायतको उपस्थिति थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी,यूरोप संयोजक कुल आचार्य, उप-संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, उप-संयोजक रजनी प्रधान, आईसीसी सदस्य एकराज गिरी लगायतको बाक्लो उपस्थिति थियो । यस्तै वार्षिकोत्सबव समारोहमा सहभागी हुन नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष ओम शर्मा, नेपालीनेपाली डटकमका प्रधान- सम्पादक तथा अनलाईनखबरका युरोप संयोजक बसन्त रानाभाट, गोर्खा रेडियो यूकेका निर्देशक नरेन्द्र बस्नेत, साहित्यकार एवं ईन्फोमाला डट कमका कोर्डिनेटर पंचम अधिकारी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूरोप संयोजक अर्जुन काफ्लेलगायत परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको पनि उपस्थिति रहेको छ।
25-IMG_0553suman dai

-नरेन्द्र बस्नेत