आईएसआईएसको अर्को ज्यादती

आईएसआईएसको अर्को ज्यादती


Sex sleve
खतर्नाक आतङ्कवादी सङ्गठन आईएसआईएसका सदस्यहरूले यजिदी महिलालाई यौनदासी बनाउने उद्देश्यले जबर्जस्ती तिनका परिवारबाट डकैत शैलीमा अलग गर्ने गरेको एक भिडियो सार्वजनिक भएको छ । एक एक्टिभिस्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा एके–४७ राइफल बोकेका आईएसआईएस आतङ्कवादीहरूले कपाल समातेर जबर्जस्ती घिसार्दै महिलालाई तिनका परिजनबाट अलग्याइरहेका देख्न सकिन्छ । महिलाले चिच्याउँदै प्रतिवाद गरे पनि खतर्नाक हतियार बोकेका आतङ्कवादीसमक्ष ती विवश देखिन्छन् । भिडियो सार्वजनिक गर्ने एक्टिभिस्टले यजिदी महिलालाई यौनदासीको रूपमा प्रयोग गर्न आतङ्ककारीले त्यसरी अपहरण गर्ने गरेको दाबी गरेका छन् । सन् २०१४ मा आईएसआईएसले पाँच हजार यजिदीहरूको अनाकहमा हत्या गरेको थियो ।