दक्षिण अफि्रकाको सपना पूरा-श्रीविक्रम भण्डारी

दक्षिण अफि्रकाको सपना पूरा-श्रीविक्रम भण्डारी


दक्षिण अफि्रकाको सपना पूरा-श्रीविक्रम भण्डारी
विश्वकप फुटबलको १९औँ संस्करणको सफल आयोजना गरेर दक्षिण अफि्रकाले आफ्नो सपना पूरा गरेको छ । पहिलोपटक अफि्रकी महादेशमा विश्वकपको आयोजना हुँदा थुप्रै प्रश्नहरू लागे पनि त्यसमा दक्षिण अफि्रका खरो उत्रिएको छ । यो कुरालाई पुष्टि गर्दै विश्व फुटबल महासङ्घका अध्यक्ष सेप ब्लाटरले अफि्रका महादेशमा आयोजना भएको पहिलो विश्वकप फुटबल पूर्णरूपमा सफल भएको वताएका छन । ब्लाटरले दक्षिण अफि्रकाको भौतिक पूर्वाधार, दर्शक र सुरक्षा व्यवस्थाका कारणले विश्वकप सोचेअनुरूप नहुने भन्नेका लागि यो गतिलो जवाफ भएको बताए । ब्लाटरले विश्वकपको आयोजनाप्रति सन्तुष्टि प्रकट गर्दै हजारौँ दर्शक विश्वकप हेर्न दक्षिण अफि्रका आएको बताए । ब्लाटरले विश्वकपको सफल आयोजना गरेर दक्षिण अफि्रका धन्यवादको पात्र भएको बताए । त्यस्तै विश्वकपको सफल आयोजनसँगै खुसी प्रकट गर्दै दक्षिण अफि्रकाका राष्ट्रपति ज्याकोब जुमाले मुलुकले आर्थिक सफलतासमेत प्राप्त गरेको बताएका छन् । जुमाले विश्वकपको सफल आयोजना गरेर दक्षिण अफि्रकाले सम्पूर्ण अफि्रकाको इज्जत बढाएको चर्चा गरेका थिए । जुमाले यो विश्वकपलाई सफलताको मर्ूतरूप दिन सरकारले यातायात, दूरसञ्चार, रंगशाला र भौतिक संरचनामा चार अर्ब ३६ करोड लगानी गरेको बताए ।

म्याराडोनाको सालिक बन्ने
अर्जेन्टिनामा भगवान्को रूपमा पुजिने म्याराडोनाको अब सालिक बन्ने भएको छ । गत साता म्याराडोनालाई सम्मान गर्ने उद्देश्यले संसद्मा प्रस्ताव पेस गरिएको छ । अर्जेन्टिना काङ्ग्रेसको तल्लो सदनका सांसद जुआन केम्बाडीले म्याराडोनालाई अर्जेन्टिनाको लोकप्रिय संस्कृतिको प्रतीकको रूपमा सम्मान गर्नुपर्ने विधेयक प्रस्तुत गरेका थिए । यो विश्वकपको क्वार्टरफाइनलमा जर्मनीसँग नमिठो पराजय भोगे पनि म्याराडोनाले घर फर्केपछि न्यानो माया पाएका थिए । उनी र उनको टिमप्रति विश्वास प्रकट गर्दै अर्जेन्टिनाका जनताले म्याराडोना महान् खेलाडी र प्रशिक्षक भएको दाबी गरेका थिए । विश्वकपबाट अर्जेन्टिना बाहिरिँदा पनि यो विश्वकपमा म्याराडोनाको टोलीले गरेको प्रदर्शनप्रति सन्तुष्टि प्रकट गर्दै अर्जेन्टिनाका राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले म्याराडोनाको खुलेर प्रशंसा गरेकी थिइन् । सन् १९८६ को विश्वकप म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले जितेको थियो । यो विश्वकपमा म्याराडोनाले चमत्कार देखाउँदै एकल प्रयासमा विश्वकप अर्जेन्टिनाको पोल्टामा हालेका थिए । यसपछि विश्वका महान् फुटबल खेलाडीको रूपमा राखिएका म्याराडोना विश्व फुटबलकै धरोहर बनेका थिए । म्याराडोनाको यही ख्यातिलाई मध्यनजर राखेर संसद्मा उनको सालिक बनाउनुपर्ने प्रस्ताव राखिएको हो । यदि अर्जेन्टिनामा म्याराडोनाको सालिक बन्यो भने उनी पूर्वराष्ट्रपति जुआन पेरोन र उनकी पत्नी इवा र कारलोस गार्डर्ेेस्ता ऐतिहासिक व्यक्तिमा सामेल हुनेछन् ।

दस नम्बर जर्सीको जादु असफल
विगतका विश्वकपमा १० नम्बरको जर्सीको जादु कति थियो त्यो भनिरहनु नपर्ला । पेले, म्याराडोना, बाजियो, जिदान र ओवेनले दस नम्बरको जर्सीलाई विश्वकपमा चर्चाको शिखरमा पुर्‍याएका थिए । दस नम्बरको जर्सी लगाउने खेलाडी भन्नेबित्तिकै त्यो गोल हान्ने खेलाडीको रूपमा चिनिन्थ्यो । विश्वकपमा दस नम्बरको जर्सी लगाउने खेलाडीले आफ्नो मुलुकलाई विश्वकपको उपाधि दिलाएको कुरा कसैबाट छिपेको छैन । पेले, म्याराडोना र जिदान यसका उदारहण हुन् । यी खेलाडीहरूले दस नम्बर जर्सीको इज्जत राख्दै गोलमाथि गोल गरेको फुटबलप्रेमी दर्शकहरूको मानसपटलमा अहिलेसम्म पनि ताजै छ । तर, विडम्बना, दक्षिण अफि्रकामा आयोजना भएको विश्वकपको १९औँ संस्करणमा दस नम्बरको जर्सी लगाउने खेलाडीहरूले दर्शकहरूलाई निराश पारे । इंग्ल्यान्डका रोनी, ब्राजिलका काका, अर्जेन्टिनाका मेसीले यो विश्वकपमा खातासमेत खोल्न सकेनन् । यो विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रूपमा अड्कल काटिएका यी खेलाडीहरूले आफ्ना नामअनुसारको प्रदर्शन गर्ने सकेनन् । दस नम्बरको जर्सीलाई असफल पार्दै खुद पनि असफल बने । नेदरल्यान्डका तर्फबाट दस नम्बरको जर्सी लगाएर खेल्ने वेस्ली स्नाइडरले पाँच गोल गर्दै यो जर्सीको इज्जत राखे पनि अन्य खेलाडी भने असफल भएका छन् । समग्रमा भन्नुपर्दा दक्षिण अफि्रकामा आयोजना भएको विश्वकप दस नम्बर जर्सी लगाउने खेलाडीहरूका लागि अफापसिद्ध भएको छ ।

अफि्रकी नायक आसमोह ग्यान
अफि्रकी मुलुक घानालाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाएका आसमोह ग्यान अफि्रकाका सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । समूह चरणका खेलहरूमा सफल पेनाल्टी प्रहार गरेका ग्यानले क्वार्टरफाइनलको निर्णायक मोडमा असफल भएपछि घाना विश्वकपबाट बाहिरिन पुगेको थियो । उरुग्वेसँगको क्वार्टरफाइनल खेलमा अन्तिम समयमा पाएको बललाई ग्यानले गोलमा परिणत गर्न नसक्दा पेनाल्टी सुटआउटमा घानाले पराजयको मुख देख्नुपरेको थियो । निर्णायक पेनाल्टीमा असफल भए पनि ग्यानले पेनाल्टी सुटआउटमा भने गोल गरेका थिए । यो विश्वकपमा पेनाल्टीमार्फत तीन गोल गरेका ग्यानले आफ्नो टिमलाई सेमिफाइनलमा पुर्‍याउन असफल भए पनि उनको व्यक्तिगत प्रदर्शनको बारेमा नेल्सन मण्डेलादेखि कोफी अन्नानसम्मले खुलेर प्रशंसा गरेपछि उनलाई अफि्रकाको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो । सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ग्यानले घानाका लागि ४३ खेलमा २२ गोल गरिसकेका छन् ।

विश्वकपको पुरस्कार राशि ४२ करोड डलर
विश्वकप फुटबलको पुरस्कार राशि कति होला त्यो सधैं चासोको विषय बन्दै आएको छ । विश्व फुटबल महासङ्घ फिफाले प्रत्येक संस्करणमा पुरस्कार राशिलाई बढाउँदै आएको छ । पहिलोपटक अफि्रकी मुलुकमा आयोजना भएको विश्वकपको १९औँ संस्करणमा पनि फिफाले पुरस्कारको राशिमा वृद्धि गरेको थियो । यो विश्वकपमा फिफाले अकल्पनीय रूपमा विश्वकपको पुरस्कार राशि ६० प्रतिशत बढाएको थियो । विश्वको नम्बर एक खेललाई अझ लोकप्रिय बनाउन फिफाले उक्त कदम चालेको थियो । केही खेलहरूले फुटबलको लोकप्रियतामाथि चुनौती पेस गरेको अवस्थामा फुटबललाई नम्बर एक खेलको रूपमा स्थापित गर्न फिफाको नयाँ रणनीतिअनुरूप पुरस्कार राशिमा व्यापक वृद्धि गरिएको थियो । फुटबलप्रतिको लगाव र मोहलाई यो विश्वकपमा बढाइएको पुरस्कार राशिले निकै प्रभाव पर्ने फिफाले दाबी गरेको छ ।
गत विश्वकपको पुरस्कार राशि लगभग १८ करोड डलरको थियो । अन्य खेल क्रिकेटले खेलाडीहरूलाई आकरि्षत पार्न लिगदेखि विश्वकपमा व्यापक पुरस्कार राशि वृद्धि गरेपछि फिफा पनि यो विश्वकपमा पुरस्कार राशि बढाउन बाध्य भएको थियो । फिफाले यसपटक विश्वकपको फाइनल चरणका लागि छनोट भएका ३२ राष्ट्रको तयारीका लागि पहिलेको तुलनामा दोब्बर राशि दिएको थियो । फिफाले प्रत्येक राष्ट्रलाई १० लाख डलर उपलब्ध गराएको थियो । विश्वकपमा सहभागी राष्ट्रहरूको स्तरवृद्धिका लागि फिफाले अपनाएको यो रणनीतिका कारणले यो विश्वकपमा निकै उलटफेर भएको थियो । दोस्रो चरणमा पुग्ने अड्कल र अनुमान गरिएका महारथी राष्ट्रहरूसमेत पहिलो चरणमै घर र्फकनुपरेको थियो । कमजोर आँकिएका एसियन राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए । उदारहणका लागि जापान र दक्षिण कोरियाले प्राप्त गरेको सफलतालाई लिन सकिन्छ ।
फिफाले डलरको खोलो बगाएको १९औँ विश्वकपमा घरेलु क्लबहरूलाई चार करोड डलर प्रदान गरेको थियो । आयोजक राष्ट्रको फुटबलको स्तरलाई मध्यनजर राखेर उक्त रकम प्रदान गरेको थियो । यो विश्वकपमा अफि्रकी मुलुकहरूको प्रदर्शन निराशाजनक रहे पनि घाना भने क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । विश्वकपको इतिहासमा आयोजक राष्ट्र दक्षिण अफि्रकाले समूह चरण पार गर्न नसकेर कर्ीर्तिनाम समेत बनाएको थियो । आयोजक राष्ट्र गोलअन्तरका कारणले प्रतियोगिताबाट बाहिरिएको थियो । दक्षिण अफि्रकामा विश्वकपको आयोजनाले आर्थिक सफलता प्राप्त गरेको राष्ट्र्रपति ज्याकोब जुमाले बताएका छन् । जुमाले विश्वकपको तयारीका लागि चार अर्ब २६ करोड डलर लगानी गरेको बताएका छन् । जसमा फिफाको सहयोग उल्लेख्य रहेको जुमाको कथन थियो ।
तयारीका लागि १० लाख प्रदान गरेको फिफाले विश्वकपको उपाधि हासिल गर्ने राष्ट्रलाई नगद पुरस्कारको राशिमा पनि यसपटक निकै बढाएको छ । पहिलेको भन्दा तेब्बर नगद पुरस्कारको व्यवस्था गरेको फिफाले विश्वकप विजेतालाई यसपटक विश्वकप ट्रफीसँगै तीन करोड डलर प्रदान गर्नेछ । जुन विश्वकपको इतिहासमा प्रदान गरिएको सबैभन्दा बढी रकम हो । त्यस्तै उपविजेताले पनि यसपटक दह्रो नगद पुरस्कार भेट्टाउने भएको छ । विजेताभन्दा ६० लाख डलर मात्र कम पाउने उपविजेताले दुई करोड डलर पाउनेछ । यसरी फिफाले यो विश्वकपमा कुल ४२ करोड डलर नगद पुरस्कार वितरण गरेको थियो । जसमा समूह चरण पार गर्ने राष्ट्रदेखि लिएर विश्वकपमा तेस्रो स्थान हासिल गर्ने राष्ट्रहरू रहेका छन् । यसका अतिरिक्त खेलाडी उपलब्ध गराउने शीर्ष क्लबहरूलाई चार करोड र अर्को चार करोड बिमामा खर्च गरेको थियोे । क्लबहरूले विश्वकपका लागि खेलाडी उपलब्ध गराएबापत प्रतिदिन प्रत्येक खेलाडीबाट १६ सय डलर पाएका थिए । विश्वकपको नगद पुरस्कार राशिमा करोडौं डलर खर्च गर्ने फिफाले यो विश्वकपबाट अबौर्ं डलरको आम्दानी गरेको छ । यही आम्दानीबाटै विश्वभरि फुटबलको विकासका लागि फिफाले रकम प्रदान गर्दै आइरहेको छ ।

विश्वकप २०१०-स्पेन ‘स्लो प्वाइजन’ सावित
निकै उलटफेर गर्दै नेदरल्यान्ड र स्पेन १९औँ विश्वकप फुटबलको फाइनलमा पुगेका थिए । युरोकप विजेताको हैसियतले स्पेनलाई विश्वकपको दाबेदार राष्ट्रको रूपमा राखिए पनि नेदरल्यान्डले त्यस्तो उपमा पाएको थिएन । र पनि, नेदरल्यान्डले यो विश्वकपमा ब्राजिलजस्तो महारथीलाई पाखा लगाउँदै आफूलाई पनि विश्वकपको दाबेदारको रूपमा प्रस्तुत गरेको थियो । स्पेन लड्खराउँदै अगाडि बढे पनि नेदरल्यान्ड उत्कृष्ट प्रदर्शन गर्दै अर्थात् एउटै पनि खेल नहारेर फाइनलमा प्रवेश गरेको थियो । यसरी विश्वकपमा महारथी राष्ट्रहरूको दबदबालाई समाप्त पार्दै पहिलोपटक विश्वकप चुम्ने अवसर नेदरल्यान्ड र स्पेनलाई प्राप्त भएको थियो । दुईपटक विश्वकपको फाइनलमा पुगेर पराजयको मुख देख्नुपरेको नेदरल्यान्ड र सेमिफाइनलभन्दा कहिल्यै अगाडि बढ्न नसकेको स्पेनबीच फाइनल प्रतिस्पर्धा भएको थियो ।
यसबाहेक विश्वकपको इतिहासमा लगातार दोस्रोपल्ट दुई युरोपका टोलीबीच फाइनल भिडन्त भएको यो पहिलो अवसर हो । विश्वकपका १८औँ संस्करणमध्ये अहिलेसम्म दक्षिण अमेरिकी र युरोपका टोलीले बराबरी अर्थात् नौपटक विश्वकपको उपाधि जितेका छन् । यो विश्वकपको फाइनलमा दुवै युरोपका टोलीहरू पुगेका हुनाले युरोपले दसौंपटक विश्वकपको उपाधि उचालेको हो । फाइनलमा स्पेन र नेदरल्यान्ड पुगेपछि कुनै पनि युरोपेली टोलीले अर्को महादेशमा विश्वकप जित्न लागेको यो पहिलोे अवसर हो । ‘पावल’ नामक अक्टोपसले स्पेनले जित्ने भविष्यवाणी गरिसकेको अवस्थामा कसले विश्वकपको उपाधि जित्ला- अड्कल-अनुमानसँगै विश्वकपको फाइनलको शुभारम्भ भएको थियो ।
जोहानेर्सबर्गको सकरसिटी मैदानमा फाइनल खेल शुभारम्भ हुनुआघि फिफा अध्यक्ष सेप ब्लाटर र दक्षिण अफि्रकाका राष्ट्रपति ज्याकोब जुमाले दुवै टोलीका खेलाडीहरूलाई विजयको शुभकामना दिएपछि खेल सञ्चालन भएको थियो । यो विश्वकपमा ‘स्लो प्वाइजन’को रूपमा अगाडि बढ्दै गएको स्पेनले खेल शुभारम्भसँगै आक्रमक रूप धारण गरेको थियो । पहिलो हापको चार मिनेटमै स्पेनलेे गोल गर्ने अवसर पाए पनि असफल भएको थियो । रामोसले डीबक्सभित्रबाट सुन्दर प्रहार गरे पनि किपरले राम्रो बचाउ गरेका थिए । त्यस्तै ११औँ मिनेटमा डेबिट भिल्लाले अर्को सुवर्ण अवसर गुमाउँदा स्पेनले पटक-पटक गोल गर्न असफल भएको थियो । प्रतिउत्तरमा नेदरल्यान्डलेे पनि राम्रा-राम्रा बल निकाल्दै गोल गर्ने प्रयास गर्दा असफल भएको थियो । त्यस्तै ३३औँ र ४५औँ मिनेटमा नेदरल्यान्डले गरेको आक्रमण असफल भएपछि पहिलो हाप बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हापमा निकै आक्रामक देखिएको स्पेनले खेल शुभारम्भ भएको दुई मिनेटमै अर्को सुन्दर अवसर गुमाएको थियो । गोल गर्न निकै आतुर देखिएको स्पेनमाथि धावा बोल्दै नेदरल्यान्डले ६१औँ मिनेटमा सुन्दर बल निकाले पनि रोवेन गोल गर्न असफल भएका थिए । स्ट्राइकर वेस्ली स्नाइडरले दिएको उक्त पासलाई रोवेनले गोलमा परिणत गर्नै लाग्दा स्पेनका कप्तान अर्थात् किपर इकर काइलासले सुन्दर बचाउ गरेका थिए । यसरी पाएका दुई महत्वपूर्ण अवसर गुमाएपछि नेदरल्यान्ड दबाबमा परेको थियो । र पनि खेलमा आफ्नो दबदबा बनाउन उद्यत् दुवै टोलीहरू निर्धारित समयसम्म गोल गर्न असफल भएका थिए । पहिलो हापमा जस्तै दोस्रो हापमा पनि गोलरक्षकहरूले उत्कृष्ट प्रदर्शन गरेका कारणले खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा दुवै टोलीले शानदार प्रदर्शन गरे पनि खेलको अन्तिम समयमा स्पेनले बाजी मारेको थियो । खेल सकिन चार मिनेट बाँकी रहेको अवस्थामा स्पेनका आन्द्रेज इनिस्टाले निर्णायक गोल गरेर स्पेनलाई पहिलोपटक विश्वकपको उपाधि दिलाएका थिए । उनले उक्त गोल सेस फाब्रिगासको पासमा सेकेन्ड बार च्याप्दै गरेका थिए । यसरी अभागी राष्ट्र नेदरल्यान्डको विश्वकप जित्ने सपना चकनाचुर पार्दै स्पेनले एक-जिरोको अन्तरले विजय हात पारेको थियो । यो विजयसँगै स्पेन अन्तरमहादेशमा विश्वकप जित्ने युरोपको पहिलो राष्ट्र बन्नुको साथैै विश्वकप जित्ने आठौं राष्ट्र बन्न सफल भएको छ । विश्वकपमा विजय हात पारेपछि युरोपियन च्याम्पियनसिप र विश्वकप लगातार जित्ने स्पेन दोस्रो राष्ट्र बनेको छ । यसअघि जर्मनीले यस्तो चमत्कार देखाएको थियो । विश्वकपको यात्रामा मात्र आठ गोल गरेको स्पेन सबैभन्दा कम गोल गरेर विश्वकप जित्ने राष्ट्र पनि बनेको छ । योभन्दा अघि इंग्ल्यान्ड र ब्राजिलले ११ गोल गरेर विश्वकपको उपाधि जितेका थिए ।
नेदरल्यान्ड यसपटकसहित विश्वकपको फाइनलमा पुगेको तेस्रोपल्ट हो । उत्कृष्ट खेलको प्रदर्शनका बाबजुद पनि अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको नेदरल्यान्डलाई यसपटक पनि भाग्यले ठगेको छ । विश्वकपको १९औँ संस्करणमा अपराजित रही फाइनलमा पुगेको नेदरल्यान्डले एक खेलमा पराजय भोग्दा विश्वकपको उपाधिबाट विमुख हुनुपरेको छ । अड्कल र अनुमान लगाउनेहरूले यो विश्वकप नेदरल्यान्डले जित्ने विश्वास गरेका थिए । दुई राजसंस्था भएका देशहरूबीच भएको फाइनल खेलमा ‘पावल’ नामक अक्टुपसले स्पेनले जित्ने भविष्यवाणीसमेत गरेको थियो । अहिले त्यो भविष्यवाणी सफल भएको छ, स्पेन विश्वकप जित्न सफल भएको छ । यो विश्वकपमा जर्मनीको बारेमा भविष्यवाणी गर्दै आएको उक्त अक्टुपसले सेमिफाइनलमा स्पेनद्वारा जर्मनी पराजित हुने भविष्यवाणी गरेपछि चर्चामा आएको थियो । स्मरण छ, सेमिफाइनलमा जर्मनी पराजित भएको थियो ।
यो विश्वकपमा सर्वाधिक पाँच गोल स्पेनका डेबिड भिल्ला, नेदरल्यान्डका वेस्ली स्नाइडर, जर्मनीका थोमस मुलर र उरुग्वेका डिएगो फोर्लानले गरेका थिए । व्यक्तिगत पाँच गोल र तीन गोल गर्न अन्य खेलाडीलाई सघाएबापत जर्मनीका थोमस मुलरले ‘उत्कृष्ट युवा खेलाडी र गोल्डेन बुट’को उपाधि जितेका थिए । त्यस्तै ‘गोल्डेन बल’को उपाधि उरुग्वेका डिएगो फोर्लानले जितेका थिए । विश्वकप विजेता र उपविजेता टोलीलाई फिफा अध्यक्ष सेप ब्लाटर र दक्षिण अफि्रका राष्ट्रपति ज्याकोब जुमाले संयुक्त रूपमा विश्वकप ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए । विश्वविजेता टोलीले तीन र उपविजेताले दुई करोड डलर प्राप्त गरेका थिए । विश्वकपको समापन समारोहमा पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको पनि उपस्थिति रहेको थियो । मण्डेलाले छोटो समयका लागि रंगशालामा उपस्थित हुँदा सांस्कृतिक कार्यक्रमको नजर गरेका थिए ।