बेलायत भ्रमण सफल र फलदायी-कमल थापा

बेलायत भ्रमण सफल र फलदायी-कमल थापा


3-IMG_0053लन्डन, उपप्रधान तथा पर राष्ट्र मन्त्री कमल थापाले आफ्नो तीन दिने बेलायत भ्रमण अत्यन्त फलदायी रहेको बताएकाछन् । बिशेष कारणले गर्दा आफ्नो भ्रमणको निर्धारित समयभन्दा एकदिनअगावै नेपाल फर्किन लागेका थापाले जानुअघि गरिएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । यही शनिवारका दिन बेलायतस्थित नेपाली दूतावास लण्डनको प्रांगणमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यकर्मको संचालन बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले गरेका थिए ।

नेपाल र बेलायत बीचको दौत्य सम्बन्धको दुई सय बर्ष पुगेको उपलक्ष्यमा बेलायती विदेश मन्त्रालयलद्वारा गरिएको बिशेष समारोहमा सहभागिता जनाउनको लागि थापा बेलायत आएका हुन् । भ्रमणका क्रममा थापाले बेलायती समकक्षी फिलिप ह्यामण्ड, विदेश राज्यमन्त्री ह्युगो स्वाएर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनसंग छुट्टाछुट्टै भेट गरी नयाँ संबिधानको बारेमा सम्पूर्ण कुरा प्रष्ट्याएका थिए । बर्तमान नयाँ संबिधान सम्झौताको दस्तावेज भए तापनि विचार र स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुका साथै दलहरुलाई प्रतिबन्धित हुने अवस्था नआउने कुरा बताएका थिए । नेपाल भारतको सम्बन्ध पनि चाँडै सुधार हुने कुरामा पनि आफू विश्वस्त रहेको र अब भने भारतको मात्र मुख ताकेर कदापि नबस्ने नेपाल सरकारको धारणा रहेको उल्लेख गरेको थिए । पंचायतकालमा आफू संचारमन्त्री हुँदाको बखत तत्कालीन राजा वीरेन्द्रले भनेको कुराहरुलाई सस्मरण गरेका थिए । ग्यास, इन्धन लगायतका अत्यावश्यक बस्तुहरुमा भारतसँग मात्र आशा गरेर बस्न नहुने, कम्तीमा तीन महिनाको लागि सबै प्रकारका वस्तुहरुको मौज्दात राखिनुपर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने राजा वीरेन्द्रले भनेका थिए । तर अब भने त्यस्ता कुरालाई बिशेष ध्यानपूर्वक सरकारले लिने र नेपाल गए लगतै हुन गइरहेको उनको चीन भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । देशले झन्डै र्दुइ दशक द्वन्द र संकटकालमा बिताएका कारण नेपाल धेरैपछाडि परेको र अब यसको लागि सबैले मिलेर द्र२त गतिमा अघि बढ्नुपर्ने उनको धारणा रहेको थियो । निकै ठूलो संघर्षका बावजुद संबिधान आएको र यो सम्झौताको दस्तावेज भएकोले सबैले केहि पाएका छन् भने सबैले केहि गुमाएका छन् तर यसमा गरिएका महत्वपूर्ण पक्ष्यहरु जस्तै विचारको पूर्ण ग्यारेन्टी, पार्टी कहिल्यै प्ररतविन्ध नहुने, संविधानको संशोधनको सरलीकरण जस्ता कारणले यो सबैका लागि उपयुक्त हुने उनले बताए ।

1-IMG_0059(1)हाल नेपालमा भएको बिभिन्न मुद्दाहरुलाई नेपाल आफैले समाधान गर्दै जानेछ र त्यसको शुरुवात भइसकेको उनको दावी थियो । मोर्चाले उठाएको समानुपातिक र समावेशीका आधारमा राज्यका विभिन्न निकायमा प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने बिषयलाई सम्बोधन गर्न सरकारले संसदमा दर्ता भएको विधेयकलाई अघि बढाउने मन्त्री थापाले बताए । उनले नेपाल र नेपालीहरुका सबै समस्याहरुलाई सम्बन्धित निकायसम्म पुगेर कुरा राखेको उल्लेख गरेका थिए । जसअनुरूप बेलायतका लर्ड चान्सलर एबम्र कानूनमन्त्री माइकल गोभसँग भेटी केही समयअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भइसकेकोले नेपाली सेनाका कर्णेल लामाको मुद्दालाई यथासक्य चांडो टुंग्याउन अनुरोध गर्नुका साथै तीन तीन बर्ष सम्म यसरी राखिनुले बेलायत जस्तो कानूनी राज्यको लागि एउटा बिडम्बनाको बिषय भएको बताएका थिए । उक्त कुरा सुनेर कानून मन्त्री आश्चर्य चकित भएको थापाले बताए । बेलायती समकक्षी हयामंड समक्ष्य भूपू गोर्खाहरुको बारेमा स्पष्ट कुरा राखेको र उक्त बिषयमा गम्भीर रुपमा चासो राखेको कुरा बताए । संबिधान र नाकाबन्दीको बारेमा निकै लामो समय खर्चेका थापाले संबिधान बनेपछि भारतबाट नकारात्मक प्रतिक्रिया आउला भनेर आफूहरुले नसोंचेको र यसका कारण भारतसँगको रोटी र बेटीको सम्बन्ध कायम रहेको अवस्थामा गरिएको यस किसिमको व्यबहारले नेपाल र नेपालीलाई नराम्रो असर पुर्याएको बताएका थिए ।

2-IMG_0057विभिन्न संघ संस्था लगायतका दुई सय जनाभन्दा बढी ब्यक्तिहरुको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा भने थापाले मात्र आफ्नो धारणा राखेका थिए भने एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुंगले पनि छोटो मन्तव्य ब्यक्त गरेका थिए । बेलायतबासी नेपालीहरुले भूकम्प लगाएतका दैवी प्रकोपमा खेलेको भूमिका, मोदी बिरुद्दको गरेको सशक्त आन्दोलान जस्ता कुराहरुको खुलेर प्रशंसा गरेका थिए ।
-तस्वीरसहित नरेन्द्र बस्नेत