पुस्तक समीक्षा-शिक्षापेमी प्रजापति पुस्तकमा

पुस्तक समीक्षा-शिक्षापेमी प्रजापति पुस्तकमा


र्सूयकान्तमणिबाट आगो निस्कन्छ भने स्व. प्रजापति उपाध्यायबाट शिक्षा विकासको राप निस्किएको रहेछ भन्ने कुरा प्रजापति उपाध्याय स्मृति ग्रन्थ हर्ेदा थाहा भयो । उहा“ कति शिक्षापे्रमी हुनुहु“दोरहेछ भने गाउ“घरका सबै जातजातिका बालबालिका अध्ययन गर्न पाठशाला आऊन् भनी आफ्नै घर इलाम बरबोटेमा पाठशाला स्थापना गर्नुभएको रहेछ । शिक्षाको विकास भइनसकेको त्यसबखत वा १९९५/७६ ताका सबैका लागि शिक्षा आवश्यक छ जसले नैतिक बल प्राप्त हुन्छ भन्ठानेर प्रचार-प्रसार गर्न घरमै पाठशाला राख्नु चानचुने कुरा होइन । त्यसमा पनि त्यो काल त रैतीले पढेलेखे धोका हुन्छ भन्ने सोच भएका शासक वर्गको निसाना यस्तै शिक्षापे्रमी हुने गर्दथे, त्यसको पर्वाह नगरी जुन जागरण अभियान सञ्चालन गर्नुभयो त्यो सदा स्तुत्य रहनेछ ।
शिक्षा र विकासको फल आज सम्पूर्ण इलामवासी आत्मनिर्भर छन् र सन्तुष्ट छन् । इलामबाट हरेक चिज निकास हुन्छ जस्तै चिया, दूध, अलैंचीजस्ता नगदेबाली र देशका विशिष्ट विद्वान्हरूसमेतको उद्गम इलाम बन्न पुगेको छ । तत्कालीन सरकारका बडाहाकिमलाई च्यालेन्ज गरेर नमुना बनेका पिता मनोरथका पुत्र स्व. प्रजापति उपाध्याय आफू जागिरे भएर शिक्षाको विकासमा अनवरत लाग्ने पे्ररणाका स्रोत उहा“को शतवारि्षकीमा हाम्रो श्रद्धाञ्जली ।
स्व. प्रजापतिले जिल्लामा शिक्षाको दियो त बाल्नुभयो, उहा“ले इलामको यातायात विकासमा पनि त्यत्तिकै योगदान पुर्‍याउनुभएको तथ्य स्मृत्रि्रन्थ बढेपछि थाहा हुन्छ । उहा“ले पशुपतिनगरबाट इलाम जाने बाटो मात्र बढाउनुभएन, झापाको बुधबारेबाट इलाम जाने अहिलेको पक्की बाटो रेखाङ्कन पनि गर्नुभएको हो । उहा“ र त्यसबेलाका नरेन्द्र बास्तोलाजस्ताको दूरदर्शिताकै कारण आज इलाममा यातायातसमेत सुगम भएको छ ।
स्व. प्रजापति उपाध्यायले त्यतिबेलै अर्थात् वि.सं. २००० को सुरुतिरै इलाममा समावेशी सिद्धान्त प्रारम्भ गरिसक्नुभएको रहेछ । सबै साना, ठूला, दलित, धनी, गरिब एउटै हुने भन्ने उहा“को भावना स्मृत्रि्रन्थमा देखिएका लेखहरूबाट थाहा हुन्छ । समाजका कमजोर वर्ग, दमाईं, कामीलाई उहा“ले फिक्कल बजारमा निःशुल्क घडेरी उपलबध गराउने कुरा अहिलेको लोभी समाजमा कल्पना गर्न नसकिने कुरा हो । उहा“ले जातपात पनि समाजको विकृति हो भन्ने शिक्षा दिनुहुन्थ्यो भन्ने कुरा उहा“का सुपुत्र डा. तारानाथ शर्माको लेखबाट र्छलङ्ग हुन्छ । स्कुलमा दलित जातिका विद्यार्थीलाई ढोकाबाहिर राखेर पढाउने गरेको कुराको विरोध गर्दा उहा“का पिताले छोरालाई दिएको ‘स्यावासी’को प्रसङ्गले नै पुष्टि गर्छ नि, गर्दैन र –
समाजसेवामा समर्पित यस्ता व्यक्तित्व जो प्रचारमा आएनन् र प्रचारमा आउन पनि चाह“दैन थिए, जो निस्वार्थ भावले काम गर्थे त्यस्ता व्यक्तित्वहरूको सही कदर गर्नु राष्ट्रको जिम्मेवारी पनि हो । अहिलेको ‘ब्रान्डिङ’ समाजमा राजनीतिज्ञहरूको मात्र झुटो समाचार दिने र उनीहरूकै मात्र नाम आउने गरेको समयमा त्यस्ता व्यक्तिहरू ओझेलमा परेका छन् । उहा“का छोराहरूले आफ्ना पिताका असल कामलाई ‘स्मृत्रि्रन्थ’मार्फत प्रकशमा ल्याएकोमा उनीहरू बधाई र धन्यवादका पात्र छन् । यस्ता अरू व्यक्तिको पनि खोजी-खोजी असल कार्य प्रकाशमा ल्याउन सके, समाज लाभान्वित हुनेछ र यसबाट सबैलाई पे्ररणा मिल्नेछ । भोजपुर दिङ्लाका ज्योति स्व. षडानन्द अधिकारीकै जस्तो सबैलाई शिक्षा आवश्यक छ भन्ने महान् विचारकको करिबीकोटीमा गणना गर्न योग्य स्व. प्रजापति उपाध्यायमा हाम्रो श्रद्धालु र्समर्पण ।-तर्ीथ चापागाईं

गीत र कवितामा महेश
युवा कवी, गीतकार एवं ब्यवसायी महेश शम्सेर राणाको कविता संग्रह “त्रि्रो आगमनले मेरो जीवनमा” हालै र्सार्बजनिक भएको छ । सन्ध्या राणाद्वारा प्रकाशित यस कवितासङ्ग्रहमा ५१ वटा कविताहरू समेटिएका छन् । महेश गीतकार र लेखक पनि हुन्, कविताका रूपमा प्रकाशित ‘त्रि्रो आगमनले मेरो जीवनमा’ पहिल्यै गीतको रूपमा बजारमा आइसकेको छ । उद्यमी एवम् गायक विकास राणा र सुष्मा राणाले यो गीत गाएका छन । बिकास र सुष्माको गीति एल्बम ‘लुकेर लाएको माया’ महेशकै अवधारणा हो । यस सङ्ग्रहमा पनि थुप्रै कविता गीत बन्न सक्ने प्रकारका छन् । जस्तो-अलिकति तिमी अभिमान छोडेर भन, तिमी मेरो निदरीभरि छौ, अलिकति म अभिमान छाडेर भन्छु, तिमी मेरो बिपनीसरि छौ ।
बिमा व्यवसायमा अनुभवी महेश कर्पोरेट खेलकुद सङ्घका अध्यक्ष पनि हुन् । उनको पेसा र गीत कविताबीच कुनै तालमेल नभए पनि उनका कविताहरूमा जुन प्रकारको भावना समेटिएको छ त्यो एउटा नियमित साहित्य सिर्जनामा तल्लीन साहित्यकारको भन्दा बढिनै छ । बिहानीको रिमझिम कवितामा महेश लेख्छन्- तिमीलाई छुने प्रत्येक हावाले, पहिला मलाई छोएर आएका हुन्छन् । यस कवितासङ्ग्रहका धेरै कविताका वरिपरि माया, प्रेम र तिनकाबीच हुने अनेक घटना-दर्ुघटना समेटिएका छन् । सङ्ग्रहको भूमिकामा पत्रकार प्रतीक प्रधानले लेखेका छन्- महेशको शिल्पकारितामा अक्षरका कु“दाइहरू हरदम प्रेम, मुटु, मायाँ र आत्मियतामा केन्द्रित छन् । गत शुक्रबार नेकपा माओवादीका युवा नेता वर्षमान पुन ‘अनन्त’ ले सङ्ग्रहको विमोचन गरेका थिए । यो कवितासङ्ग्रहका अधिकांश रचना सङ्गीतबद्ध गर्नुपर्ने प्रकारका रहेको कुरा सङ्गीतकार तथा गायकहरूले बताएका छन् । आफ्नो भनाइमा कवि राणाले लेखेका छन्- मेरा यी शब्द र भावनाले मेरा अनुभूतिहरूलाई प्रतिनिधित्व गरेका छन् । पुस्तक उनले आफ्नी आमा भगवती र सासू कुन्तीमा समर्पित गरेका छन् । प्रकाशक सन्ध्या महेशकी श्रीमती हुन् । ‘कर्पोरेट’ उपन्यास महेशको प्रकाशोन्मुख कृति हो ।