“सुशील दाइको नेतृत्वमा ल्यायौ संबिधान राष्ट्र निर्माण अब हाम्रो अभियान

“सुशील दाइको नेतृत्वमा ल्यायौ संबिधान राष्ट्र निर्माण अब हाम्रो अभियान


12746410_1131471196864299_1216534291_nलण्डन । नेपाली काँग्रेस पार्टीको १३ औं महाधिबेशनका लागि महासमिति सदस्य र महाधिबेशन प्रतिनिधि चयनको मिति नजिँकदै गर्दा नेपाली जनसम्पर्क समिति बेलायतबाट महाधिबेशनमा भाग लिन जाने इच्छुक व्यक्तिहरुको ठूलै लर्को लागेको छ । विश्वस्त सुत्रका अनुसार निम्न बमोजिमका नामहरु अझै पनि अग्रपंक्तिमा रहेका छन् :

कुमारी गुरुङ, नर कुमारी लिम्बू, कोपिला सुब्बा, उमेश भण्डारी, तस्बीर लामा, मान बहादुर परियार, मोतिराज भण्डारी, नवराज न्यौपाने, रमेश पौडेल, किशोर लामिछाने, राज सिटौला, आलेख चौहान, विश्व घिमिरे, शिब भण्डारी, राज पाठक, विकास देवकोटा, बिजन भट्ट, महेश दाहाल, चिरन्जिबी ढकाल, बिज्ञान प्रसाई र शान्त लामिछाने रहेका छन् ।

बेलायतमा कूल क्रियाशील सदस्य संख्या १०४१ भएकोले केन्द्रसँग ७ जना बाट बढाएर ४ जना महासमिति सदस्य र ६ जना महाधिबेशन प्रतिनिधि गरी १० जनाको कोटा दिनुपर्ने भन्दै केन्द्रसँग जोडतोडका साथ दाबी गरिरहेको पनि बुझिएको छ ।

इच्छुक ब्यक्तिहरुबाट सरसल्लाह गरी केन्द्रको नियमानुसार टिम तयार गर्न सल्लाहकार पण्डित चिरन्जिबी ढकाल, अधिबेशन तयारी समितिका संयोजक शान्त बिनोद लामिछाने र विभागीय सदस्य तथा संयोजक बिज्ञान प्रसाई बिहीबारबाटै छलफलमा ब्यस्त रहेको बुझिएको छ ।

भोलि २१ फेब्रुअरी आइतबारका दिन १०४१ क्रियाशील सदस्यहरुबाट प्रतिनिधि छानिने कार्क्रम रहेको र उक्त कार्यक्रम नर्थोल्टस्थित सिविल इन्जिनीयर पबको सभाहलमा सम्पन्न हुनेछ । अधिबेशनभन्दा अगाडि पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको १३ दिनको पूण्य तिथिमा श्रद्धान्जलि कार्यक्रम पनि राखिएको छ ।