नेपाली जनसम्पर्क समिति बेलायतको बैठक सम्पन्न

नेपाली जनसम्पर्क समिति बेलायतको बैठक सम्पन्न


12265670_10153742069978088_5378044790173872685_oलन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको पूर्ण बैठक सम्पन्न भएको छ । सभापति लोक गुरुङको सभापतित्वमा लन्डनस्थित रारा रेष्टुरेन्टमा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपाली काँग्रेसको विद्यान संसोधनका लागि सुझाव सँकलन गर्न विद्यान सुझाव संकलन समिति गठन गरेको छ । महामन्त्री राज कुमार त्रिपाठीको संयोजकत्वमा गठित सो समितिले बेलायतस्थित नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गर्ने छ । यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले सबै जनसम्पर्क समितिसँग सुझाव मागेको थियो ।  सो समितिलाई पूर्णता दिने अधिकार त्रिपाठीलाई नै दिने बैठकले निर्णय गरेको छ । यसैबीच बेलायत भ्रमणमा आएका संसद एवं नेपाल तरुण दलका अध्यक्ष उदय शमशेर राणाको सम्मानमा अगामी शनिवार लन्डनस्थित रारा रेष्टुरेन्टमा स्वागत कार्यक्रमको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । सो कार्यक्रममा उपस्थित हुन जनसम्पर्क समितिले बेलायतस्थित सबै लोकतन्त्रवादीहरुलाई आग्रह गरेको छ ।
बैठक नेपाली जनसम्पर्क समिति बेलायतको खनाल पक्षसँग भएको एकता पछि पहिलो पटक बसेको हो । बैठकमा अधिकांश पदाधिकारीलगायत उपसभापति युवराज गुरुङ, हिमाल गुरुङ, महामन्त्रीद्धय शिव तिमिल्सिना, राजकुमार त्रिपाठी, मिन रानाभाट, तर्कजंग गुरुङ, तस्वीर लामा, प्रबक्ता प्रवेश के.सी., सूर्य तामाङ, कुष्ण गुरुङ, साथै आमन्त्रित सदस्यहरु प्रताप रायमाझी, रेशम रायमाझी, श्रीमती चन्द्रकला थापा, श्रीमती भगवती रानाभाट, रिचार्ड गुरुङ, श्रीमती कमला गुरुङ, श्रीमती देवी गुरुङ लगायतको उपस्थिति थियो । 
राणाको स्वागत
12241369_1208424449173812_7314837739361683212_nबेलायत सरकारको निमन्त्रणामा आइतवार बेलायत आएका नेपाली कांग्रेसका नेता तथा सांसद उदय शमशेर राणालाई लन्डनस्थित हिथ्राे विमानस्थलमा स्वागत गरिएको छ । राणालाई स्वागत गर्न समितिका उपसभापति युवराज गुरुङ, महामन्त्री राजकुमार त्रिपाठी लगायतको टोली विमानस्थल पुगेको थियो ।