नवसाक्षर महिलाले सुनाए स्वस्थानी

नवसाक्षर महिलाले सुनाए स्वस्थानी


Picture1
काठमाडौं–३५, पेप्सीकोलास्थित मनोहरबस्ती सामुदायिक अध्ययन केन्द्रले करिब दुई दर्जन प्रौढ उमेरका महिलालाई साक्षर तुल्याएको छ । ०६४ मा स्थापना भई समाजसुधारको पक्षमा विभिन्न सेवामूलक कार्य गर्दै आएको सो संस्थाले पछिल्लो ६ महिना अवधिमा उल्लिखित सङ्ख्यामा स्थानीय महिलालाई साक्षर तुल्याएको हो । महाभूकम्प, मुलुकमा उत्पन्न असहज स्थितिका बाबजुद लेखपढ गर्नै नसक्ने अवस्थामा रहेका महिलालाई आफैँ लेखपढ गर्न सक्ने बनाउन सकेकोमा संस्थाका अध्यक्ष गोमा गौतमले खुसी व्यक्त गरिन् । संस्थाका सदस्यहरू अन्जु कार्की, सीता निरौला, साधना पोखरेललगायत स्वयम्सेवी महिलाले साक्षरता अभियानमा साथ दिँदै आएको पनि उनले जानकारी दिइन् । अपठित अवस्थाबाट साक्षर बनेका महिलाद्वारा स्वस्थानी वाचन गर्न आयोजित कार्यक्रममा अनौपचारिक शिक्षा सेवा केन्द्रका प्रतिनिधि विमला मिश्रलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो । सो अवसरमा नवसाक्षर महिलाले आरामका साथ स्वस्थानी ब्रतकथा पुस्तक पढेर सुनाएका थिए ।